कारागारमा झडप हुँदा ९ जना कैदीको मृत्यु

काठमाडाैं । ब्राजिलको एक कारागारमा भएको झडपमा ९ जना कैदीबन्दीको मृत्यु भएको छ । एक समुहले हतियार सहित विपक्षी समुहको क्षेत्रमा प्रवेश गरेपछि झडप सुरु भएको बीबीसीले उल्लेख गरेको छ । गोलीबारी सुरु भएपछि १ सय भन्दा बढी कैदी भागेका थिए । भागेका मध्ये ३० जना कैदीलाई भने पुन: नियन्त्रणमा लिईएको छ । ब्राजिलमा क्षमता […]

उत्तरकोरियाले अमेरिकामाथि साइबर हमला गरी बै‌ङ्किङ प्रणालीमा असर पुर्याएको अमेरिकाकै दावी

एजेन्सी । अमेरिकाले अाफ्नाे देशमाथि उत्तरकाेरियाले साइबर हमला गरेकाे दावी गरेकाे छ । यस वर्षको शुरुवातमा अस्पताल, व्यवसायदेखि बैंकहरुलाई प्रभावित पारेको ‘वानाक्राई’ मालवेर हमलाका लागि उत्तर कोरिया जिम्मेवार भएको अमेरिकी प्रशासनले ठहर गरेको छ । उक्त साइबर हमलामा १५० देशका ३ लाखभन्दा बढी कम्युटर प्रभावित हुनका साथै अर्बौँ डलरको नोक्सानी भएको थियो । वाल स्ट्रीट […]

भाडदौडमा बङ्गलादेशमा दश जनाको मृत्यु, कैयौँ घाइते

ढाका, ३ पुस । बङ्गलादेशमा एक जना राजनीतिक नेताको शोकमा आयोजना गरिएको प्रार्थना समारोहमा भागदौड हँुदा कम्तीमा दश जनाको मृत्यु भएको छ । बङ्गलादेशको दक्षिणपश्चिमी क्षेत्रमा पर्ने चिट्टागोङ शहरमा सोमबार भएको घटनामा अन्य ५० जना घाइते भएका छन् । चिट्टागोङ महानगर प्रहरीका प्रमुख इक्वाल बाहारले घटनामा परी दश जनाको मृत्यु भएको पुष्टि गरे । घाइतेमध्ये […]

सुरक्षा परिषदमा चीन, रुस र अमेरिकाबीच उत्तरकोरियाको विषयलार्इ लिएर चर्को आरोप प्रत्यारोप

काठमाडाैं । शुक्रबार उत्तर कोरियाको विषयलाई लिएर डाकिएको संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदको बैठकमा उत्तर कोरिया, अमेरिका, रुस र चीन एकअर्काविरुद्ध आरोपप्रत्यारोपमा उत्रिएका छन्। रुस र चीनले उत्तर कोरियाली आणविक तनावलाई शान्तिपूर्ण तरिकाले हल गर्न अमेरिकाले नचाहेको बताएका छन् भने अमेरिकी विदेशमन्त्री रेक्स टिलरसनले वार्तामा बस्नुअघि उत्तर कोरियाले त्यसको वातावरण बनाउनुपर्ने बताए। बैठकमा राष्ट्रसंघका लागि उत्तर […]

उत्तर कोरिया यसरी अमेरिकासँग ब्ल्याकमेल गर्छ

काठमाडौँ । ‘उत्तर कोरियासँग अमेरिका कुनै शर्त विना वार्ताका लागि तयार छ,’ – यो भनाई अमेरिकी विदेश मन्त्री रेक्स टेलरसनको हो । अमेरिका पहिलादेखि यो भन्दै आएको थियो कि, उत्तर कोरिया जबसम्म आफ्नो परमाणु र मिसाइल कार्यक्रम छाड्दैन, तजसम्म उसँग छलफल हुँदैन । तर, अब अमेरिकी विदेश मन्त्री रेक्स टिलरसनको यो भनाईलाई उत्तर कोरियाका विषयमा […]

उत्तर कोरियाको चेतावनीपछि अमेरिकाले यस्तो भन्यो, कोरियाली प्रायदिपमा युद्धको सम्भावना बढ्याे

