बालिकालाई बलात्कार गरेको आराेपमा वडाध्यक्ष पक्राउ

काठमाडाैं । गोरखाको पालुङ्गटार नगरपालिका वडा नम्बर ४ का वडाध्यक्ष बलात्कार गरेको आरोपमा पक्राउ परेका छन्। स्थानीय एक बालिकालाई बलात्कार गरेको आरोपमा उनलाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ अर्ने वडाध्यक्ष ठाकुरकान्त रानाभाट हुन् । १४ वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा वडाध्यक्ष रानाभाटलाई सोमबार पक्राउ गरिएको हो ।

पीडित बालिकाको परिवारले उजुरी दिएपछि अनुसन्धानका अलागी रानाभाटलाई पक्राउ गरिएको गोरखाका प्रहरी प्रमुख सुरेन्द्र गुरुङले पुष्टी गरे । घटनाका बारेमा थप अनुसन्धान भइरहेको उनको भनाइ छ ।

रानाभाट तत्कालिन नयाँ शक्तिबाट निर्वाचित वडाध्यक्ष हुन् ।

Loading...