अति सुरक्षीत मानिएको शहरमा चक्कु आक्रमणबाट ३ को मृत्यु

लण्डन अर्थात युरोलाई अति सुरक्षीत सभ्य मानिस बस्ने ठाउँ मानिन्छ तर त्यहाँ पनि चक्कुको आक्रमणबाट ३ जनाको मृत्यु भएको एजेन्सिले जनाएका छन् । लन्डनको इलफोर्डस्थित इल्मस्टिड रोडमा भएको उक्त घटनामा मृत्युहुनेहरु २० देखि ३० वर्ष उमेरका छन्। तीनैजनाको घटनास्थलमा नै मृत्यु भएको थियो। मृतकहरुको परिचय सार्वजनिक गरिएको छैन। आक्रमण कसले गर्‍यो भन्ने कुरा खुलेको छैन। […]

युएईमा बस दुर्घटना ३ नेपालीको मृत्यु, १४ घाइते (नामावली सहित)

आबुधाबीमा बिहीबार भएको सवारी दुर्घटना ३ नेपालीको ज्यान गएको पुष्टि भएको छ । सोही दुर्घटनामा १४ नेपाली घाइते भएका छन् । एमबीएम कम्पनीमा कार्यरत उनीहरु काममा जाँदै गर्दा अल रहा भन्ने स्थानमा बिहीबार बिहान ५ः३० बजे दुर्घटनामा परेका थिए । गुडिरहेको लरीमा ठोक्किएर बस दुर्घटना भएको थियो । ज्यान गुमाउनेमा झापाकी कृष्णकुमारी अधिकारी, प्यूठानकी भावना […]

ट्रम्पविरुद्धको महाभियोगको प्रस्ताव

US president Donald trump

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको महाभियोगसम्बन्धी प्रस्ताव एक हप्ताभित्र सिनेटमा अघि बढाइने भएको छ । आगामी सात दिनभित्रमा सो प्रस्ताव अघि बढ्ने समाचारमा जनाइएको छ । बुधबार अमेरिकी संसदको तल्लो सदन हाउस अफ रिप्रेजेन्टेटिभले लगाएको उनीमाथिको महाभियोगसम्बन्धी जानकारी सिनेटमा पठाइने छ । सिनेट अमेरिकी संसदको माथिल्लो सदन हो । त्यहाँ १०० जना सांसद रहने […]

हिमपात र वर्षाका कारण पाकिस्तानमा कम्तीमा ८० जनाको मृत्यु

एजेन्सि, २९ पुस । पाकिस्तानमा अस्वभाविक वर्षा र हिमपातका कारण कम्तीमा ८० जनाको ज्यान गएको अधिकारीहरूले बताएका छन्। तीमध्ये ६० जनाभन्दा बढी पाकिस्तान प्रशासित कश्मीरमा मारिएका थिए। कश्मीरमा कैयौँ हिउँपहिरो गएका विवरणहरू आएका छन्। अफगानिस्तानमा गत तीन दिनमा हिमपातका कारण २४ जनाको ज्यान गएको बताइएको छ। त्यस क्षेत्रका प्रमुख सडक र सञ्चार पूर्वाधार अवरुद्ध हुन […]

क्याटालोनियाको रसायन प्लानमा भयानक बिस्फोट

एजेन्सी । स्पेनको स्वायत्त राज्य क्याटालोनियामा रहेको रसायन प्लानमा बिस्फोट भएको छ । स्थानीय अधिकारीका अनुसार बिस्फोटमा कम्तिमा एकजनाको मृत्यु भएको तथा अरु ८ जना घाइते भएका छन् । घाइते भएका मध्ये दुईजनाको अवस्था गम्भीर रहेको छ । बिस्फोटपछि एकजना बेपत्ता रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । तारागोनाको दक्षिणी क्षेत्रमा रहेको प्लान्टमा रसायन दुर्घटनाका कारण […]

