नयाँ दिल्ली । भारतको राजधानी नयाँ दिल्लीको झाँसी रोडमा रहेको एक अनाज मण्डीमा भीषण आगलागी भएको छ । आगलागीमा परी कम्तिमा ३२ जनाको मृत्यु भएको छ। घटनापछि यस क्षेत्रमा हाहाकार मच्चिएको छ । भारतीय सञ्चारमाध्यमहरूका अनुसार मध्यदिल्लीको झाँसी रोडस्थित अनाज मण्डीमा रहेको एक उद्योगमा आगो लाग्दा भित्र रहेका मानिसहरूको निसास्सिएर मृत्यु भएको हो। ३० वटा […]
विश्व
स्कूल ब्याग कारखानामा भीषण आगलागीः ३५ को मृत्यु, ५० बढीको उद्धार
एजेन्सी २२ मंसिर । भारतको नयाँ दिल्लीस्थित एक कारखानामा आइबार बिहान आगलागी हुँदा ३५ को मृत्यु भएको छ । दिल्ली दमकल विभागका मुख्य अधिकारी अतुल गर्गले अहिलेसम्म ५० बढी व्यक्तिलाई बाहिर निकालिएको जानकारी दिएका छन् । धेरैजसो मानिसहरु धुँवाका कारण प्रभावित भएको उनले बताए । डिप्युटी फायर चीफ अफिसर सुनिल चौधरीले भने, ‘आगो ६ सय […]
अमेरिकामा आफ्नै देश हराएपछि
भक्तपुर, २० मङ्सिर त्रिभुवन विश्वविद्यालय केन्द्रीय इतिहास विभागले लगातार दुईवर्ष पढाउने विद्यार्थी नै पाएन । पढ्ने नै नभए पछि विभाग राख्ने, नराख्ने तीव्र वहस चलिरहदा अघिल्लो शैक्षिक वर्ष एमए पहिलो सेमेष्टरमा २३ विद्यार्थी भर्ना भए । त्यो पनि प्राध्यापकहरुको व्यक्तिगत पहलकदमीको वलमा । केन्द्रीय इतिहास विभागका उपप्राध्यापक डा. उद्धव पुरी भन्छन्–भर्ना भएका २३ मध्ये […]
बलात्कार गरी डाक्टर जलाउने चारै जनालाई गोली ठोकेर मारियो!
एजेन्सी मंसिर २०, २०७६ भारतको हैदरावादका सामुहिक बलात्कारका चारै जना आरोपीलाई प्रहरीले इन्काउण्टर गरेका छन् । बलात्कारको घटनालाई सिन रिक्रिएट घटनास्थलमा घटनाको दृश्य बनाउन गर्न लगिएको अवस्थामा चारै जना भाग्न खोज्दा उनीहरुलाई गोली हानेर इन्काउण्टर गरेको हो । भारतको नेश्नल हाइवे–४४ मा क्राईम सिन रिक्रिएट गराउन प्रहरीले उनीहरुलाई घटनास्थल लगेको थियो । प्रहरीका अनुसार, त्यहाँबाट […]
क्याम्पभित्र गोली चल्दा ६ जनाको मृत्यृ
नयाँ दिल्ली, १८ मंसिर । भारतमा एउटा सुरक्षा क्याम्पभित्र गोली चल्दा ६ जनाको मृत्यु भएको छ । समाचार एजेन्सीहरुका अनुसार माओवादी प्रभावित क्षेत्र छत्तीसगढको नारायणपुर जिल्लास्थित भारत–तिब्बत सीमा पुलिस बलको क्याम्पभित्र गोली चलेको हो । बुधबार बिहान स्थानीय समयअनुसार करिब ९ बजे उक्त घटना भएको बताइएको छ । सुरक्षाकर्मीबीच आपसमै गोलीबारी हुनुको कारण पत्ता लाग्न […]
अमेरिकालाइ पछि पार्दै कूटनीतिक शक्तिमा चीन शिर्ष स्थानमा
