सर्लाही, २१ मंसिर । सर्लाहीकाे फुलपरासी मतदान केन्द्रमा गाेली चलेकाे छ । गाेली लागेर तीन जना घाइते भएका छन् । घाइते मध्ये एक महिलाकाे अवस्था गम्भीर रहेकाे बताइएकाे छ । सर्लाहीको कौडेना गाउँपालिका अन्तर्गत फुलपरासी बुथमा उक्त गाेली चलेकाे हाे । मतदान केन्द्रमा नेपाली कांग्रेस र राजपाका कार्यकर्ताहरुबीच भएकाे झडपका क्रममा गाेली चलेकाे हाे । […]
ब्यानर न्यूज
कांग्रेस कार्यकर्ताकाे खुकुरी प्रहारबाट राजधानीमै माओवादी केन्द्रका कार्यकर्ता गम्भीर घाइते
काठमाडौँ, २१ मंसिर । दोश्रो चरणको प्रदेश सभा प्रतिनिधि सभाको चुनाबको ठिक एकदिन अघि कांग्रेसका कर्येकर्ताले बामगठबन्धनमा सहभागी नेकपा माओबादी केन्द्रका कार्यकर्ता माथि खुकुरी प्रहार गरेका छन् । काठमाडौँ क्षेत्र न. १० अन्तर्गत छैमलेमा माओबादी केन्द्रका कार्येकर्ता बिष्णु तामाङ माथि राति ९ बजे एक्कासी कांग्रेसका कर्यकर्ताकाे एक समूहले अन्दाधुन्ध खुकुरी प्रहार गरेको हाे । साेही […]
पत्रकारिताका नाममा पैसाकारिता गरिरहेका हनुमानजीका नाममा
दुई बर्ष अगाडि हो । त्यो दिन एक जना सरकारी कर्मचारी (उनको नाम गोपनियताका लागि उल्लेख गरिन) ले भने (सल्यान कै कुनै एक गाउमा) यहाँ एक दलित महिलाको हत्या भएको छ तपाइहरु आउन पर्दैन ? मैले सहज रुपमा भने, “प्रहरीमा उजुरी दिनुस न ।” उनले भने, “प्रहरीले हत्यालाई पिडकको मिलेमतोमा आत्महत्या भएको भन्दै सर्जिमिन मुचुल्का […]
गैरकानुनी रुपमा गिरफ्तार गरिएका पाँच जना पत्रकारलार्इ रिहा गर्न माग गर्दै सर्वोच्चमा तीन रिट
काठमाडौँ, १९ मंसिर । गैरकानुनी रुपमा गिरफ्तार गरिएका पाँच जना पत्रकारकाे रिहाइकाे माग गर्दै अाज सर्वाेच्च अदालतमा रिट दायर भएकाे छ । संविधानले प्रत्याभूत गरेका माैलिक अधिकारकाे उल्लंघन गर्दै सरकारले नै पत्रकारहरु गिरफ्तार गर्नु कानुनी राजकाे विरुद्ध भएकाे भन्दै रिटमा नेपाल सरकारलार्इ नै विपक्षी बनाइएकाे छ । नेपाल पत्रकार महासंघका तर्फबाट महासंघका केन्द्रीय सदस्य […]
बम प्रहारबाट पूर्वमन्त्री गगन थापा घाइते, गम्भीर घाइते थापालार्इ टिचिङ अस्पतालमा लगियो
काठमाडाैं, १८ मंसिर । नेपाली कांग्रेसका युवा नेता तथा पूर्व स्वास्थ्यमन्त्री गगन थापामाथि बम प्रहार भएकाे छ । बम प्रहारबाट थापा घाइते भएका छन् । काठमाडौं क्षेत्र नम्बर ४ बाट प्रतिनिधि सभाका लागि उम्मेदवार बनेका नेता थापालार्इ लक्षित गरी प्रहार गरिएकाे बम विष्फाेटबाट थापासहित ८ जना घाइते भएका छन् । काठमाडाैकाे बुढानिलकन्ठ चपली हाइटमा रहेकाे […]
प्रहरीको गोली लागि मरेका कुमार घैटेले दिएको पैसा माग्दा नदिएपछि गौचनको हत्या गरेको समिरमानको दावी
