काठमाडौं, २८ पुस । उन्नाइस वर्षकी हुँदा एलिएना डेभेजाले आफ्नी आमालाई बचाउन ऐतिहासिक शल्यक्रिया गर्ने व्यवस्था गरिन्। उनले अमेरिकामा पहिलो पटक अङ्ग साटासाट गरेर उपचार गर्न एक अस्पताललाई तयार गरिन्। ‘होसमा आएपछि मैले सोधेको पहिलो कुरा मेरी आमालाई कस्तो छ भन्ने थियो। के उनलाई ठिक छ?’ ‘म आफ्नो बारेमा चिन्तित थिइनँ। म आफ्नो दुखाइ सहन […]
विश्व
अमेरिकामा चमेरोले लियो ५ को ज्यान
काठमाडौ, २७ पुस । अमेरिकामा कोरोना संकटकाबीच अब चमेरोका कारण ५ को ज्यान गएको छ । अमेरिकाका प्रमुख चिकित्सा संस्था सेन्टर्स फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन ९सीडीसी० ले यो चेतावनी जारी गरेको हो । यी पाँचको मृयु गत वर्ष रेबिजका कारण भएको हो । रेबिजको बिरामी अमेरिकामा समाप्त भइसकेको थियो। । वर्षमा करिब २ देखि […]
उत्तर कोरियाद्वारा मंगलबार पनि क्षेप्यास्त्र प्रहार
काठमाडौ, २७ पुस । उत्तर कोरियाले मंगलबार पनि पुनः एक अज्ञात क्षेप्यास्त्र प्रहार गरेको बताइएको छ । उत्तर कोरियाले समुद्रतर्फ सो क्षेप्यास्त्र प्रक्षेपण गरेको दक्षिण कोरियाले जनाएको छ । दक्षिण कोरियाका ज्वाइन्ट चिफ अफ स्टाफले मंगलबार बिहान सो दाबी गरेका छन् । उनले पूर्वी समुद्रतर्फ सो क्षेप्यास्त्र प्रक्षेपण गरेको बताएका हुन् । यो प्रक्षेपण […]
भारतका रक्षामन्त्रीलाई कोरोना सङ्क्रमण पुष्टि
काठमाडौ, २७ पुस ।भारत सरकारका रक्षामन्त्री राजनाथ सिंहलाई कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । सिंहले सामाजिक सञ्जालमार्फत आफूलाई सङ्क्रमण पुष्टि भएको जानकारी दिएका हुन् । उनले सामाजिक सञ्जालमा लेखेका छन्, ुमलाई हल्का लक्षणसहित कोरोना सङ्क्रमण पुष्टि भएको छ । म घरमै क्वारेन्टिनमा रहेछु । मेरो सम्पर्कमा आएका सबैलाई आइसोलेसनमा बस्न र परीक्षण गर्न आग्रह […]
मलेसियामा बाढीबाट २७ को मृत्यु, ७० हजार जना विस्थापित
एजेन्सी । मलेसियामा हालै आएको बाढीबाट कम्तीमा पनि २७ जनाको ज्यान गएको छ । सो बाढीमा परी अरु ७० हजार जना विस्थापित भएका बताइएको छ । अल जजिराका अनुसार बाढीबाट सबैभन्दा धेरै सेलंगार राज्य प्रभावित भएको छ । सो राज्यमा बाढीका कारण कम्तिमा २० जनाको मृत्यु भएको छ । यस्तै पेहांग राज्यमा ७ जनाको मृत्यु […]
चिलीको राष्ट्रपतिमा ३५ वर्षीय विद्यार्थी नेता निर्वाचित
काठमाण्डौ, पुस ५ । दक्षिण अमेरिकी देश चिलीको राष्ट्रपतिमा इतिहासकै सबैभन्दा कम उमेरका व्यक्ति निर्वाचित भएका छन् । ३५ वर्षका वामपन्थी नेता गाब्रिएल बोरिक राष्ट्रपति बन्ने पक्का भएको हो । उनले दक्षिणपन्थी नेता होसे एन्तोनिओ कास्तलाई पराजित गरेको बीबीसीले जनाएको छ । हिजो भएको राष्ट्रपतीय चुनावमा ३५ वर्षका युवा नेता बोरिकले ५६ प्रतिशत मत पाएका […]
ओमिक्रोन विश्वका अधिकांश देशमा फैलिएको हुनसक्छ : डब्लुएचओ
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमण विश्वका अधिकांश देशमा फैलिइसकेको हुन सक्ने चेतावनी दिएको छ । अहिलेसम्म ओमिक्रोनको संक्रमण औपचारिक रुपमा ७७ देशमा पुष्टि भएको छ । तर डब्लुएचओका प्रमुख डा. टेडरोज आध्यनोम गेब्रेयेसोसले ओमिक्रोन विश्वका अरु देशमा पनि रहेको हुन सक्ने बताएका हुन् । ओमिक्रोनलाई लिएर जति चनाखो वा सचेत […]
अमेरिकामा कोभिड–१९ बाट मृत्यु हुनेको संख्या ८ लाख भन्दा धेरै
कोरोना भाइरसको संक्रमणका कारण अमेरिकामा मृत्यु हुनेको संख्या ८ लाख नाघेको छ । विश्वव्यापी महामारीका कारण एकै देशमा यति धेरै मानिसको मृत्यु भएको हो । गएको सोमबार अमेरिकामा कुल संक्रमितको संख्या पाँच करोड नाघेको छ । सन् २०२० को तुलनामा यो वर्ष (२०२१) मा कोरोना भाइरसको संक्रमणका कारण मृत्यु हुनेमा अधिकांश खोप नलगाएका तथा पाको […]
विश्वभर ५ लाख बढी कोरोना संक्रमित थपिए
काठमाडौँ – विश्वभर झण्डै साढे ५ लाख कोरोनाका नयाँ संक्रमित थपिएका छन् । ओल्डोमिटरको पछिल्लो विवरणअनुसार विश्वभर पछिल्लो २४ घण्टामा ५ लाख ३० हजार ५५१ जना संक्रमित थपिएका छन् भने ३ लाख ७७ हजार ७७५ जना निको भएका छन् । यही अवधिमा ६ हजार १९ जना संक्रमितको मृत्यु भएको छ ।
बसमा आगलागी हुँदा कम्तीमा ४५ जनाको मृत्यु
बुल्गेरियामा यात्रु बसमा आगलागी हुँदा कम्तीमा ४५ जनाको ज्यान गएको छ । बुल्गेरियाको पश्चिमी क्षेत्रको राजमार्गमा बसमा आगलागी हुँदा ठूलो मानवीय क्षति भएको स्थानीय अधिकारीलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । नेपाली समय अनुसार मंगलबार बिहान पौने ६ बजेतिर घटना भएको हो । बोस्नेक गाउँ नजिक बसमा आगलागी भएको बुल्गेरियाको आन्तरिक मामिला मन्त्रालयलाई उद्धृत […]










