नयाँ रेकर्ड कायम गर्दै केपी ओलीले झापामा कांग्रेस हराए

झापा, २४ मंसिर । नेकपा ९एमाले० का अध्यक्ष केपी शर्मा ओली झापा क्षेत्र नं। ५ बाट विजयी भएका छन् । उनले अहिलेसम्मकै सबैभन्दा बढी मत ल्याएर रेकर्ड पनि कायम गरेका छन् । झापा ५ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवार बनेका ओलीले नेपाली कांग्रेसका डा. खगेन्द्र अधिकारीलार्इ पराजित गरेका हुन् । अाेलीले अधिकारीलार्इ २८ हजार ८ सय […]

रामचन्द्रसँगै तनहुँबाट २६ वर्षपछि पूरै स्वीप भयो कांग्रेस, किसानले यसरी हराए रामचन्द्रलार्इ

तनहुँ, २४ मंसिर । नेपाली कांग्रेसमा देउवाका कट्टर प्रतिस्पर्धी मानिएका रामचन्द्र पाैडेल पराजित भएका छन् । २६ वर्षदेखि लगातार तनहुँबाट चुनाव जित्दै अाएका पाैडेल यसपटक वामगठबन्धनका अगाडि टिक्न सकेनन् । पाैडेललार्इ वाम गठबन्धनका तर्फबाट उम्मेदवार बनेका एमालेका किसानकुमार श्रेष्ठले पराजित गरेका हुन् । त्याे पनि ठूलै मत अन्तरले पाैडेललार्इ पराजित गरेका छन् किसानले । तनहुँ […]

घर किनेर पनि हारिन आरजु, भनिन देउवाकै कारण हार्नुपर्यो, जेलबाटै उम्मेदवारी दिएका लक्ष्मण थारु तेस्रो

कैलाली, २४ मंसिर । प्रधानमन्त्री शेरबहादुर पत्नी अारजु राणा वामगठबन्धनबाट पराजित भएकी छन् । कैलाली क्षेत्र नम्बर ५ मा बाट नेपाली कांग्रेसकाे उम्मेदवार बनेकी अारजुलार्इ वामगठबन्धनका तर्फबाट उम्मेदवार बनेका एमालेका नारदमुनि रानाले पराजित गरेका हुन् । एमालेका नारदमुनि रानाले २७ हजार २ सय २ मत पाएका छन् भने प्रम देउवा पत्नी अारजु राणाले २२ हजार […]

राैतहटमा कांग्रेसको विजयी जुलुसमा चल्याे गाेली, जित्ने र हार्ने समूकाबीच झडप

राैतहट, २४ मंसिर । रौतहटको क्षेत्र नं. २ को राजपुर नगरपालिकामा नेपाली कांग्रेस र संघीय समाजवादी फोरमका समर्थक, कार्यकर्ताबीच झडप भएको छ । कांग्रेस उम्मेदवार मोहम्मद अफ्ताव आलमको विजय जुलुसका क्रममा संघीय समाजवादी फोरमका कार्यकर्ता, समर्थकबीच झडप भएको हो । स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले ३ राउण्ड हवाई फायर गरेको छ । दर्जनौं सेल अश्रुग्यास समेत […]

कुन दलले कुन ठाउँमा कति जिते ? हेर्नुहोस् जित्नेहरुको एकमुस्ठ नामावली

काठमाडौँ, २४ मंसिर । प्रतिनिधिसभा र प्रदेशसभाको जारी मतगणनामा नेकपा एमाले पहिलो पार्टी बनेको छ । प्रतिनिधिसभाको १६५ सिटमध्ये नेकपा एमाले ७५, माओवादी केन्द्र ३२ र नेपाली काँग्रेस १८ सिटमा विजयी भएका छन् । जारी मतणना अनुसार संघीय समाजवादी फोरम ८  र राजपा ७ स्थानमा विजयी भएका छन् । गोरखामा नयाँ शक्ति नेपालका संयोजक डा. […]

