अन्तरदेशिय बस सेवा बन्द गर्ने

भारतीय सीमाकै कारण संक्रमित भेटिए पछि प्रस्देश न. ५ सरकारले अन्तरदेशीय बस सेवा रोक्ने तैयारी गरेको छ । मुख्य मन्त्री शंकर पोख्रले दुइ देश आउजाउ गर्ने यात्रु बाहक बसले जोखिम बढाएको भन्दै बस सेवा हाललाई रोक्न योजना बनाउन निर्देशन दिएका छन् । भारतीय शहर लखनउमा हालै कोरनाका बिरामी भेटिएका छन् । भारतमा हाल संक्रमण ब्यक्तिको संख्या ७३ पुगेको छ । खुल्ला सिमानाका कारण नेपालमा कोरना भित्रिने जोखिम अत्यधिक रहेको छ । संक्रिमित भेटिएका भारतीय शहरबात सिधा नेपालका विभिन्न सहरमा बस सेवा संचालनमा छन् । बेलरीया नाक हुदै दैनिक ३४ यात्रुबाहक बसमा १५ सय यात्रु आउजाउ गर्ने गरेका छन् । उनीहरुको स्वास्थ्य परिक्षणमा समेत चुनौती पूर्ण रहेको छ ।
” भरतबात आउने मालबाहक सवारी बाहेक अन्य यातायात सेवा रोक्ने बिषयमा छल फल गर्नुस् ” – उनले भने ” ” बसबाट कोरना भित्रिने जोखम हुन्छ ,यात्रुलाई स्वास्थ्य परिक्षण पछि मात्र नेपाली यातायातको साथमा यात्रा गर्ने ब्यबस्था गराउनु पर्ने ” उनले बताए । प्रदेस ५ का ५ ठुला नाक बाट भारतीय यात्रुको आवागमन धेरै हुने गर्दछ । भारतले भिसा रद्द गरेपछि स्थल मार्ग हुदै तेश्रो मुलुकका पर्येटक नेपाल भित्रिने छैन । सामाजिक बिकास मन्त्रालयले कोरना आसंकित बिरामीको रगत नमुना संकलन केद्र समेत तैयार परेको छैन । क्वारेन्ताइन बनाउन परे कहा बनाउने हालसम्म निश्चित नभएको भन्दै मुख्य मन्त्री पोख्रेलले एक सप्ताह भित्र आइसोलेसन वार्ड बनाउन सकिने आस्पताल र क्वाराइनताइनको तैयारी गर्न निर्देसन दिए । सिमानाक बन्द गरेर ठुला नाका बातमात्रै आउजाउ गर्न ब्यबस्था बारे छलफल भएको छ । आन्तरिक मामिला तथा कानुन मन्त्री कुलप्रशाद केसीले साना नाका बन्द गरेर ठुला नाकमात्र प्रयोग गर्न मिल्ने विकल्प राखेका छन् । 

 

 

 

 

 

 

 

अर्नापूर्ण पोष्ट दैनिकमा खवर रहेको छ –

Loading...