काठमाडौं । विश्वकै कूटनीतिक मिसनको संख्याको मामिलामा चीनले अमेरिकालाई पछि पारेको छ । सिड्नीस्थित लोभि इन्सटिच्यूटको एक अध्ययनका अनुसार २०१९ मा चीनको कुटनीतिक मिशनको संख्याका आधारमा पहिलो स्थानमा पुगेको हो । विश्वभरी उसको मिसनको संख्या २ सय ७६ पुगेको छ । जबकी अमेरिकाको २ सय ७३ छ । १ सय ८६ कुटनीतिक मिसनकासाथ भारत विश्वकै […]
फेसएप प्रयोग गर्दा जासुसी हुन सक्ने अमेरिकाको चेतावनी
अमेरिकी गुप्तचर संस्था एफबीआईले फेसएप तथा रुसमा विकसित अन्य मोबाइल एपको प्रयोग गर्दा जासुसीको जोखिम हुने जनाएको छ। फेसएपबारे अनुसन्धान हुनुपर्ने माग राखेका अमेरिकी सांसद चक शुमरलाई पठाएको पत्रमा एफबीआईले “प्रतिगुप्तचरीको सम्भावना” भएको उल्लेख गरेको हो। अनुहारको तस्बिर सम्पादन गरेर युवा वा वृद्ध देखाइदिन सक्ने फेसएप केही महिनाअघि निकै चर्चित भएको थियो। त्यससँगै गोपनीयतासम्बन्धी प्रश्न […]
मलेसियामा ३१ हजार नेपाली श्रमिकको माग
काठमाडौं, १७ मंसिर । नेपालीको प्रमुख रोजगार गन्तब्य मलेसियाले ३१ हजार कामदार माग गरेको छ। मलेसियाले क्वालालम्पुरस्थित नेपाली दूतावासमार्फत् ३१ हजार २ सय १ जना कामदार माग गरेको हो । क्वालालम्पुरस्थित नेपाली दूतावासले मंगलबार नै एक विज्ञप्ति निकालेर त्यहाँका कम्पनीहरुले ३१ हजार भन्दा धेरै नेपाली कामदार माग गरेको जानकारी गराएको छ। मलेसियाले औद्योगिक क्षेत्रका लागि […]
आर्थिक संकटका कारण दुई सन्तान र दुई पत्नीसहित आत्महत्या
एजेन्सी, नयाँ दिल्ली । भारतको राजधानी नयाँ दिल्लीसँगै जोडिएको गाजियावादको इन्दिरापुरममा एक पुरुषले आफ्ना दुई सन्तानको हत्या गरी दुई पत्नीसहित आत्महत्या गरेका छन् । भारतीय सञ्चारमाध्यमका अनुसार इन्दिरापुरमको वैभव खण्डमा बस्दै आएको परिवारमा सो घटना भएको हो । दुई सन्तानको हत्यापछि आवासीय भवनको आठौँ तलाबाट ती पुरुष र उनका दुई पत्नीले हामफालेर आत्महत्या गरेको बताइएको […]
बिहारकी शिभाङ्गी बनिन जलसेनाकी पहिलाे महिला पाइलट
काठमाडौं । भारतीय जलसेनाको उपसेनानी पदमा कार्यरत महिला शिभाङ्गी भारतीय जलसेनामा पहिलो पाइलट बनेकी छन् । शिभाङ्गीको जन्म भारतको बिहार राज्यको मुजफरपुर नगरमा भएको थियो । उनी गत वर्ष भारतीय जलसेनामा भर्ना भएकी हुन् । शिभाङ्गीले सोमबार बिहानदेखि कोचीस्थित जलसैन्य अखडाबाट हवाई उडान शुरु गरेर नयाँ जिम्मेवारी थालेकी छन् । उनले भारतीय जलसेनाको डोर्नियर सर्भेलान्स […]










