अमेरिका लगिदिन्छु भन्दै नेपालीबाट लाखौ उठाउने अमेरिकी ड्यानिअल परे प्रहरी फन्दामा

काठमाडाैं । अमेरिकामा कम्पनी दर्ता गरीदिन्छु भन्दै भक्तपुरका एक व्यक्तिबाट १० लाख ठगी गर्ने अमेरिकी नागरिक प्रहरी फन्दामा परेका छन् । ठगी गरेको अभियोगमा अमेरिकी नागरिक ६५ वर्षीय ड्यानिअल ली म्याक्गीलाई प्रहरीले पक्राउ गरेको हो ।

सूर्यबिनायक-६ घर भएका टुक नारायण श्रेष्ठको कोटेश्वरस्थित एटलास सेक्युरिटी कम्पनीलाई अमेरिकामा दर्ता गरी पार्टनरसमेत बनाउँने प्रलोभन देखाई ड्यानिअलले १० लाख रुपैयाँ ठगी गरेपछि उनलाई नियन्त्रणमा लिइएको नेपाल प्रहरीले जनाएको छ । महानगरीय अपराध महाशाखा मिनभवनबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो ।

पक्राउ परेका अमेरिकी नागरिक ६५ वर्षीय ड्यानिअल ली म्याक्गीले टुक नारायणका अलावा अन्य २ जनालाई पनि ठग्न खोजेको प्रहरीले जानकारी गराएको छ । बिजनेस भिषामा अमेरिका लान्छु भनी जनही ५ लाख रुपैयाँ ठग्ने प्रयास गर्दागर्दै महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरीले उनलाई काठमाडौंको क्षेत्रपाटीबाट पक्राउ गरेको प्रहरीले जनाएको हाे ।

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

Loading...