चन्द्र अभियानका तीन भिडियो महँगो मूल्यमा विक्री

९ साउन, एजेन्सी । ५० वर्ष अगाडि सन् १९६९ जुलाई २० तारिखका दिन चन्द्रमामा पहिलो पटक मानवले पाइला टेकेको भिडियो महंगो मूल्यमा विक्री भएको छ ।

लिलामीमा राखिएको चन्द्र मिसनसँग जोडिएका तीन भिडियो टेप १ दशमलब ८२ मिलियन डलरमा विक्री भएको हो ।

त्यतिबेला निल आर्मस्ट्रङ्गले चन्द्रमामा पहिलो पटक मानव पाइला राखेका थिए भने उनीसँगै गएका एड्विन बज एल्ड्रिनले त्यसपछि चन्द्र सतहमा टेकेका थिए । उनीहरुले चन्द्र सतहमा २१ घण्टा ३१ मिनेटसम्म बिताएका थिए । मानव इतिहासमै अभुतपूर्व सफलता हात परेको उक्त घटनाको ५० वर्षगाँठको अवसरमा विश्वभर विभिन्न कार्यक्रम गरिएको छ ।

यसैक्रममा चन्द्र मिसनसँग जोडिएका नासाका ती तीन भिडियो टेप लिलामीमा विक्री गरिएको हो ।

उक्त भिडियो टेपमा चन्द्रमामा निल आर्मस्ट्रङ्गको पहिलो पाइला, यसका साथै उनीसँगै गएका बज एल्ड्रिनले पनि पाइला राखेको दृष्य कैद गरिएको छ ।

चन्द्रमा पुगेका दुवैले यानबाट ओर्लदै गरेको दृष्य, चन्द सतहमा अमेरिकाको झण्डा फहराइएकोलगायतका सबै दृष्य टेपमा रहेको छ ।

Loading...