आज साउन ८ गते बुधबारको राशीफल, हेर्नुहोस आफ्नो भाग्य

वि.सं. २०७६ साउन ८ । बुधबार । इ.स. २०१९ जुलाई २४ । श्रावण कृष्णपक्ष । सप्तमी, १३:५६ उप्रान्त अष्टमी ।  उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य)

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

खर्च लागे पनि प्रयत्न गर्दा काममा सकारात्मक संकेत प्राप्त हुनेछ। पछिका लागि केही वस्तु त्याग्नुपर्ने हुन सक्छ। मिहिनेतीहरूका लागि दिन फलदायी रहनेछ। आजको श्रमबाट पछिलाई फाइदा हुनेछ। दिउँसोतिर पारिवारिक भेटघाटले खुसियाली छाउनेछ। नयाँ कामको योजना थाल्ने समय आएको छ। रमाइलो जमघटका बीच स्वादिष्ट खानपानको अवसर प्राप्त हुनेछ।

बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

मिहिनेत गर्दा आम्दानीका स्रोत फेला पर्नेछन्। कामको राम्रै मूल्यांकन हुनेछ। तर प्रतिफल हातपार्न समय लाग्नेछ। आम्दानीका विभिन्न स्रोत देखिए पनि अरूको मुख ताक्ने बानीले पछि परिनेछ। लगानीतर्फ लागत बढ्नेछ। आवश्यकता पूरा गर्न सरसापट वा ऋण लिनुपर्ने हुन सक्छ। आफ्नो लाभांशमाथि अरूले दाबी–विरोध गर्न सक्छन्। ईर्ष्या गर्नेहरूबाट सजग रहनुहोला।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

तारिफयोग्य कामले धेरैको उपकार गर्न सकिनेछ। अवसरले पछ्याउनेछन् भने दिगो फाइदा हुने काममा जग बसाउने मौका छ। पेसामा फलदायी रहनेछ। मिहिनेतले नाम, दाम र इनाम दिलाउन सक्छ। दिउँसोदेखि आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। पहिलेका कामबाट पनि प्रशस्त लाभ हुनेछ। उठ्नुपर्ने रकम हातलागी हुनेछ। कृषि, पशुपालन र व्यापारमा फाइदा हुनेछ।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

विवादास्पद काममा हात हाल्नुपरे पनि प्रयत्न गर्दा बिस्तारै लक्ष्यमा पुग्न सकिनेछ। सामाजिक जिम्मेवारी प्राप्त हुनेछ र आफ्नो क्षेत्रको नेतृत्व हातलागी हुनेछ। तारिफयोग्य कामले दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। दिउँसोदेखि दिगो काम थालनी गर्ने अवसर जुट्नेछ। मिहिनेतले सफलताको उचाइमा पुर्याउन सक्छ। कामले लोकप्रियता र कीर्तिमानी हासिल गर्न सकिनेछ।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)

अरूका लागि समय खर्चनुपर्ला। सानोतिनो समस्याले अल्झाउनेछ भने स्वास्थ्य पनि प्रतिकूल रहनेछ। व्यवहारमा शुभचिन्तकहरूको भावना बुझ्ने चेष्टा गर्नुहोला। दिउँसोदेखि काम देखाएर प्रभाव जमाउन सकिनेछ। अवसरवादीहरूले आफ्ना कमजोरीको फाइदा उठाउने चेष्टा गर्नेछन्। तापनि समुदायको हितमा राम्रै काम गर्न सकिनेछ। मिहिनेतले फाइदा दिलाउन सक्छ।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)

प्रियजनसँग रमाइलो भेटघाट हुनेछ। रमाइलो यात्राका बीच अतिथिका रूपमा सत्कार पाइनेछ। प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ। व्यापार–व्यवसायमा आम्दानी बढ्नेछ। दिउँसोदेखि काम बिग्रने भयले सताउनेछ भने न्यून उपलब्धिमा चित्त बुझाउनुपर्ला। स्वास्थ्यका लागि आहारविहारमा ध्यान पुर्याउनुहोला। शुभचिन्तकहरूले साथ दिने हुँदा नयाँ काम थालनी हुनेछ।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

