प्रतिबन्धलाई चूनौती दिँदै सहिदको स्मृतिमा वृक्षारोपण

पोखरा, ८ साउन । प्रज्वल शाहीको स्मृतिमा अखिल क्रान्तिकारी गण्डक क्षेत्रीय समन्वय समितिद्वारा कम्युनिष्ट विद्यार्थी अभियान–२ ले उद्घाटन तथा एकीकृत जनक्रान्तिका सहिद प्रज्वल शाहीको स्मृतिमा पृथ्वीनारायण क्याम्पस पोखरामा वृक्षारोपण कार्यक्रम मंगलबारदेखि शुरु भएको छ ।

व्यूरो संयोजक बद्री अधिकारीले वृक्षारोपण गरी कार्यक्रमको शुभारम्भ गरेका थिए । दुईहजार वटा विरुवाहरु रोप्ने कार्यक्रम अनुसार पहिलो दिन विद्यार्थीहरुले १२० वटा विरुवाहरु रोपेका थिए ।

कार्यक्रममा अखिल क्रान्तिकारी कास्की जिल्ला कार्यवाहक अध्यक्ष आस्था नेपाली, पृथ्वीनारायण क्याम्पसका अध्यक्ष प्रकाश बाँस्तोला, अखिल क्रान्तिकारी तनहुँका अध्यक्ष ममता रुचाल, अखिल क्रान्तिकारी स्याङ्जाका संयोजक सागर काफ्ले लगायत सम्पूर्ण विद्यार्थीहरुले वृक्षारोपण कार्यक्रममा भाग लिएका थिए ।

 

Loading...