अमेरिकाले आक्रमणको जवाफ दिए इजरायल र युएईमा आक्रमण गर्ने इरानको चेतावनी

ऐजेन्सी काठमाण्डौं, २३ पुष । इराकमा रहेका अमेरिकी सैनिकको अखडामा आक्रमण गरेको केही समयमै इरानले अमेरिका त्यसको जवाफी कारबाही गरेमा इजरायल र युएईमा मिसाइल आक्रमण गर्ने चेतावनी दिएको छ । इरानले दियो क्षत्रिय युद्धको चेतावनी बुधबार बिहान गरेको मिसायल आक्रमणपछि इरानी अधिकारीले कुनैपनि अमेरिकी जवाफी कारबाहीबाट क्षत्रिय युद्धलाई बढावा दिने बताएका छन् । इरानी राष्ट्रपति […]

इरानमा विमान दुर्घटना हुँदा यात्रु र चालक दलका सदस्य गरी १ सय ७० जनाको निधन

इरानको राजधानी तेहरानमा भएको विमान दुर्घटनामा यात्रु र चालक दलका सदस्य गरी १ सय ७० जनाको निधन भएको छ । तेहरानको इमाम खामेनी अन्तर्राष्ट्रिय विमानस्थलबाट युक्रेनको राजधानी किभ उडान भर्दै गरेको युक्रेनी विमान दुर्घटना भएको हो। विमानमा सवार सबैको निधन भएको समाचारसंस्था एपीले इरानी संचारमाध्यमलाई उद्धृत गर्दै लेखेको छ। प्राविधिक समस्याका कारण विमान दुर्घटनाग्रस्त बनेको […]

आगो निभाउँदा पिताको ज्यान गयो, १९ महिने छोरालाई दिइयो ‘मेडल’

एजेन्सी । अस्ट्रेलियामा डढेलोका कारण सेप्टेम्बरदेखि अहिलेसम्म दुई दर्जनभन्दा बढी व्यक्तिको ज्यान गैसकेको छ । भिक्टोरिया र न्यू साउथ वेल्समा दुई हजारभन्दा बढी घर पूर्णरूपमा जलेका स्थानीय संचार माध्यमहरुको दावी छ । डढेलोको खतरा बढेसँगै अहिलेसम्म डढेलोका कारण लाखौँ हेक्टर क्षेत्र जलेको अनुमान गरिएको छ । डढेलो प्रभावित क्षेत्र नेदरल्याण्ड वा डेनमार्कको कूल क्षेत्रफलभन्दा बढी […]

१८० यात्रु सवार विमान दुर्घटना, विस्तृत जानकारी आउन बाँकी

भक्तपुर, २३ पुस । इरानमा १८० यात्रु सवार गरेको विमान तेहरानस्थित इमाम खुमेनी विमानस्थलबाट उडेको केहीबेरमा नै विमान दुर्घटना भएको हो । दुर्घटना भएको क्षेतिको विवरण भने आइसकेको छैन । प्राविधिक कारणले विमान दुर्घटना भएको इरानी टेलिभिजनहरुले बताए पनि विस्तृत जानकारी खुलाएका छैनन् । नागरिक उड्डयनका प्रवक्ता रजा जाफरजादेहले तेहरानको दक्षिण पश्चिम क्षेत्रमा विमान दुर्घटना […]

इराकस्थित अमेरिकी सैन्य शिविरमा इरानद्वारा आक्रमण

काठमाडौं । इराकस्थित अमेरिकी सेनाको हवाई अड्डामा इरानले आक्रमण गरेको छ । अमेरिकी ड्रोन आक्रमणमा आफ्ना सैन्य कमान्डर कासिम सुलेमानी मारिएपछि क्रुद्ध बनेको इरानले त्यसको प्रतिक्रियास्वरूप इराकमा रहेको अमेरिकी सेनाको दुई हवाई अड्डामा दर्जन बढी ब्यालेस्टिक मिसाइल आक्रमण गरेको हो । इरानले इराकस्थित अमेरिकाका कम्तीमा दुई हवाई सैन्य आधार शिविरमा दर्जनौँ बलिस्टिक क्षेप्यास्त्र प्रहार गरेको […]

