काठमाडौं, १७ असार । एउटा मन्त्रीका कतिवटासम्म स्वकीय सचिव हाेलान ? अनि स्वकीय सचिव नै मन्त्रीभन्दा माथिल्लाे हैसियतमा हाेलान कि नहाेलान ? पक्कै पनि यसकाे सहज उत्तर हुन्छ । तर, सघीय सरकारका मन्त्रालयहरुमा भने त्यस्ताे छैन । अधिकांश मन्त्रालयमा स्वकीय सचिवहरुकाे ठूलाे भिड रहेकाे छ । अनि मन्त्री सेवाग्राही भन्दा स्वकीय सचिवहरुकै काम गर्नमा नै […]
शिक्षा
एसर्इर्इमा एउटै स्कूलका ७ विद्यार्थीले ल्याए ४ जीपीए
पोखरा, १६ असार । गत शनिबार एसईईको परिणाम सार्वजनिक हुँदा सुरुमा ३.९५ जीपीए देखियो सफल सुवेदीको । पोखरा लेखनाथ २९ का उनी र अभिभावकको खुसीको सीमै थिएन । पोखराको मदरल्यान्ड माविबाट एसईई परीक्षामा ४ जीपीए ल्याउने विद्यार्थी । उक्त विद्यालयबाट ७ जनाले ४ जीपीए ल्याएका छन् । साँझपख विद्यालयबाट बाबु बद्रीनाथलाई फोन आयो, ‘सफलको ४ […]
परीक्षा नियन्त्रण कार्यालयले विद्यार्थीमाथि खेलवाड गरेकाे दावी
काठमाडौँ, ११ असार । सरकारले माध्यमिक शिक्षा परीक्षा (एसईई)को परीक्षाफल प्रकाशित गर्दा पर्याप्त मात्रामा ध्यान नदिँदा दुईपटक गरेर विद्यार्थीमाथि खेलवाड गरेको सहभागीले बताएका छन् । उनीहरुले परीक्षाफल जस्तो कुरालाई दुईदुई पटक प्रकाशित गर्दा विद्यार्थीमाथि खेलवाड गरेको बताए । पूर्वसचिव जनार्दन नेपालले एसईईको परीक्षाफल प्रकाशनमा सरकारले लापरबाही गरेको बताए । उनले बिना तयारी अक्षराङ्कन पद्धतिलाई लागू […]
एसईई परीक्षाफलको त्रुटि छानबिनका लागि समिति गठन
काठमाडौँ । माध्यमिक शिक्षा परीक्षा (एसईई) कक्षा १० को परीक्षाफलमा देखिएका प्राविधिक त्रुटिबारे छानबिन गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शिक्षक सेवा आयोगका प्रशासकीय प्रमुख डा तुलसीप्रसाद थपलियाको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरेको छ । मन्त्रालयको आजको निर्णयअनुसार गठित समितिमा मन्त्रालयको कानून तथा फैसला कार्यान्वयन शाखाका उपसचिव शम्भूराज रेग्मी र इभेन्ट परियोजनाका उपसचिव […]
एसईईको नतिजा सार्वजनिक, यसरी हेर्नुहोस् आफ्नो रिजल्ट
काठमाडौं । २०७४ सालको माध्यामिक शिक्षा परीक्षा (एसईई) को परीक्षाफल सार्वजनिक भएको छ । शनिबारदिउँसो ४ बजे परीक्षाफल सार्वजनिक हुने भनिए पनि प्राविधिक कारणले परीक्षाफल ढिलो सार्वजनिक भएको परीक्षा नियन्त्रण कार्यालय सानोठिमिले जनाएको छ । नतिजा ग्रेडिङ प्रणाली अनुसार सार्वजनिक भएको छ । नतिजा हेर्न मोबाइलमा एसईई टाइप गरी एक स्पेस दिएर आफ्नो सिम्बल नम्बर […]
शिक्षा आयोग फेरि ब्यूताइयो