अमेरिकी सैन्य अखाडामा तेस्रो पटक हमला

काठमाडौं, २८ पुस । इराकस्थित अमेरिकी सैन्य अड्डामा ६ दिनको अवधिमा तेस्रो पटक हमला भएको छ । पछिल्लो पटक आइतबार अल बलादस्थित एयरबेसमा चार वटा रकेटबाट आक्रमण भएको समाचार एजेन्सीहरुले उल्लेख गरेका छन् । यो आक्रमणबाट चार जना घाइते भएको बताइएको छ । अल बलाद एयरबेसमा अमेरिकी सेना बसेका थिए । तर इरान र अमेरिकाबीच […]

इरानमा ट्रंपको समर्थनमा प्रर्दशन, सुलेमानीको पोस्टर च्यातेर फाले

एजेन्सि, इरानमा सयौँको संख्यामा जम्मा भएका विद्यार्थीहरुले विमान दुर्घटनाका सम्बन्धमा सरकारी अधिकारीले पहिले झुट बोलेको भन्दै विरोध प्रदर्शन गरेका छन् । गएको बुधबार तेहरानबाट किएभका लागि उडेको युक्रेनी विमान उडेको केहीबेरमै दुर्घटनामा परेको थियो । सुरुमा विमान दुर्घटना आफ्ना कारणले नभएको भनेर झुट बोलेको भन्दै तेहरानमा विद्यार्थीहरुले प्रदर्शन गरेका हुन् । कम्तिमा तेहरानका दुई विश्वविद्यालय […]

धमाधम कतारबाट नेपाल फर्कदै कामदार

काठमाडौं, २७ पुस । विगत एक वर्षमा रोजगारीका लागि कतार जाने नेपाली श्रमिकको तुलनामा स्वदेश फर्किनेको सङ्ख्या बढी रहेको देखिएको छ । नेपाल सरकारले फर्कने नेपालीको संख्या नराख्ने गरेका कारण कति नेपाली फर्के भने जानकारी नै हुने गरेको थिएन । कतार जानेभन्दा फर्कने नेपालीको संख्या बढी हुनु मानव संशाधन विकासका दृष्टिकोणले नेपाललाई फाइदा हुने भए […]

युद्धको सन्निकट आएर अन्ततः यसरी रोकियो इरान अमेरिकाको लडाई

काठमाडौं । अमेरिका र इरान दुबै तनावबाट पछि हट्दा संभाव्य मध्यपूर्वको युद्ध तत्कालका लागि टरेको छ । अमेरिका र इरानबीचको तिखा टिप्पणी र आक्रमण–प्रत्याक्रमणको एक चक्र पूरा भएजस्तो देखिएको छ । अमेरिकाले इरानी शक्तिशाली जनरल कासिम सुलेमानीको इराकी राजधानी बग्दादमा हत्या गरेसँगै मध्यपूर्वमा युद्धको त्रास छाएको थियो । इरानले अमेरिकाविरुद्ध कठोर बदला लिने धम्की दिएको […]

ब्रिटेनमा राजपरिवारको जिम्मेवारी परित्याग गर्ने राजकुमार ह्यारी र मेगन मार्कलको घोषणा

ब्रिटेनमा ड्यूक अफ ससिक्स राजकुमार ह्यारी र उनकी पत्नी डचिस अफ ससिक्स मेगनले राजपरिवारको विशेष जिम्मेवारी त्यागेर आर्थिक रूपमा आत्मनिर्भर हुन काम गर्ने घोषणा गरेका छन्। एउटा विज्ञप्ति प्रकाशित गर्दै उनीहरूले यूके र उत्तर अमेरिका दुवैतिर समय व्यतीत गर्ने जनाएका छन्। उक्त विज्ञप्ति प्रकाशन गर्नुअघि उनीहरूले महारानी एलिजावेथ वा राजकुमार विलियम कसैसँग पनि परामर्श नगरेको […]