३ साउन, काबुल । अफगानिस्तानको राजधानी काबुलस्थित काबुल विश्वविद्यालयको दक्षिणतर्फको प्रवेशद्वारमा शुक्रबार बम विस्फोट भएको छ । यसमा परी चार जनाको मृत्यु हुनुका साथै अन्य आठ जना घाइते भएका छन् । स्थानीय समयाअनुसार शुक्रबार बिहान ७ः१० मा उक्त विस्फोट भएको प्रहरीले जनाएको छ । स्नातकोत्तर तहकोे परीक्षाका लागि विद्यार्थीको प्रवेश हुनेक्रममा विस्फोट भएको थियो […]
विश्व
जापानी दूतावास बाहिर कोरियाली वृद्धले गरे आत्महत्या
सियोल, ३ साउन (रासस/एएफपी) – दक्षिण कोरियाको राजधानी सियोलस्थित जापानी राजदूतावास अघिल्तिर एक जना वृद्ध कोरियालीले आत्महत्या गरेका छन् । जापानसँग व्यापार तथा कुटनीतिक विवाद चर्किरहेकै बेला करिब ७० वर्षका एक कोरियाली वृद्धले आफैँलाई आगो लगाएर आत्महत्या गरेका छन् । कोरियाली प्रहरीले जापानी राजदूतावासको अघिल्तिर पार्क गरिएको कारमा आगो लागेको र उनको अस्पतालमा उपचारका क्रममा […]
पाकिस्तानका पूर्व प्रधानमन्त्री अब्बासी पनि भ्रष्टाचारको आरोपमा पक्राउ
२ साउन, एजेन्सी । पाकिस्तानका प्रधानमन्त्री शाहिद खकान अब्बासी पक्राउ परेका छन् । भ्रष्टाचारको आरोपमा विहिवार उनलाई पक्राउ गरिएको हो । गत महिना पाकिस्तानका पूर्व राष्ट्रपति र पाकिस्तान पिपुल्स पार्टीका नेता आसिफ अली जर्दारी पनि झुठ्ठा बैंक खाता सम्बन्धी आरोपमा पक्राउ परेका थिए । अब्बासीलाई भने उनको सरकारले गरेको एलपीजी ग्यास सम्बन्धी एउटा सम्झौतामा भ्रष्टाचार […]
४ बालबालिका माछा पोखरीमा डुबे
२ साउन (रासस /सिन्ह्वा) : भियतनामको मध्य प्रान्त खान्ह होआमा बुधबार माछा पोखरीमा डुबेर चार बालबालिकाको मृत्यु भएको छ । स्थानीय सञ्चार माध्यमले बिहीबार उक्त जानकारी दिएका छन् । खान्ह भिन्ह जिल्लामा रहेको यस पोखरीमा नुहाउन गएका तीन बालक र एक बालिका गहिरो खाल्डोमा डुबेका थिए । यी चार बालबालिका नजिकका आफन्त भएको समाचारमा जनाइएको […]
भारतले चन्द्रयान सोमबार प्रक्षेपण गर्ने
२ साउन, नयाँदिल्ली । भारतले आगामी सोमबार चन्द्रयान प्रक्षेपण गर्नेगरी नयाँ मिति घोषणा गरेको छ । गत साता प्रक्षेपणको पूर्वसन्ध्यामा इन्धन चुहिएका कारण अन्तिम समयमा चन्द्रयानको प्रक्षेपण स्थगित गरिएको थियो । भारतीय अन्तरिक्ष अनुसन्धान संस्था (इसरो) ले आगामी सोमबार अपराह्न २ बजेर ४३ मिनेटमा चन्द्रयान–२ को प्रक्षेपण गरिने घोषणा गरेको छ । भारतले चन्द्रमामा भूउपग्रह […]
आप्रबासी रोक्न मेक्सिकोको सिमा क्षेत्रमा अमेरिकाले सैनिक बढायो
वासिङ्टन, २ साउन (रासस-सिन्ह्वा) – अमेरिकी रक्षा मन्त्रालयले मेक्सिकोसँगको सीमामा थप करिब दुई हजार १०० सेना परिचालन गर्न लागेको जनाएको छ । आप्रवासीको समस्या थप जटिल बन्न लागेको भन्दै अमेरिकी गृह प्रशासनको अनुरोधमा सेना थप गर्न लागेको रक्षा मन्त्रालयले स्पष्ट गरेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दक्षिणी सीमाबाट अवैध आप्रवासीको अमेरिका आगमनमा कडाई गर्ने […]
भारतमा बाढीको कारण ८० लाख विस्थापित
२ साउन, एजेन्सी । भारतको कैयौ भागमा बाढी खतरा अझै यथावत रहेको छ । यद्यपी भारतको पूर्वी राज्य विहार र उत्तरपूर्वी राज्य आसाम र उत्तर प्रदेशका केही भागहरु बाढीको यस प्रकोपबाट बढी प्रभावित भएको छ । मनसुनी वर्षा त्यसपछिको बाढीको कारणले पछिल्ला केही दिनमा भारतमा ज्यान गुमाउने व्यक्तिको सङ्ख्या १ सय पुगेको छ । सो […]
जापानको एक एनिमेसन स्टुडियोमा आगलागी , २४ जनाको मृत्यु
टोकियो, २ साउन (रासस/एएफपी) – जापानको क्योटो शहरमा रहेको एक भवनमा रहेको एनिमेसन स्टुडियोमा बिहीबार गरिएको संदिग्ध आगजनीमा परी कम्तीमा २४ जनाको मृत्यु हुनुको साथै अन्य दर्जनौँ घाइते भएका छन् । सो कम्पनीमा भएको भीषण आगआगी योजनाबद्ध रुपमा गरिएको प्रहरीको भनाइ छ । यस आगजनीको कारण प्रष्ट भइनसकेकाे प्रहरीले जानकारी दिएको छ । सो आगजनीको […]
बलात्कार नै नहुने बस्ती
जुआ मा र ला त्सुओ जुम्ल्याहा दिदीबहिनी । तिब्बत र सिचुवाँसँग जोडिएको युन्नानको गाउँ काओहाइ । नजिकै लुगु ताल । त्यस भेगमा मोसुओ जातिका करिब ४० हजार चिनियाँ बस्छन् । जुआ मा र ला त्सुओको परिवार ठूलो छ । आह मी ९बज्यै० परिवारकी हर्ताकर्ता हुन् । जुआ र त्सुओलाई आफ्नो बाबुको पत्तो छैन । बज्यै, […]
पूर्व राष्ट्रपति अमेरिका गएका बेला परे पक्राउ
काठमाडाैं । भ्रष्टाचारको आरोपमा फरार रहेका पेरुका पूर्व राष्ट्रपति अलेक्जान्ड्रो टोलेडो संयुक्तराज्य अमेरिकामा मंगलबार बिहान पक्राउ परेको पेरुका सरकारी अधिकारीहरुले बताएका छन् । पेरुका महान्यायाधिवक्ताको कार्यालयले पेरुको अनुरोधमा टोलेडो अमेरिकामा पक्राउ परेको जनाएको छ । महान्यायाधिवक्ताले पूर्व राष्ट्रपति टोलेडोलाई स्वदेश फर्काउन अमेरिकी अधिकारीहरुसँग वार्ता भइरहेको बताएको छ । टोलेडो सन् २०१७ देखि संयुक्तराज्य अमेरिकामा बस्दै […]










