एजेन्सी । अमेरिकी रास्ट्रपति भवन ह्वाइट हाउसमा पानी पसेको छ । भीषण वर्षाका कारण आएको बाढी रास्ट्रपति भवनमा छिरेको हो । अमेरिकाकाे वाशिङटन डिसी क्षेत्रमा अचानक बाढीको आपतकालीन स्थिति आइपरेपछि आवतजावत गरिरहेका यात्रुहरू जोखिममा परेकाे बताइएकाे छ । ठूलो वर्षाका कारण कतिपय ठाउँमा सडक अवरुद्ध भएकाे छ । ती सडकमा सवारी साधनसहित चालकहरू फसेका र […]
विश्व
इरानद्वारा परमाणु सम्झौता उल्लंघनको घोषणा
इरानले आफ्नो एउटा पछिल्लो घोषणामा सन् २०१५ मा गरिएको परमाणु सम्झौताको अर्को एउटा प्रावधान तोडेको बताएको छ। तेहरानमा आयोजित एउटा पत्रकार सम्मेलनमा सहायक विदेशमन्त्री अब्बास अराक्चीले आफ्नो देशले सम्झौताले व्यवस्था गरेको युरेनियमको थप प्रशोधन वा इनरिचमेन्टको सीमास्तर तोडेको बताएका हुन्। इरानले सम्झौताले आफूसँग राख्न अनुमति दिएभन्दा बढी (लो इनरिच्ड) युरेनियमको भण्डारण बढाएको बताएको एक साताभन्दा […]
अमेरिकामा ७.१ रेक्टर स्केलको अर्को शक्तिशाली भुकम्प, क्षति आकलन हुँदै
दक्षिणी क्यालिफोर्नियामा दुई दिनभित्र दोस्रो शक्तिशाली भूकम्पको झट्का महसुस गरिएको छ। अमेरिकी भूगर्भसम्बन्धी निकाय युएसजीएसका अनुसार स्थानीय समय अनुसार शुक्रवार राति सवा आठ तिर आएको पछिल्लो झट्का ७.१ म्याग्निच्युडको रहेको छ। यसअघि बिहीवारको भूकम्प ६.४ म्याग्निच्युडको थियो। दोस्रो भूकम्पको केन्द्रविन्दु पनि लस एन्जलस शहरभन्दा करिब अढाइ सय किलोमिटर उत्तरमा रहेको रिजक्रेस्ट नगर नजिक रहेको जनाइएको […]
सरकारी तथ्यांक अनुसार नेपाल आउने पर्यटकले भन्दा विदेश जाने नेपालीले गर्ने खर्च बढी
काठमाडौं १९ असार । मुलुकलाई समृद्ध बनाउने एउटा पाटो विदेशी पर्यटक आगमनलाई मानिए पनि सरकारी तथ्यांकले नेपाल आउने पर्यटकले भन्दा विदेश जाने नेपालीले गरेको खर्च बढी देखाएको छ। सरकारी अधिकारीहरु नेपालीले विदेशमा लैजाने रकमको तथ्यांक यकिन भए पनि विदेशीले नेपालमा आएर गरेको खर्च शतप्रतिशत सही फेला नपर्ने बताउँछन्। मोटामोटी रुपमा हेर्दा चालु आवको वैशाखसम्ममा विदेशीले […]
नक्कली किम जोङ उन बनेर दिनमै १५ लाख कमाउने कलाकार
एजेन्सी । काठमाडौं-मानिसको दैनिकी कतिबेला कुन शीर्षकमा कता फर्कंन्छ पत्तै नहुने । यस्तै भएको २ कलाकारलाई । उनीहरु दुवैले एक विश्व चर्चित नेताको नक्कल गरेर आम्दानी बढाएका छन् । अर्थात दिनमै १५ लाख बढी कमाउँछन् । यसरी अथाह कमाउने २ व्यक्ति हुन हङकङका राजनीतिक व्यंग्यकार हावर्ड एक्स र दक्षिण कोरियाका मिनयोङ किम। यी दुवै कलाकार […]
एकाएक अध्यक्ष गान्धीले राजीनामा दिएपछि कांग्रेसमा हल्लीखल्ली