काठमाडौं । सरकारले उच्चस्तरीय शिक्षा आयोगलाई पुनःगठन गरेको छ । गएराती साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषदकाे बैठकले अायाेग गठनकाे निर्णय गरेकाे हाे । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलको अध्यक्षतामा २१ सदस्यीय आयोग पुनःगठन गरिएकाे छ । अघिल्लो सरकारले गत भदौ १९ गते प्रारम्भिक बाल शिक्षादेखि विश्वविद्यालय शिक्षासम्मको समग्र नीति निर्माणदेखि कार्यक्रम कार्यान्वयन तहसम्मको […]
आज ८ विद्यार्थी संगठनको शैक्षिक हड्ताल (विज्ञप्तिसहित)
काठमाडौं । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी (क्रान्तिकारी)सहित ८ विद्यार्थी संगठनले आज शैक्षिक हड्ताल घोषणा गरेका छन् । नीजि विद्यालय संचालकहरुलाई वृद्धि शुल्क फिर्ता र शिक्षा मन्त्रालयसहित नीजि विद्यालय र विद्यार्थी संगठनहरुबीच सहमति भएको शुल्क लागू नगरेको भन्दै संगठनहरुले हड्तालको घोषणा गरेका हुन् । संविधानले मौलिक अधिकारको रुपमा स्वीकार गरेको निःशुल्क शिक्षा नीति लागू गर्न […]
दोश्रो उपत्यकाव्यापी अन्तर बिद्ध्यालय नेपालभाषा साहित्य सम्मेलन सम्पन्न
जेष्ठ २० ,काठमाडौँ । दोश्रो उपत्येका व्यापी अन्तर बिद्ध्यालय नेपालभाषा साहित्य सम्मेलन सम्पन्न भएको छ । शनिबार भएको साहित्य सम्मेलनका निर्णायक मण्डलका सदस्य इश्वर मैया श्रेष्ठ, शरद कसाः राजनलाल जोशीबाट क्रमश -कथा विघा, निवन्ध विधा व कविता विघामा प्रथम ,दिर्तीय र तृतीय हुनसफल बिद्यार्थीहरुलाई पुरस्कार तथा प्रमाणपत्र प्रदान गरेको छ । कथा विघामा […]
” पढ्नेलाई प्रेरणा ” भन्ने मुलनाराका साथ २२सौ नेपाल अन्तर्राष्ट्रिय पुस्तक प्रदशनी मेला
जेष्ठ १९ ,काठमाडौँ ” पढ्नेलाई प्रेरणा ” भन्ने मुलनाराका साथ पठन सस्कृतिको बिकाश तथा प्रवर्धनमा समर्पित २२सौ नेपाल अन्तर्राष्ट्रिय पुस्तक प्रदशनी काठमाडौँको भृकुटीमण्डप पर्दशनी कक्षमा शुक्रबार बात शुभारम्भ भएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डित द्वारा उत्घाटन गर्दै जबर्जस्ति पढाइने शिक्षा प्रणालीलाई परिवर्तन गर्दै ब्यबहार संग जोडिएर जादा राम्रो हुने भन्दै […]
सैनिक महाविद्यालयमा बालकलाई शौचालय लिएर यसरी हत्या गर्न खोजियो
काठमाडौं, ६ जेठ । चितवनको खैरेनी नगपालिका वडा नम्बर ३ मा रहेको सैनिक आवासिय महाविद्यालयमा कक्षा ९ मा अध्ययनरत विद्यार्थी श्रीनव लामिछानेमाथि हत्या गर्ने प्रयास भएको भन्दै पीडित परिवारले सत्य तथ्य बाहिर आउनुपर्ने माग गरेको छ । गत बैशाख २८ गते लामिछानेलाई राति ३ बजे सोही स्कुलमा पढ्ने कृष थापा, रिवाज रेग्मी र अनिश श्रेष्ठले […]