सागमा स्वर्ण जित्ने खेलाडीलाई जनही ९ लाख दिइने, ४ स्वर्ण जित्ने गाैरिकालाई ११ लाख

काठमाडौं, २५ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले १३ औं दक्षिण एसीयाली खेलकुद (साग)मा स्वर्ण पदक जित्ने खेलाडीलाई ९ लाख रुपैंया पुरस्कारको घोषणा गरेका छन् । एक भन्दा बढी स्वर्ण जित्नेलाई भने ११ लाख रुपैंया दिने प्रधानमन्त्रीले घोषणा गरेका छन् । यस हिसाबले गौरिकाले ११ लाख रुपैंया पाउने भएकी छन् । यस्तै सरकारका तर्फबाट रजत […]

स्थानीय नेताहरु मिलेमतोमा भागबन्डा गर्दै सार्वजनिक जग्गा बाँड्दै

सुर्खेत, २५ मंसिर । लोकतन्त्र स्थापनाका लागि लडेको भन्दै नगर विकास समिति सुर्खेतले विभिन्न मितिमा जिल्लास्थित सातवटा राजनीतिक दललाई भोगाधिकारका लागि वीरेन्द्रनगरको मुख्य बजार क्षेत्रमा एक–एक कट्ठा जमिन उपलब्ध गरायो। पार्टी कार्यालय स्थापनाका लागि उपलब्ध गराइएको जमिनमा दलहरूले भने ‘व्यापार’ गरिरहेका छन्। सो जग्गामा केही राजनीतिक दलले घर बनाएर भाडामा लगाएका छन् भने केहीले भट्टी […]

जग्गा र लेनदेनका मुद्दा हेर्न कानुन विपरित छुट्टै इजलास चलाउँदै मेयर विद्यासुन्दर

काठमाडौं, २३ मंसिर । काठमाडौं महानगर प्रमुख विद्यासुन्दर शाक्यले न्यायिक समितिको अधिकार क्षेत्र मिचेर आफैं मुद्दा फैसला गर्ने गरेका छन्। संविधानले स्थानीय तहको एकल अधिकार क्षेत्रका मुद्दा हेर्न न्यायिक समितिलाई अधिकार दिइएको छ। तर, महानगर प्रमुख र प्रशासकीय अधिकृतलगायतले न्यायिक समितिको अधिकार मिच्दै छुट्टै इजलास राखेर मुद्दा हेर्ने गरेको पाइएको छ। ‘हाम्रोमा माथिल्लो तलामा न्यायिक […]

विद्यार्थीमाथि प्रहरीले चलायो सय राउन्ड गोली

कोहलपुर, २३ मंसिर । स्कुल जाँदै गरेकी बालिकालाई ट्रकले ठक्कर दिएर घाइते बनाएपछि आन्दोलित विद्यार्थी र स्थानीयलाई नियन्त्रण गर्न प्रहरीले बाँकेको कोहलपुरमा करिब सय गोली चलाएको छ । भिडतर्फ रबरका ५० गोली प्रहार गरेको प्रहरीले करिब ५० हवाई फायर गरेको हो । ५० भन्दा बढी अश्रुग्यास पनि प्रहार गरेको छ । स्थानीय त्रिभुवन माविमा सात कक्षामा पढ्ने १२ […]

कोहलपुर घटना: गृहमन्त्रीको राजीनामा माग्दै काठमाडौंमा प्रदर्शन

काठमाडौं, २३ मंसिर । कोहलपुर घटनाको विरोधमा काठमाडौंमा प्रदर्शन भएको छ । आइतबार बाँकेको कोहलपुरमा प्रहरीले विद्यार्थीहरुमाथि दमन गरेको भन्दै नेविसंघले काठमाडौंको चाबहिलमा विरोध प्रदर्शन गरेको हो । नेविसंघ काठमाडौं जिल्ला समितिको आयोजना र पशुपति क्याम्पस इकाइ समितिको संयोजनमा गरिएको प्रदर्शनमा सहभागीहरुले प्रहरी दमनको विरोध गर्दै नाराबाजी गरे । उनीहरुले गृहमन्त्रीको समेत राजीनामा मागेका छन् […]