प्रतिस्पर्धा गर्नुपरे पनि स्रोतसाधन जुट्नाले दिगो काम बन्नेछ। प्रतिस्पर्धामा विजयी भइनेछ भने द्वेष तथा ईर्ष्या गर्नेहरूले हार खानेछन्। मध्याह्नपछि व्यापारको बहानामा रमाइलो यात्रा हुन सक्छ। मान–सम्मान र आकर्षक उपहारले उत्साहित भइनेछ। तर आफ्नो मिहिनेतबाट अरूले फाइदा उठाउने कोसिस गर्नेछन्। बुद्धिको उपयोगले परिस्थिति अनुकूल बनाउन सकिनेछ।

बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)

बुद्धिको उपयोगले विद्या तथा धन आर्जन हुनेछ। मिहिनेत गर्दा अध्ययनमा प्रगति हुनेछ। गुरुजनको सुझाव र सन्तानको सहयोग लाभदायी बन्नेछ। भविष्यका लागि विशेष काममा जग बसाउने मौका छ। लगनशीलताले लक्ष्यमा पुर्याउनेछ। भौतिक साधन जुट्नाले दिगो काम प्रारम्भ हुनेछ। साहसी काम गरेर लाभ उठाउन सकिनेछ। प्रतिपक्षीहरू समेत सहयोगी बन्नेछन्।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)

हतारमा निर्णय लिने बानीले अप्ठ्यारो पार्ने हुँदा सजग रहनुहोला। प्रक्रिया नमिल्नाले काम दोहोर्याउनुपर्ने हुन सक्छ। भूमि तथा पशुधनबाट लाभ मिल्नेछ। टाढिएका आफन्त नजिकिनेछन्। मध्याह्नदेखि स्वास्थ्य कमजोर रहने हुँदा आहारविहारमा ध्यान पुर्याउनुहोला। व्यापारमा फाइदाको स्रोत पहिल्याउन सकिनेछ। अध्ययनमा गुरुजनको मार्गदर्शन उपयोगी हुनेछ।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

साहसी काम गरेर प्रशस्त लाभ उठाउन सकिनेछ। नयाँ योजनातर्फ अग्रसर भइनेछ। अरूको विश्वास जित्न केही समय लागे पनि दिगो फाइदा हुने काम हातलागी हुनेछ। दिउँसोदेखि आफन्तहरू टाढिन सक्छन्। अरूको मुख ताक्ने बानीले व्यर्थैमा पछि परिनेछ। सम्भावना देखिए पनि उपलब्धि हातपार्न धेरै श्रम गर्नुपर्ला। श्रम परे पनि प्रतिफलमाथि अरूले राज गर्नेछन्।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

अरूको बारेमा चासो राख्दा स्वयं समस्यामा परिएला। अध्ययन र व्यापारमा सोचेजस्तो प्रगति नहुन सक्छ। आफ्ना कमजोरीमाथि टिप्पणी हुने समय छ, सजग रहनुहोला। दिउँसोदेखि स्थितिमा सुधार आउनेछ भने दिगो फाइदा हुने जिम्मेवारी प्राप्त हुनेछ। रोकिएका काम बन्नेछन्। उद्योग र व्यापारमा विशेष लाभ हुनेछ। बलभन्दा बुद्धिको उपयोगले फाइदा दिलाउनेछ।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)

अरूको भरपर्दा काम बिग्रन सक्छ। आगन्तुकले पनि अलमल्याउन सक्छन्। हडबडीले केही समस्या निम्त्याए पनि ज्ञान, कला र व्यक्तित्वमा निखारता नै आउनेछ। दिउँसोदेखि विवादास्पद कामको टुंगो लाग्नेछ। मिहिनेत गर्दा नाम, दाम र इनाम हातलागी हुनेछ। व्यवसायभन्दा सेवामूलक कामबाट राम्रो उपलब्धि प्राप्त हुनेछ। लाभांश उठाउन हतार नगर्नुहोला ।

Loading...