कर्माचार्यमा कहिल्यै पनि ‘अवसरवादको गन्ध’ देखिएनः प्रचण्ड

काठमाडाँै, ९ साउन, । नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी एकताका बाँकी कामलाई यही महिनाभित्र सम्पन्न गरेर भदौदेखि देशव्यापी अभियान सञ्चालन गरिने बताए । नेपाल कम्युनिष्ट पार्टीका संस्थापक सदस्य नरबहादुर कर्माचार्यको छैटौँ स्मृति दिवसका सन्दर्भमा पार्टी कार्यालय धुम्रबाराहीमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले साउनभित्र स्थायी र केन्द्रीय समितिको बैठक बसेर भदौदेखि देशव्यापी नयाँ अभियान सञ्चालन गरिनेछ भने ।

पार्टी एकता गरेर असाधारण पहल कदमी अगाडि बढाइएको उल्लेख गर्दै उनले एकताका क्रममा आइपरेका चुनौती र घेरा पार गरी माथिदेखि तलसम्मका काम अन्तिम चरणमा पु¥याइएको बताए । अध्यक्ष दाहालले भन्े, “पार्टी एकतालाई अझै सुदृढ गर्ने र सरकारको कामलाई प्रभावकारी बनाएर नेपालबाट समाजवादको नयाँ ‘मोडल’ देश र दुनियाँलाई दिने सङ्कल्प गर्नु नै कर्माचार्यप्रति सच्चा श्रद्धाञ्जलि हो ।”

नेपाल कम्युनिष्ट र राजनीतिक आन्दोलनका क्रममा विशिष्ट मोडमा उभिएको चर्चा गर्दै नेपाली जनताले दिएको ठूलो अवसरको सदुपयोग गर्न बुद्धिमत्तापूर्ण ढङ्गबाट अगाडि बढ्नुपर्नेमा जोड दिए । पूर्वप्रधानमन्त्री दाहालले दुई तिहाइ जनमत प्राप्त सरकारले जनताका पक्षमा गरेका कामका बारेमा जानकारी गराउँदै सरकारका कामलाई अझ प्रभावकारी रुपमा अगाडि बढाइने बताए ।

“जनताको विश्वासलाई कायम राख्दै ठूलो उचाइ हासिल गर्नु छ । नेपालबाट समाजवादको उन्नत मोडल विश्वलाई दिनु छ । समाजवादको नयाँ धारा, मोडल र ‘सिस्टम’ दुनियाँलाई दिन सक्नुपर्छ”, उनले भने् । अध्यक्ष दाहालले पार्टी एकतालाई सुदृढीकरण गर्दै सरकारको काम प्रभावकारी बनाई जनताको भावना सम्बोधन गरेर मात्रै समाजवाद सम्भव भएको बताए ।

केही मान्छे निश्चित समयसम्म मात्र पार्टीमा लाग्ने र त्यसपछि विचलित हुने आम प्रवृत्तिबीच कर्माचार्यले जीवनभर उद्देश्य र आदर्श तथा वैचारिक निष्ठा राखेर आफूलाई समर्पित गराएको स्मरण गरे । अध्यक्ष दाहालले भने्, “कर्माचार्यले जीवनभर आफूलाई कम्युनिष्ट आन्दोलनप्रति समार्पित गर्े, माक्र्सवादी मूल्य मान्यतालाई आफ्नो जीवन व्यवहारमा उतारे ।”

कर्माचार्यको वैचारिक र आन्दोलनप्रतिको निष्ठा मुख्य विशेषताका रुपमा रहेको अध्यक्ष दाहालको भनाइ थियो । “उनि एउटा असाध्यै सरल, पारदर्शी, ‘अवसरवादको गन्ध’ नभएको व्यक्तिका रुपमा थिए”, उनले भने, “राजनीतिक आन्दोलन र कम्युनिष्ट आन्दोलनमा धेरै विसङ्गति र विकृति देखिएको छ । कर्माचार्यले जीवनभर त्यस्ता कदमविरुद्ध सङ्घर्ष गरे ।”

सरलता, स्वाभाविकता, पारदर्शिता, इमान्दारिताको पर्यायका रुपमा कर्माचार्य रहेको स्मरण गर्दै अध्यक्ष दाहालले कर्माचार्यको गुणबाट सिक्ने, शिक्षा लिने र आफ्नो जीवनलाई पनि त्यसरी नै रुपान्तरण गर्नुपर्छ भने् । “आफ्नो जीवन राष्ट्र र जनताको निम्ति समर्पित गर्नुपर्ने र प्रेरणा लिने दिनका रुपमा आजको दिन रहेको छ”, उनले भने ।

साउन महिनामा कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल र संस्थापक सदस्य कर्माचार्य तथा तुलसीलाल अमात्य केही दिनपछि को स्मृति परेको सन्दर्भ उल्लेख गर्दै उनले यो महिना नेपाल कम्युनिष्ट पार्टीका अग्रणी त था संस्थापक नेताको स्मरण गर्ने, योगदानको चर्चा गर्ने र उनिहरुको गुणबाट शिक्षा र प्रेरणा लिई अगाडि बढ्ने महिनाका रुपमा रहेको जनाए ।

सबै कम्युनिष्ट पार्टीका बीचमा एकता होस् भन्ने उनको भावना रहेको उल्लेख गर्दै अध्यक्ष दाहालले यस अवस्थामा कर्माचार्यलाई सम्झनु भनेको पार्टी एकतालाई थप बलियो बनाउनु हो भने । “कर्माचार्य उमेर ज्येष्ठ भए पनि काम गर्ने क्षमताको हिसाबले जीवनभर युवा नै थिए ।”

Loading...