ठूलो रकम लिएर विद्यार्थी पास गराउने धन्दा चलाउने त्रिविका ४ कर्मचारीविरुद्ध मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन विश्वविद्यालयको परीक्षा नियन्त्रण कार्यालयका लेखा अधिकृतसहित ४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । परीक्षार्थीहरुसँग रकम लिइ उत्तर पुस्तिका साटफेर गरेर उत्तिर्ण गराएको अभियोगमा परीक्षा नियन्त्रण कार्यालय (पनिका) बल्खुका लेखा अधिकृत कमलप्रसाद दाहालसहित ४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको हो । परीक्षा नियन्त्रण कार्यालय बल्खुका लेखा अधिकृत कमलप्रसाद […]

स्थिति नियन्त्रण बाहिर गएपछि कोहलपुरमा ‘कर्फयू’

बाँके, २२ मंसिर । बाँकेको कोहलपुरको शान्ति सुरक्षाको स्थिति नियन्त्रण बाहिर जान थालेपछि स्थानीय प्रशासनले कर्फयू लगाएको छ । एक स्कुल बालिकाको गाडीको ठक्करबाट गम्भिर घाइते भएपछि आक्रोशित विद्यार्थी र स्थानीय तोडफोडमा उत्रिन थालेपछि दिउँसो ३ बजेबाट अपरान्ह् ५ बजेसम्मका लागि बजार क्षेत्रमा कर्फयू आदेश जारी गरिएको स्थानीय प्रशासनले जनाएको छ । जिल्ला प्रशासन कार्यालय […]

उपनिर्वाचनमा चरम अन्तर्घात: पूर्वमाओवादीलाई छानीछानी हराइयो

काठमाडौँ, २२ मंसिर । देशभर ५२ स्थानमा हालै सम्पन्न उपनिर्वाचनमा सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीले ३१ स्थानमा जित्यो । तर जहाँजहाँ नेकपा पराजित भयो, त्यहाँत्यहाँ चरम अन्तर्घात भएको तथ्यहरु सार्वजनिक भएका छन् ।  भक्तपुरको निर्वाचन क्षेत्र नम्बर १ को १ मा पूर्वएमालेले ‘माओवादीका गुरिल्ला’ लाई किन भोट दिने भन्दै आफ्नै उम्मेदवारलाई हराए । अघिल्लो निर्वाचनमा […]

पार्टी क्रियासिल बनाउन उच्च तहका नेकपा नेताहरुसँग सघन छलफल: प्रचण्ड

काठमाडौं, २२ मंसिर । नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी क्रियासिल बनाउन उच्च तहका नेकपा नेताहरुसँग सघन छलफल गरिरहेका छन् । सोमबार पार्टी सचिवालयको बैठक डाकेका प्रचण्डले नेताहरुसँग शनिवार र आइतवार विहानैदेखि छलफल शुरु गरेका छन् । आइतवार विहानै नेकपा बरिष्ठ नेता माधवकुमार नेपालसँग आफ्नै निवासमा २ घण्टा छलफल गरेका छन् भने शनिवार महासचिव बिष्णु […]

सीमा विवादमा उच्चस्तरीय छलफल गर्न भारतद्धारा अस्वीकार

काठमाडौं २२ मंसिर । नेपालसँग सीमा विवादमा उच्चस्तरीय छलफल गर्न भारतले अस्वीकार गरेको छ । भारतले कालापानी क्षेत्र आफ्नो नयाँ नक्सामा राखेपछि नेपालले सीमा विवादका बिषयमा छलफल गर्न भारतलाई कुटनीतिक नोट पठाएको थियो । कुटनीतिक नोटको कुनै जवाफ नदिएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो विशेष दूत बनाएर पूर्वप्रधानमन्त्री एवं नेकपा वरिष्ठ नेता माधवकुमार नेपाललाई दिल्ली […]