काठमाडौं, १७ मंसिर । निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको हत्याकाण्डबारे नयाँ खुलासा भएको छ । हत्या योजनाका मुख्य नाईके ३४ वर्षका समीरमान सिंह बस्नेत पक्राउ परेसँगै नयाँ तथ्य खुलेको हो । गौचनले आफ्नो कन्स्ट्रसन कम्पनीमा कुमार घैंटेमार्फत लगानी भित्र्याएको र त्यही रकमबारे उत्पन्न विवादले उनको हत्या भएको प्रहरीले जनाएकाे छ । सीआईबीका अनुसार मृतक […]
शरद गौचन हत्याका मुख्य योजनाकार चितवनमा यसरी परे सीआर्इबीको फन्दामा
काठमाडौं, १७ मंसिर । राजधानीमा दिउसै गाेली हानेर हत्या गरिएका निर्माण व्यवसायी शरद कुमार गाैचनकाे हत्यामा सम्लग्न मुख्य याेजनाकार गिरफ्तार परेका छन् । गाैचन हत्यामा मुख्य याेजनाकार भनिएका समिरमान सिंह बस्नेतलार्इ प्रहरीले पक्राउ गरेकाे हाे । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले बस्नेतलार्इ चितवनबाट पक्राउ गरिएकाे जानकारी दिएकाे छ । उनलार्इ हिजाे मंसिर १६ गते नै पक्राउ […]
बारामा व्यवसायी दम्पतीकाे विभत्स हत्या
बारा, १६ मंसिर । बारामा फेरि अर्काे बिभत्स हत्या भएकाे छ । बाराकाे बजनीमा एक व्यवसायीका दम्पतीकाे हत्या भएकाे हाे । दाेस्राे चरणकाे निर्वाचन नजिकिदै गर्दा यस्ताे विभत्स हत्या भएपछि स्थानीयवासी त्रसित बनेका छन् । बाराकाे जितपुर सिमरा उपमहानगरपालिका बजनीका व्यवसायी ३७ वर्षीय दीपक सुवेदी र उनकी श्रीमती ३२ वर्षीया दीपाको विभत्सरुपमा हत्या गरिएको हाे […]
ठूलो मात्रामा वम बनाउने सामान र प्रेसर कुकर वमसहित दुर्इ भारतीय नागरिक पक्राउ
धादिङ, १५ मंसिर । भारतबाट वम बनाउने ठूलाे मात्रामा सामान लिएर अाएका भारतीय नागरिक पक्राउ परेका छन् । प्रहरीले २ जना भारतीय नागरिकलार्इ प्रेसर कुकर वम सहित पक्राउ गरेकाे जानकारी दिएकाे छ । पूर्वकाे काकडिभट्टा नाकाबाट यात्रुबाहक बसमा चढेर उनीहरु काठमाडाै अाउँदै गरेका बेला समातिएका हुन् । उनीहरुलार्इ प्रहरीले पृथ्वी राजमार्ग अन्तर्गत नाैबिसे धादिङमा बसमा […]
केपी ओलीले भने, ‘एमाले कम्युनिस्ट पार्टी नै होइन, जनयुद्ध प्रचण्डको ठूलो सैद्धान्तिक भूल थियो’
काठमाडाैं, १५ मंसिर । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा अाेलीले अाफ्नाे पार्टी कम्युनिस्ट पार्टी नभएकाे बताएका छन् । साथै उनले मार्क्सले भनेकाे समाजवाद र साम्यवाद केवल भन्ने र देखाउने मात्र भएकाे भन्दै त्याे लागु नहुने कल्पवृक्ष मात्र भएकाे स्पष्ट पारेका छन् । राजधानीबाट प्रकाशित एक दैनिक पत्रिकाका चर्चित सम्पादकलार्इ अाफ्नै निवासमा बाेलाएर अाेलीले साे कुरा […]











