भूतप्रेत भगाउन भन्दै आमाले गरिन् छोरीको दर्दनाक हत्या


१० साउन, एजेन्सी । भूतप्रेत भगाउन भन्दै एक महिलाले नाबालक छोरीको क्रूर हत्या गरेकी छन् ।

क्यालिफोर्नियाकी एक महिलाले प्रेत भगाउन भन्दै आफ्नी ३ वर्षकी छोरीलाई १० घण्टासम्म तातो कार भित्र राखेर तड्पाइ तड्पाइ हत्या गरेकी हुन् ।

छोरीको क्रूर हत्या आरोपमा पक्राउ परेकी उनलाई अदालतले २५ वर्षको जेल सजायको फैसला गरेको छ ।

प्रहरी अधिकारीका अनुसार ती महिलाले आफ्नी छोरीलाई भूतप्रेतबाट मूक्ति दिलाउने भन्दै तातो कारमा राखेकी थिइन् ।
सेक्रामेन्टोको अटार्नी जिल्ला कार्यालयका अनुसार गत जुनमा एन्जेला फाकिन नाम गरेकी महिलाले आफ्नी ३ वर्षकी छोरी माइयाको हत्या गरेकी थिइन ।

सोही आरोपमा उनलाई शुक्रवार २५ वर्षको जेल सजाय भएको हो । फाकिनका श्रीमान उन्तवन स्मिथमाथि पनि यस घटनामा संलग्न रहेको आरोप लागेको छ । सो मुद्दा अहिले अदालतमा चलिरहेको छ । प्रहरी अधिकारीहरुका अनुसार फाकिन र उनका श्रीमान २०१७ फेबुअरीमा क्यालिफोर्निया आएका थिए । 

अधिकारीहरुका अनुसार उनीहरुले जुन २०१७ मा पनि प्रचण्ड गर्मीमा माइयालाई केही घण्टा कारमा छाडेका थिए । अधिकारीका अनुसार उनीहरुले एकपटक करिव साढे चार घण्टा माइयालाई तातो कारमा बन्द गरेर राखे । त्यसको दोस्रो दिन फेरी साढे नौ घण्टा माइयालाई तातो कारमा तड्पिनका लागि छाडे । जसले गर्दा माइयाको ज्यान गयो ।

माइयाको मृत्युपछि फाकिनले आफूहरुले अदालतमा माइयालाई भूतप्रेतबाट सुरक्षित गर्ने कोसिस मात्रै गरेको बयान दिएकी थिइन् ।

Loading...