ब्राजिलका राष्ट्रपतिलाई कोरोना भाइरसको संक्रमण

एजेन्सी । ब्राजिलका राष्ट्रपति जइर बोल्सोनारोमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । रियो डि जेनेरियोबाट प्रकाशित हुने अखबार जर्नल ओडियाले राष्ट्रपति बोल्सोनारोमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जनाएको हो ।

उनलाई बिहीबारमात्रै कोरोना भाइरसको परीक्षण गरिएको थियो ।यद्यपि बोल्सोनारोलाई कोरोना भाइरस लागेको पुष्टि भएको विषयमा ब्राजिलका स्वास्थ्य अधिकारीले भने कुनै टिप्पणी गरिसकेका छैनन् । यद्यपि उनको दोश्रो परीक्षणपछि यसबारे अझ स्पष्ट हुने जनाइएको छ ।

कोरोना भाइरसको परीक्षण गर्नुअघि राष्ट्रपति बोल्सोनारोले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेटवार्ता गरेका थिए । यता बिहीबारमात्र अमेरिकी राष्ट्रपति ट्रम्पले कोरोना भाइरससँग आफू नडराएको टिप्पणी गरेका थिए ।

बोल्सोनारोलाई कोरोना भाइरस देखिएको पुष्टि हुनु केही घण्टा अघिमात्रै उनका प्रेस सल्लाहकारमा पनि संक्रमणको पुष्टि भएको थियो ।

Loading...