वामले मत बढाउँदै गर्दा बालकोटमा ओलीले बोले यस्तो बोली

  भक्तपुर, २४ मंसिर । देशभर वामगठबन्धनले अग्रता लिइरहेका बेला गठबन्धनका प्रमुख नेता तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा अाेलीले पत्रकार भेटघाट गरेका छन् । भक्तपुरकाे बालकाेटमा रहेकाे अाफ्नै निवासमा पत्रकारहरुसँग कुरा गर्दै अाेलीले वामगठबन्धनले अब नेपाललार्इ नमूना देश बनाउने बताए । उनले निर्वाचनअघि वामपन्थी विरुद्ध फैलाइएका भ्रम र सरकारले मच्चाएको अराजकतालाई जनताले परास्त गरेको […]

बामदेवलाई केपीले, नारायणकाजीलाई प्रचण्डले, अनिल शर्मालार्इ माधव नेपाल र कांग्रेसलार्इ देउवाले हराएको दावी

काठमाडौं, २४ मंसिर । प्रतिनिधि र प्रदेश सभाको जारी मत गणनाको परिणाम अाइरहेको छ । परिणामले नेकपा एमाले र माओवादी केन्द्रलाई अागामी सरकारको चावी बुझाउने देखिएको छ । यो समाचार तयार पार्दासम्म एमालेले ४७ स्थानमा जित हात पारिसकेको छ भने ३१ स्थानमा अग्रता लिएको छ । त्यसैगरी माओवादी केन्द्रले १६ स्‍थानमा जितेको छ भने १३ […]

एकीकृत जनक्रान्तिको दिशामा निरन्तर अगाडि बढ्ने नेकपाको उदघोष

काठमाडाैं, २२ मंसिर । चुनाव खारेजी अभियानमा अगाडि बढेकाे नेपाल कम्युनिस्ट पार्टीले एकीकृत जनक्रान्तिकाे दिशामा निरन्तर अगाडि बढ्ने उद्घाेष गरेकाे छ । नेपाली जनतामाथि भइरहेकाे शाेषण, उत्पीडन र अत्याचार र नेपालकाे समृद्धि संसदीय व्यवस्थाबाट समाधान नहुने बताउँदै नेकपाले जनताकाे मुक्ति नहुँदासम्म एकीकृत जनक्रान्ति दिशामा निरन्तर अगाडि बढ्ने जनाएकाे हाे ।  नेकपाका महासचिव विप्लवले एक विज्ञप्ती […]

कथित चुनाव र नेपाली राजनीति

नेकपाले प्रचण्डसँग बैद्यसहित विद्रोह गर्दा र त्यसको दुई वर्षपछि वैद्य नेतृत्वको ड्यास माओवादीसँग अलग हुँदादेखि लगातार जनयुद्ध र उत्पीडित श्रमिक जनतामाथि गम्भीर धोका भएको भन्दै आएको थियो । त्यसप्रकारको धोका र षड्यन्त्र स्विकार नगर्ने भन्दै र विद्रोहको अधिकार सुरक्षित रहेको दाबी गर्दै आएको थियो । उसका नेताहरुले बलिदान हुन तयार तर आत्मसमर्पण नगर्ने घोषणा गर्दै […]

देशभर मतदान सकियो तर प्यूठानमा मध्यरातसम्म पनि मतदान रोकिएन

प्यूठान, २१ मंसिर । देशभरको निर्वाचन सकिएको बेला एउटा जिल्लाको मतदान भने अहिलेसम्म सकिएको छैन । निर्वाचन आयोगले आज भएका ४५ जिल्लाका लागि बिहान ७ बजेदेखि साँझ ५ बजेसम्मका लागि मतदान अवधि तोकेको थियो । तर, प्यूठानको एक मतदान केन्द्रमा भने रात पर्दासम्म पनि मतदान सकिएको छैन । प्यूठानको ओखरकोटमा राती अबेरसम्म पनि मतदान चलेको […]