भारतमा कोरोनाभाइरसबाट थप १ को मृत्यु, ८२ जना संक्रमित

एजेन्सी । भारतमा कोरोनाभाइरसको संक्रमणबाट थप एकको मृत्यु भएको छ । योसँगै भारतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २ पुगेको छ ।

राजधानी दिल्लीको पश्चिमी क्षेत्रमा कोरोना संक्रमित ६८ वर्षीया एक महिलाको ज्यान गएसँगै भारतमा कोरोनाभाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या २ पुगेको हो ।

यसअघि गएको मंगलबार कर्नाटक, कालाबुर्गीका ७६ वर्षीय एक पुरुषको मृत्यु भएको थियो।अहिलेसम्म भारतमा कोरोना संक्रमितको संख्या ८२ पुगेको छ । जसमध्ये ६५ जना भारतीय नागरिक रहेका र अरु १७ जना विदेशी नागरिक रहेका छन् । १० जना उपचारपछि निको भएर घर फर्किएका छन् ।

संक्रमितको संख्या बढ्दै गएपछि भारत सरकारले बंगलादेशसँगको रेल तथा बस सेवा वनप एक महिनालाई बन्द गर्ने निर्णय गरेको छ ।आइतबारदेखि बन्द गरिने रेल तथा बस सेवा अवस्था सामान्य भए आउँदो वैशाख ३ गते खुल्ला हुनेछ ।

Loading...