कोरोना भाइरसको संक्रमणले भारतमा पहिलो मृत्यु

काठमाडौं, २९ फागुन । कोरोना भाइरसको संक्रमणले भारतमा पहिलो मृत्युको भएको घटना फेला परेको छ । भारतको कर्नाटका एकजना ७६ बर्षीय पुरुषको मृत्यु भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । भारतको कर्नाटका राज्यको कालाबुर्गीमा मंगलबार मृत्यु भएका वृद्धको भाइरसकै संक्रमणले मृत्यु भएको पुष्टि भएको छ ।

उनको मृत्यु कारण परीक्षण प्रतिवेदन बिहिबार मात्रै आएको थियो । साऊदी अरबबाट हैदराबाद पुगेका उनलाई कालाबुर्गी ल्याइएको थियो । उनको घाँटीको रयालको परीक्षण बुधबार बैंग्लौरमा परीक्षण गरिएको थियो ।

भारतको कर्नाटका राज्यको स्वास्थ्य तथा परिवार कल्याण विभागले उक्त व्यक्तिको सम्पर्कमा आएका परिवारजन, चिकित्सकसहित करिब ४३ जनालाई आईसोलेशनमा राखिएको छ । जनवरी २९ मा भारतबाट उनि साउदीको पवित्र धार्मिक स्थल मक्काका लागि प्रस्थान गरेका थिए । फेब्रुअरी २९ मा फर्किदा हैदराबादमा उनको स्वास्थ्य परीक्षण गर्दा कोभिड–१९ को संक्रमण फेला परेको थिएन ।

कोरोना भाइरसको संक्रमण भारतमा तिब्र रुपमा बढेको छ । जसको नकारात्मक असर आर्थिक क्षेत्रमा समेत देखा परेको छ । साताको सुरुवातमा मात्र ३० जनामा पुष्टि भएको संक्रमण शुक्रबारसम्म करिब ७५ पुगेको छ । बिहिबार मात्रै कोरोना संक्रमितको संख्यामा नयाँ १५ बिरामी थपिएका छन् । शुक्रबार नै भारतको पुणेमा एक वृद्धको संक्रमणले मृत्यु भएको हो ।

विश्वमा कोरोना भाइरस संक्रमितको सख्ंया करिब एक लाख ३४ हजार ६७९ पुगेको छ । मृत्यु हुनेको संख्या करिब पाँच हजार पुगेको छ । विश्व स्वास्थ्य संगठनका अनुसार बिहिबार अबेरसम्म कोरोना संक्रमणले कुल चार हजार नौ सयजनाको मृत्यु भएको हो । बिहिबार मात्रै विश्वमा कोरोना संक्रमित ३२१ जनाको मृत्यु भएको छ ।

Loading...