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका राष्ट्रिय सुरक्षा सलाहकार एचआर म्याकमास्टरले उत्रर कोरियाको धम्कीलाई सम्बोधन गर्न अमेरिका आतुर रहेको बताएका छन् । अमेरिका र उत्तर कोरियाबीचको वाकयुद्ध चलिरहेको वेला ट्रम्पका सल्लाहकारको सो अभिब्यक्ति आएको हो । युद्धको सभ्वाना बढ्यो  उत्तर कोरियासँग युद्धको सम्भावना दिनहुँ बढेको उनले बताए । उत्तर कोरियासँग सम्भाब्य युद्ध सैन्य द्धन्द्ध मात्र […]

सी जिनपिङले भने ‘नेपाली माअाेवादी हाम्रा पहिलाे नम्बरका मित्र हुन्’

काठमाडौं, १५ मंसिर । चिनियाँ कम्युनिष्ट पार्टीले विश्वका विभिन्न देशहरुमा विभिन्न पार्टी र समूह गरी ६ सय कम्युनिस्ट पार्टीको सूची तयार गरेको छ । सबैभन्दा पहिलो नम्बरमा नेपालको माओवादी पार्टीलाई राखेको छ । उसले माओवादी जनयुद्धले नेपालको परिवर्तनमा ठूलो भूमिका खेलेको भन्दै पहिलो नम्बरमा राखेको हो । उसले कुनै व्यक्तिको नाम भन्दापनि नेपालको माओवादी पार्टीलाई […]

विद्युतको मुल्य बढाइएपछि वामपन्थीहरु सडकमा उत्रिए

एजेन्सी । विद्युतमा भएको मूल्यवृद्धिको विरोध स्वरूप बङगलादेशको वामपन्थी झुकाव भएका दलहरूले बिहीबार आधा दिन हड्ताल गरेका छन् । मूल्यवृद्धिको विरोधमा विहानैदेखि देशका मुख्य शहरमा हजारौँको सङ्ख्यामा भेला भएका प्रदर्शनकारीले हातमा विभिन्न नारा लेखिएका प्लेकार्ड तथा व्यानर बोकी शहरका मुख्य मुख्य भाग परिक्रमा गरेका थिए । बङ्गलादेशको उर्जा नियामक आयोगले यही नोभेम्बर २३ गतेदेखि लागू […]

ट्रम्पले मुस्लिम धर्म विरोधी भिडियो ट्वीट गरेपछि आलोचित

US president Donald trump

एजेन्सी । लण्डनका महानगर प्रमुख सादिक खानले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको बेलायतमा हुने भनी तय भएको राजकीय भ्रमणलाई रद्द गर्न आग्रह गरेका छन् । बेलायतमा अमेरिकी राष्ट्रपतिले मुसलमान विरोधी भिडियोलाई पुनः ट्वीट गरेपछि खानले सो भिडियोप्रति विरोध जनाउँदै यस पहिले बेलायती नागरिकले ट्रम्पको भ्रमणबारेमा विरोध जनाइरहेका बेलायतीको स्वरलाई थप शसक्त बनाएका हुन् । महानगरप्रमुखले अमेरिकी […]

मुगाबेलाई विस्थापित गरेर आएका जिम्बाबेका नयाँ राष्ट्रपतिले मन्त्रिपरिषद् सानो बनाउने

एजेन्सी । जिम्बाबेका नयाँ राष्ट्रपति इम्मेर्सन मनान्गाग्वाले आफ्नो मन्त्रिपरिषद् सानो बनाउने बताएका छन् । स्थायी सचिवहरू र उच्च सरकारी अधिकारीहरूसँगको पहिलो अन्तरक्रिया कार्यक्रममा बुधबार राष्ट्रपति मनान्गाग्वाले मन्त्रिपरिषद् सानो बनाउने बताएका हुन् । उनले आफ्नो मन्त्रिपरिषद्ले अति कडाईका साथ काम गर्ने, जनतालाई सेवा दिने र प्रभावकारी व्यवहार गर्ने अठोट पनि गरेका छन् । “मेरो सरकारले कुनै […]