अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाका नेता किम जोङ–उनबिच भेटवार्ता हुने भएको छ। ट्रम्प र किमबिच आइतबार दुई कोरियाको सीमा क्षेत्रमा रहेको डिएमजेड भूभागका भेटवार्ता हुने तय भएको दक्षिण कोरियाका राष्ट्रपतिले बताएको द न्युर्योक टाइम्सले जनाएको छ । ट्रम्प र किमबिचको भेट अन्तिम समयमा आएर तय भएको हो । जी–ट्वेन्टी सम्मेलन सकेर अमेरिकी राष्ट्रपति […]
विश्व
माडगास्कर स्वतन्त्रता दिवस: रङ्गशालामा किचिएर कम्तीमा १५ जनाको मृत्यु
माडगास्करमा देशको स्वतन्त्रता दिवस मनाउन आयोजित एउटा विशेष कार्यक्रममा किचिएर कम्तीमा १५ जना मानिसको मृत्यु भएको छ। सो दु:खद घटना कसरी भयो भन्ने स्पष्ट भइसकेको छैन। तर परेडपछि मानिसहरू कार्यक्रम आयोजित रङ्गशालाबाट बाहिर जान खोज्दा प्रहरीले ढोका बन्द गरिदिएको अधिकारीहरूले बताएका छन्। राजधानी एन्टनान्नरिभोस्थित रङ्गशालामा भएको सो घटनामा दर्जनौँ मानिसहरू घाइते भएका छन्। गत सेप्टेम्बर […]
रोबोटले अबको दश वर्षमा कति जनशक्ति विस्थापन गर्ला ?
उत्पादन क्षेत्रका २ करोड रोजगारी सन् २०३० सम्ममा यन्त्रमानव अर्थात् रोबोटले विस्थापन गर्न सक्ने एउटा विश्लेषक संस्था अक्सफोर्ड इकोनोमिक्सले जनाएको छ। यस्ता कामबाट विस्थापित मानिसहरूले सेवा क्षेत्रमा पनि स्वचालित यन्त्रका कारण त्यसैगरी मानव रोजगारीको सङ्ख्या घटेको पाउने उक्त संस्थाको भनाइ छ। तर बढ्दो स्वचालनले रोजगारी र आर्थिक वृद्धिदर बढाउने उक्त संस्थाले बताएको छ। उक्त संस्थाले […]
साइप्रस शृङ्खलाबद्ध हत्या: नेपाली महिलासहित सात जनाको हत्या गर्ने पूर्वसैनिकलाई ‘सातवटा जन्मकैद’
पाँच विदेशी महिला र दुई बालबालिकाको नियतवश हत्या गरेको अभियोगमा ग्रिसेली मूलका साइप्रसका एक सैन्य अधिकृतलाई दोषी ठहर गर्दै सातवटा आजीवन कारावासको सजाय सुनाइएको छ। उनले हत्या गरेकामध्ये एक महिला नेपाली नागरिक थिइन्। उनले हत्या गरेका दुई बच्चा छदेखि आठ वर्षका थिए। नेपाली महिलाको नाम अस्मिता खड्का बिष्ट भएको बताइएको छ। उनको गत वर्ष हत्या भएको […]
इजिप्टमा महिलाहरू किन खान थाले यौन इच्छा बढाउने ‘फिमेल भायग्रा’ ?