इरानमा कासिम सुलेमानीको अन्तिम संस्कारमा भागदौड, कम्तीमा ३० जनाको मृत्यु

अमेरिकाले गत साता हवाई आक्रमण गर्दा मृत्यु भएका इरानका वरिष्ठ सैन्य नेता कासिम सुलेमानीको शवयात्रामा भागदौड हुँदा कम्तीमा ३० जनाको मृत्यु भएको इरानी सञ्चारमाध्यमले जनाएको छ। सुलेमानीलाई उनको गृहनगर केर्मानमा समाधिस्थ गर्न लाग्दा उनको अन्तिम संस्कारमा लाखौँ मानिसहरू भेला भएका थिए। आपत्कालीन सेवाका अधिकारीहरूले मानिसहरू हताहत भएको पुष्टि गरेका छन्। इरानबाट प्राप्त विवरणअनुसार दर्जनौँ मानिसहरू […]

त्रिपोलीको शैक्षिक संस्थामा हवाई आक्रमणमा परी २८ विद्यार्थी मारिए

त्रिपोली, २० पुस । लिवियाको राजधानी त्रिपोलीमा रहेको एउटा शैक्षिक संस्थामा भएको हवाई आक्रमणमा परी २८ विद्यार्थी मारिएका छन् ।शनिबार अबेर यहाँस्थित सैनिक विद्यालयमा भएको उक्त आक्रमणमा परी ती विद्यार्थी मारिएका बताइएको छ । सो आक्रमणबाट अरु १८ जना घाइते भएका पनि सुरक्षा अधिकारीहरुले जानकारी दिएका छन् । ‘प्रारम्भीक विवरणअनुसार घटनामा परी २८ विद्यार्थी मारिएका […]

जापानले फेरि माग्यो २३ सय नेपाली कामदार

काठमाडौं, २० पुस । जापान रोजगारीमा नेपाली युवाको अपेक्षित सहभागिता हुन नसकिरहेका बेला जापानले झण्डै दुई हजार बढी कामदार लैजाने तयारी गरेको छ ।जापान फाउण्डेसनले यही जनवरीमा एक हजार र आगामी मार्चमा एक हजार ३०० नेपाली कामदार लैजाने तयारी थालेको छ । फाउण्डेसनले एक सूचना जारी गरी परीक्षा तालिका सार्वजनिक गरेको हो । जनवरी ७, […]

गोली हानाहान हुँदा गोरखाका अर्जुन थापा मगरको मृत्यु

काठमाडौं, १७ पुस, काठमाडौं । भारत र पाकिस्तानका सैनिकबीच गोली हानाहान हुँदा भारतीय सेनामा कार्यरत एक नेपालीको मृत्यु भएको छ । मारिनेमा गोरखाका अर्जुन थापा मगर रहेका छन् । जम्मु कश्मिरको लाइन अफ कन्ट्रोलमा बुधबार भारत र पाकिस्तानी सेनाबीच गोली हानाहान हुँदा भारतीय सैनिकको ज्यान गएको थियो । तीमध्ये एक गोरखाका थापा मगर रहेको भारतीय […]

ट्रम्पले दिए नयाँ वर्षको शुभकामना भने ‘यो चेतावनी होइन, धम्की हो’

एजेन्सी अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले इराकमा अवस्थित अमेरिकी राजदूतावासमाथि भएको आक्रमणमा इरान जिम्मेवार भएको बताउँदै धम्की दिएका छन् । इरान निकट मानिने एक इराकी समूहका लडाकूद्वारा अमेरिकी कुटनीतिक नियोगमा मङ्गलबार दिउँसो आक्रमण भएको थियो । सो समूहले सुरक्षाका लागि निर्माण गरिएको बाहिरी पर्खालबाट राजदूतावास भवन नजिकैको पर्खालमा पुगी अमेरिका विरोधी नाराहरू लगाएको थियो । समूहले […]