सेल्फी लिने क्रममा रेलको ठक्करबाट २१ वर्षीया युवतीको मृत्यु

काठमान्डौँ १३ माघ । भारतको पश्चिम बंगाल राज्यमा एक युवतीको सेल्फी लिने क्रममा रेलको ठक्करबाट मृत्यु भएको छ। आइतबार रेलको लिकमा सेल्फी लिइरहेकी २१ वर्षीया युवतीलाई रेलले ठक्कर दिएको थियो। सोही क्रममा उनको मृत्यु भएको जलपाइगुरी जिल्लाको प्रहरीले जनाएको छ। अर्की एक महिलाले भने भागेर ज्यान जोगाएकी छिन्। उनी उफ्रिएर खोलामा हाम फाल्दा गम्भीर घाइते […]

क्यालिफोर्नियामा हेलिकप्टर दुर्घटनाहुदा बाबू छोरी सहित ९ जनाको मृत्यु

काठमाडौं १३ माघ । अमेरिकाको क्यालिफोर्नियामा हेलिकोप्टर दुर्घटना हुँदा बास्केटबलका दिग्गज खेलाडी कोबी ब्रायन्टको मृत्यु भएको छ । उक्त दुर्घटनामा परी ४१ बर्षका खेलाडी ब्रायन्ट र उनकी १३ वर्षीया छोरीसहित ९ जनाको ज्यान गएको अमेरिकी सञ्चार माध्यमहरुले जनाएका छन् । दुर्घटनामा परी ब्रायन्टको निधन भएकोप्रति हलिउडका सेलिब्रेटीदेखि अमेरिकी नेताहरुले दुस्ख व्यक्त गरेका छन् । अमेरिकी […]

मारिएको आशंका गरिएको किमकी काकी नयाँ वर्ष समारोहमा उपस्थित

एजेन्सी, १३ माघ । मारिइसकेको अनुमान गरिएकी किम जोङ उनकी काकी नयाँ वर्ष समारोहमा देखा परेकी छन्।कुनैबेला उत्तर कोरियाको राजनीतिमा शक्तिशाली मानिएकी किम क्योङ हुइ सन् २०१३ यता देखिएकी थिइनन्। उनका पति जन याङ सङ थाएकको सोही वर्ष हत्या भएको थियो। धेरैले किम क्योङ हुइको पनि हत्या भइसकेको अनुमान गरेका थिए। उनी किम इल सुङकी […]

सडक दुर्घटनामा परि दुबईमा एक नेपालीको मृत्यु

एजेन्सि। युएईमा सडक दुर्घटनामा परेर एक नेपाली युवाले ज्यान गुमाएका छन् । शनिबार बेलुका हत्ता मुजेरा मदिना सुपरमार्केट अगाडि बाटो काट्ने क्रममा लरीले ठक्कर दिँदा दार्चुलाका रमेश कामीको मृत्यु भएको हो। उनलाई शनिबार बेलुका करिब साढे ६ बजेको समयमा ओमनबाट दुबई तर्फ आइरहेको भारी लरीले बाटो काट्ने क्रममा ठक्कर दिएको थियो । रमेशको घटनास्थलमै ज्यान […]

अमेरिकी सेना हटाउन माग गर्दै इराकमा विशाल प्रदर्शन

एजेन्सी, इराकमा अमेरिकी सेना हटाउन माग गर्दै दशौँ लाख मानिस सडकमा उत्रेका छन्। शुक्रबार राजधानी बगदादमा विशाल प्रदर्शन भएको छ। सिया धर्मगुरु मुक्तदा अल सद्रको आह्वानमा यो प्रदर्शन भएको थियो। अमेरिकाले जनवरी ३ मा इरानी जर्नेल कासिम सुलेमानीको हत्या गरेपछि इराकबाट अमेरिकी सेना हटाउनुपर्ने माग बलियो बनेको छ। इराकी संसदले समेत अमेरिका सेना हटाउनुपर्ने संकल्प […]

