गोकुल बास्कोटा र महेश बस्नेतसँग बालकोटमा प्रधानमन्त्रीले गरे एक घन्टा गोप्य सल्लाह

भक्तपुर । प्रधानमन्त्री केपी शर्मा ओली उनको बालकोट स्थित घरमा आएका छन् । प्रधानमन्त्री भएपछि बालुवाटार बस्दै आएका उनी धेरैपछि बालकोट आएर फर्केका हुन् ।

प्रधानमन्त्रीको यहाँ कुनै औपचारिक कार्यक्रम भने तय भएको थिएन । आज करिब ११ : ३० बजे उनी पत्नी राधिका सहित बालकोटस्थित आफ्नो घरमा आएका थिए ।

नेकपाको आन्तरिक बिबाद उत्कर्षमा रहेका बेला उनी बालकोट आउनुलाई अर्थपूर्ण मानिएको छ । बालुवाटारमा हुन नसक्ने राजनीतिक भेटघाट बालकोटमा हुनसक्ने भएकाले उनी आएको आशंका गरिएपनि उनी निकट श्रोतले त्यसलाई अस्वीकार गरेको छ । उनलाई घरको नियास्रो लागेकोले बालकोट आएका जिकिर गरिएको छ । उनी करिब १ घण्टा घरमा बसेका र आफ्नाे बगैचा हेरेर फर्कीएका उनी निकट श्राेतले बताएकाे छ ।

नेकपाका एक अध्यक्ष समेत रहेका आेलीलाइ भेट्न उनी निकट नेताहरु बालकोट पुगेका थिए । भक्तपुर पाेस्ट श्राेतका अनुसार पूर्वमन्त्रीसमेत रहेका सांसद एवं नेकपाका केन्द्रीय सदस्य महेश बस्नेत त्यसैगरी अर्का पूर्वमन्त्री एवं सांसद समेत रहेका केन्द्रीय सदस्य गोकुल बास्कोटा लगायत संग उनले समय बिताएका थिए । नेताद्वय बस्नेत र बास्कोटा प्रम ओलीका बिस्वासपात्र मानिन्छन् ।बालकोटस्थित उनको घरमा बास्कोटा बस्दै आएका छन्।

प्रधानमन्त्री अेालीको सुरक्षाको लागि एसपी तारादेवी थापाकै कमाण्डमा ब्यापक सुरक्षाकर्मी तैनाथ गरिएका थिए ।

Loading...