माडीमा रामको मन्दिर बनाउन प्रधानमन्त्रीले दिए निर्देशन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले माडीका जनप्रतिनिधिलाई रामकाे मन्दिर छिटाे बनाउन निर्देशन गरका छन् । शनिवार माडीका जनप्रतिनिधिहरुलाइ बालुवाटारमा बाेलाएर प्रम आेलीले रामकाे जन्मभूमी नेपालमै भएकाे ठाेकुवा गर्दै मन्दिर बनाउन निर्देशन दिएका हुन्।

प्रधान्मनी अाेलीले माडीकाे अयाेध्यापुरीमा रामकाे मन्दिर बनाउने मात्र नभइृ माडी नगरपालिकाकाे नाम नै बदलेर अयाेध्यापुरी राख्न सुझाएका छन् । शनिवार साँझ भएकाे भेटमा माडी नगरापालिकाका मेयर ठाकुर प्रसाद ढकाललसहित स्थानीय जनप्रतिनिधि रहेका थिए । बालुवाटारमा करिब दुई घण्टा लामो भेटघाटमा प्रधानमन्त्री ओलीले रामको जन्मभूमी माडीको अयोध्यामै पर्ने दोहोर्‍याउँदै रामनवमीमा भव्य मेलाको तयारी गर्न समेत निर्देशन दिएको बैठक गएका सहभागीले जानकारी दिए ।

उनले रामको जन्मभूमि नेपालमा पर्ने विषयलाई प्रवर्द्धन गर्न स्थानीयस्तरबाटै प्रयास थाल्न पनि निर्देशन दिएका छन्। केही समयअघि प्रधानमन्त्री ओलीले भारतले नक्कली अयोध्या खडा गरेको भन्दै राम नेपालमा जन्मिएको दावी गरेका थिए। प्रधानमन्त्री ‌ओलीको उक्त अभिव्यक्तिले भारत रुष्ट बनेको छ।

Loading...