भारतीय टीममा नपरेका धोनी कास्मीरमा गार्डको ड्युटी गर्दै


९ साउन, एजेन्सी । वेस्टइण्डिजसँगको सिरिज खेल्ने भारतीय क्रिकेट टिममा नपरेका टीम इण्डियाका दिग्गज तथा पूर्व कप्तान एमएस धोनी सेनामा गार्डको भुमिका निभाउने भएका छन् ।

टीम इण्डियाबाट दुईमहिनाका लागि अलग भएका धोनी यसै महिनाका ३१ जुलाई देखि १०६ टेरिटोरियल आर्मी बटालियनको साथमा जम्मुकस्मीरमा गार्ड रुपमा खटिने भएका हुन् ।

भारतीय सेनामा लेफ्टिनेन्ट कर्नेल (मानार्थ उपाधि) बाट सम्मानित एमएस धोनीका बारेमा सेनाले बताएको छ कि यि दुईमहिना उनी गार्डको भुमिकामा ड्युटीमा खटिने छन् ।

धोनी ३१ जुलाई देखि १५ अगस्टसम्म टेरिटोरियल आर्मी बटालियनसँगै ड्युटीमा रहने छन् ।

सेनाको साथमा रहँदा धोनीले पैट्रोलिंग, गार्ड तथा पोस्ट को ड्यूटी निभाउने छन् । यस समय उनी पुरा समय आर्मी जवानहरुकै साथमा रहने जनाइएको छ ।

विश्वकपमा टीम इण्डियाको हार पछि वेस्टइन्डिजसँगको सिररिजमा एमएस धोनी टीममा नबसी केही महिना सेनाको रुपमा देशको सेव ागर्न चाहेको खबरहरु सार्वजनिक भएका थिए ।

यस कारण भारतीय क्रिकेट बोर्डले पनि उनलाई वेस्टइण्डिजको सिरिजमा विश्राम दिएको थियो । विश्वकपमा भारतीय टीमको हारपछि अब धोनीले सन्यास लिन्छन् भन्ने अनुमान पनि गरिएको थियो ।