काठमाडाैं । भारतीय कांग्रेसका अध्यक्षले एकाएक राजिनामा दिएपछि पार्टीमा हल्लीखल्ली मच्चिएकाे छ । कांग्रेस अाइका अध्यक्ष राहुल गान्धीले लोकसभा निर्वाचनमा पार्टीको हारको जिम्मेवारी लिँदै अध्यक्ष पदबाट राजीनामा दिएका छन्। उनले चार पृष्ठको खुलापत्र लेखेर राजिनामा दिएका हुन् । चारपृष्ठकाे राजिनामा पत्रमा आफ्ना भनाइहरु राख्दै गान्धीले लोकसभा निर्वाचनमा पार्टीले पाएको हारको जिम्मेवारी आफूले लिने बताएका छन्। […]
अमेरिकाद्वारा साउथ चाइना सीमा चीनले गरेको क्षेप्यास्त्र प्रहारको आलोचना
अमेरिकाले चीनलाई साउथ चाइन सी क्षेत्रमा क्षेप्यास्त्र प्रहार गरेको आरोप लगाउँदै बेइजिङको कदमलाई ‘तर्साउने नियत’ भनेको छ। अमेरिकी पत्रपत्रिकाहरूले रक्षा मन्त्रालयको गोप्य स्रोतलाई उद्धृत गर्दै चिनियाँ क्षेप्यास्त्र प्रहारको समाचार छापेका थिए। बेइजिङले सो विवादित क्षेत्रमा सैन्य अभ्यास गरेको स्विकारे पनि क्षेप्यास्त्र प्रहार गरे वा नगरेको बताएको छैन। सो क्षेत्रका केही भागहरूमा ताइवान, फिलिपिन्स, ब्रुनाई, मलेशिया […]
सुरक्षा संयन्त्र छलेर संसद भवनभित्रै प्रदर्शनकारी छिरेर गरे तोडफोड
काठमाडौं । ब्रिटेनले हङकङ चीनलाई हस्तान्तरण गरेको वर्षगाँठको अवसरमा भेला भएका प्रदर्शनकारीहरुले संसद भवन तोडफोड गरेका छन् । कठिन प्रयासपछि सुरक्षाकर्मीहरु संसद भवन परिसरलाई आफ्नो नियन्त्रणमा लिन सफल भएका छन् । हङकङमा हप्तौंदेखि सुपुर्दगी सम्बन्धि विधेयकको विरोध हुँदै आएको छ । हङकङ सरकारले उक्त विधेयक फिर्ता लिइसकेको छ । तर पनि प्रदर्शन रोकिएको छैन । […]
ट्रम्प भन्छन् अब ह्वावेईसँग अमेरिकी कम्पनीले कारोबार गर्न सक्छन्
अमेरिका र चीनले व्यापार वार्ता पुन: थाल्ने बताएर विश्वव्यापी आर्थिक शिथिलतालाई रोक्न प्रयास गरेका छन्। चिनियाँ राष्ट्रपति सी जिन्पिङसँग जी-२० शिखर सम्मेलनका बेला जापानमा भएको भेटवार्तापछि राष्ट्रपति डोनल्ड ट्रम्पले अब अमेरिकी प्रविधि कम्पनीहरूलाई चिनियाँ कम्पनी ह्वावेईलाई सामान बिक्री गर्न अनुमति दिने बताए। त्यसलाई अमेरिकी प्रशासनले चीनलाई दिएको ठूलो राहतको रूपमा हेरिएको छ। उक्त भेटवार्तापछि ट्रम्पले […]
ट्रम्पले पहिलो पटक उत्तर कोरियामा पाइला टेके
दक्षिण कोरियाको भ्रमणमा गएका अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प र उत्तर कोरियाली नेताबीच केही बेरअघि दुई कोरियाबीचको सीमा क्षेत्रमा भेट भएको छ। ट्रम्पले शनिवार एक ट्वीट सन्देशमार्फत अचानक उत्तर कोरियाली नेतासँग भेट गर्ने आफ्नो योजना सार्वजनिक गरेका थिए जसले एक प्रकारको तरङ्ग उत्पन्न गराइदियो। आइतवार विहानसम्म दुई नेताबीच भेट हुने निश्चित भइसकेको थिएन। ट्रम्प केहीबेर अघि […]