इन्टर्पोलका पूर्वप्रमुख मङ खुङ्वेलाई चीनमा साढे १३ वर्ष जेलसजाय

घुसखोरीको आरोप लागेका अन्तर्राष्ट्रिय प्रहरी निकाय इन्टर्पोलका पूवर्प्रमुखलाई एक चिनियाँ अदालतले १३ वर्ष छ महिनाको जेलसजाय सुनाएको छ। मङ खुङ्वे इन्टर्पोलको नेतृत्व गर्ने पहिलो चिनियाँ नागरिक थिए। सन् २०१८ को सेप्टेम्बरमा फ्रान्सबाट चीन गएका उनी बेपत्ता भएका थिए। भ्रष्टाचार विरुद्धको राष्ट्रपति सी जिन्पिङको अभियान अन्तर्गत उनलाई पक्राउ गरिएको चीनले पुष्टि गरेको थियो। मङले २० लाख अमेरिकी डलरभन्दा […]

ट्रम्पविरुद्धको महाभियोगको सुनुवाइ सुरु

अमेरिकाको सिनेटमा राष्ट्रपति डोनल्ड ट्रम्पविरुद्धको महाभियोगको सुनुवाइ सुरु हुँदा रिपब्लिकन तथा डेमोक्र्याटहरू अब त्यसको प्रक्रिया कसरी अगाडि बढाउने भन्ने विषयमा तातो बहस गरिरहेका छन्। ट्रम्प र युक्रेनबीच सम्पर्क भएका थप प्रमाणको खोजी गर्ने विपक्षी डेमोक्र्याटहरूको प्रयासलाई सत्तारुढ रिपब्लिकनहरूले विफल तुल्याइदिएपछि थप दस्ताबेज मगाउने कि नमगाउने भन्ने विषयमा बहस चल्दैछ। सिनेटमा बहुमत रहेको रिपब्लिकन पार्टीका नेता मिच […]

सामाजिक सञ्जालमा ख्याति कमाएकाहरूलाई ‘मोटो रकमसहित यौन प्रस्ताव’

इन्टरनेटको सामाजिक सञ्जालमा धेरै प्रयोगकर्ताले पछ्याउने ख्यातिप्राप्त र प्रभावशाली महिला ‘इन्फ्लुएन्सर’हरूलाई दैनिकजसो नचिनेका मानिसले मोटो रकमको प्रलोभन दिँदै यौन सम्पर्कका लागि प्रस्ताव पठाउने गरेको खुलासा बीबीसीको भिक्टोरिया डार्बिशर कार्यक्रममा गरिएको छ। एक प्रसिद्ध इन्फ्लुएन्सरले त सामाजिक सञ्जाल पुरुषहरूलाई नयाँ महिला खोज्ने क्याटलग अर्थात ‘सूचि’ बनिरहेको बताइन्।”यो त अब धेरै धनी मानिस सामेल भएर निकै धेरै […]

ट्रम्पविरुद्धको महाभियोगको सुनुवाइ सुरु

भक्तपुर, ८ माघ । अमेरिकाको सिनेटमा राष्ट्रपति डोनल्ड ट्रम्पविरुद्धको महाभियोगको सुनुवाइ सुरु हुँदा रिपब्लिकन तथा डेमोक्र्याटहरू अब त्यसको प्रक्रिया कसरी अगाडि बढाउने भन्ने विषयमा तातो बहस गरिरहेका छन्। ट्रम्प र युक्रेनबीच सम्पर्क भएका थप प्रमाणको खोजी गर्ने विपक्षी डेमोक्र्याटहरूको प्रयासलाई सत्तारुढ रिपब्लिकनहरूले विफल तुल्याइदिएपछि थप दस्ताबेज मगाउने कि नमगाउने भन्ने विषयमा बहस चल्दैछ। सिनेटमा बहुमत […]

अचेत अवस्थामा उद्धार गरिएका ८ भारतीय पर्यटकको मृत्यु

काठमाडौं । मकवानपुरको सिमभञ्ज्याङस्थित होटल एभरेष्ट पानोरमाबाट अचेत अवस्थामा उद्धार गरी काठमाडौं ल्याइएका आठ जना भारतीय नागरिकको मृत्यु भएको छ। होटलमा बेहोस अवस्थामा भेटिएका उनीहरुलाई मंगलबार बिहान हेलिकोप्टरबाट उद्धार गरी काठमाडौंको धुम्बाराहीस्थित ह्याम्स अस्पतालमा ल्याइएको थियो। अस्पतालमा ल्याइएका आठैजनाको मृत्यु भएको अस्पतालका मार्केटिङ एक्ज्युकेटिभ रोशन अधिकारीले जानकारी दिए। मकवानपुरमा आठ भारतीय अचेत, हेलिकप्टरबाट काठमाडौं लगियो […]