इजिप्ट महिलामा यौनेच्छा बढाउने औषधिको उत्पादन र वितरण गर्न अनुमति दिने पहिलो अरब राष्ट्र बनेको छ। “मलाई निद्रा र रिङ्गटा लागेजस्तो भयो र मुटुको ढुकुढुकी बढ्यो।” ‘फिमेल भायग्रा’ भनिएको औषधि सेवन गरेपछि लेलाले यस्तो अनुभव गरिन्। महिलाका लागि बनाइएको सो औषधिको रासायनिक नाम फ्लिब्यान्सेरिन हो। पहिलो पटक सो औषधिले तीन वर्षअघि अमेरिकामा प्रयोगको अनुमति पाएको […]
अमेरिकाले ‘इरानी अस्त्र प्रणालीमा साइबर हमला गरेको’ आरोप
राष्ट्रपति डोनल्ड ट्रम्पले हवाई आक्रमण गर्ने निर्णय फिर्ता लिएलगत्तै अमेरिकाले बिहीवार इरानी अस्त्र प्रणालीमा साइबर हमला गरेको अमेरिकाबाट प्रकाशित समाचारमा जनाइएको छ। अमेरिकी साइबर हमलाले इरानी रकेट तथा क्षेप्यास्त्र नियन्त्रण गर्ने कम्प्युटर प्रणालीलाई निसाना बनाएर तिनलाई विफल तुल्याइदिएको वाशिङ्टन पोस्ट पत्रिकाले जनाएको छ। अमेरिकी ड्रोनलाई गोली हानी खसाल्ने र अमेरिकी भनाइमा खाडीको जलक्षेत्रमा तेल ट्याङ्कहरूलाई […]
क्राइम रिपोर्टरमाथि गोली प्रहार
नयाँ दिल्ली । भारतको राजधानी नयाँ दिल्लीमै एक पत्रकार माथि गोली प्रहार भएको छ । क्राइम रिपोर्टर महिला पत्रकार मिताली चंदोलामाथि गोली प्रहार भएको हो । भारतीय अनलाइन अमर उजालाका अनुसार धर्मशीला क्यान्सर अस्पतालको नजिक उनीमाथि शनिवार राती १२ः३० बजे गोली प्रहार भएको थियो । प्रहरीले उनलाई नजिकैको धर्मशीला अस्पतालमा उपचारका लागि लगेको थियो । […]
इरानमाथि आक्रमण योजना मूर्तरूप दिनुभन्दा १० मिनेटअघि टरेको ट्रम्पको दाबी
खसालिएको ड्रोनको अवशेष अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले अमेरिकी सेना इरानविरूद्धको आक्रमणका लागि तयारी अवस्थामा पुगे पनि आफूले हमलालाई मूर्तरूप दिनुभन्दा १० मिनेटअघि मात्रै मनसाय बदलेको बताएका छन्। बिहीवार खसालिएको एउटा अमेरिकी ड्रोनको जवाफमा तीनवटा विभिन्न ठाउँमा हमलाको योजना बनाइएको थियो। तर १५० जना मानिस मारिने थाहा भएपछि आफूले हमला रोक्ने निर्णय गरेको ट्रम्पको भनाइ छ। […]
इरान-अमेरिका तनाव: इरानमाथि हमला गर्न ट्रम्पले स्वीकृति दिए, पछि रोके
सुरुमा इरानमाथि हमला गर्न अनुमति दिएका ट्रम्पद्वारा आदेश फिर्ता लिएको समाचारहरू आएका छन् अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले इरानमाथि हमला गर्न बिहीवार स्वीकृति दिएपनि पछि तत्काल आक्रमण नगर्न आदेश दिएको समाचारपत्रहरूले लेखेका छन्। द न्यूयोर्क टाइम्सले राष्ट्रपति कार्यालय ह्वाइट हाउसका वरिष्ठ अधिकारीहरूलाई उद्धृत गर्दै इरानका केही ठाउँलाई निशाना बनाउने योजना बनाएको भनेको छ। योजना सुरुवाती स्तरमै […]
आज नेपालमा १४ घण्टा सुर्य देख्न पाइने
काठमाडौं, ६ असार । जुन २१ तारिख। सामान्यतः आजको दिन पृथ्वीको दक्षिणी गोलाद्र्धमा दिन छोटो र उत्तरी गोलार्द्धमा दिन लामो हुने गर्छ। नेपालमा सूर्योदय र सूर्यास्तको बीचको समयअनुसार आजको दिन झण्डै १४ घण्टाको हुनेछ। आज काठमाडौंमा विहान ५ बजेर ९ मिनेटमा उदाएको घाम बेलुकी ७ बजेर ३ मिनेटमा अस्ताउने जल तथा मौसम विज्ञान विभागले जनाएको […]









