कोरोना संक्रमणका कारण स्पेनमा संकटकाल

एजेन्सी ।  कोरोना भाइरसको महामारी फैलिएपछि स्पेनले संकटकाल घोषणा गरेको छ।प्रधानमन्त्री पेड्रो साञ्चेजले संकटकाल घोषणा गरेका हुन्। उनले शनिबार दिउँसो क्याबिनेट बैठक बसेर १५ दिनका लागि संकटकालको निर्णय हुने बताए।

स्पेनमा कोरोनाबाट १ सय २० जनाको ज्यान गइसकेको छ। संक्रमित हुनेको संख्या ४ हजार २ सय नाघेको छ।संकटकालीन अवस्थामा सरकारदले नागरिक र वाहनको आवतजावतमा रोक लगाउन, कारखाना, व्यवसाय बन्द गर्न र आधारभूत आवश्यकताका सामग्री खटनपटन गर्न सक्छ।

स्पेन इटलीपछि युरोपको सबैभन्दा बढी प्रभावित मुलुक हो।इटलीमा हाल मृत्यु हुनेको संख्या एक हजार नाघिसकेको छ।

Loading...