अमेरिकामा हिंसा: गोलि काण्डमा परि एकै वर्षमा ४० हजारको मृत्यु

काठमाडौं, २५ साउन । सुन्दा पत्यार लाग्दैन, तर अमेरिकामा एकै वर्षमा बन्दुकसँग सम्बन्धित हिंसाका कारण सन् २०१८ मा ४० हजारको मृत्यु भएको थियो । अमेरिकामा विद्यालय, कलेज, चलचित्र घर र अन्य सार्वजनिक स्थल एवं कार्यक्रममा जथाभावी गोली चलाएर हुने हत्या हिंसाका घटना नियमित झैं हुन थालेका छन् । यी घटनाहरुमा कमी आउनुको साटो बढ्दै गएको […]

भारतीय सांसद भन्छन् “चीन भारतको एक नम्बरको शत्रु”

भारतको सत्तारूढ भारतीय जनता पार्टी (बीजेपी)का एक सांसदले ‘चीन भारतको एक नम्बरको शत्रुु’भएको बताएका छन्। जम्मू-कश्मीरलाई दिइएको विशेष मान्यता भारतले खारेज गरेपश्चात्‌ चीनले जनाएको प्रतिक्रियापछि सांसद राकेश सिन्हाले त्यस्तो बताएका हुन्। बीबीसी हिन्दी रेडियोका सम्पादक राजेश जोशीसँगको विशेष कुराकानीमा सिन्हाले पाकिस्तानलाई विश्वको कुनै पनि इस्लामिक मुलुकको समर्थन नरहेको दाबी पनि गरे। भारतले आफ्नो आन्तरिक मामिलामा […]

उत्तर कोरियाले फेरि गर्‍यो छोटो दुरीका बलिस्टिक मिसाइलु प्रक्षेपण

उत्तर कोरियाले पुनस् समुद्रमा दुईवटा क्षेप्यास्त्र प्रक्षेपण गरेको छ। योसहित उसले केही हप्तायता गरेको पाँचौ प्रक्षेपण हो। दक्षिण कोरियाली सेनाले शनिवार बिहान प्रक्षेपित क्षेप्याप्त्र छोटो दुरीका बलिस्टिक मिसाइल हुन सक्ने बताएको छ। त्यसको पुष्टि भइसकेको छैन। तर छोटो दुरीका बलिस्टिक मिसाइल प्रक्षेपण गर्नु संयुक्त राष्ट्रसङ्घको सुरक्षापरिषद्का ११ वटा प्रस्तावको उल्लङ्घन हुन्छ। अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले […]

कोपेनहेगन प्रहरी कार्यालय बाहिर बिस्फोट

स्टकहोम, २५ साउन । डेनमार्कको राजधानी कोपेनहेगनको प्रहरी चौकी बाहिर शनिबार बिहानै बिस्फोट भएको छ । प्रहरीका अनुसार उक्त घटनामा सामान्य क्षति पुगे पनि कोही व्यक्ति मारिएका वा घाइते भएका छैनन् । डेनमार्कमा अघिल्लो दिन पनि राष्ट्रिय कर कार्यालयमा यस्तै बिस्फोट भएका थिए । टेलिभिजन फुटेजमा प्रहरी कार्यालयको ढोका फुटेको र भवन बाहिर भग्नावशेष देखिएको […]

रुसमा क्षेप्यास्त्र परीक्षण दुर्घटनामा पाँचको मृत्यु

मस्को, २५ साउन । रुसको उत्तरी ध्रुवीय क्षेप्यास्त्र परीक्षण स्थलमा बिस्फोट हुँदा पाँच जना कर्मचारीको मृत्यु भएको रुसी आणविक विभाग (रोसाटोम)ले शनिबार जनाएको छ । तरल इन्धन सञ्चालित रकेट इन्जिनको परीक्षणका क्रममा बिहीबार उक्त दुर्घटना भएको थियो । यो घटना रुसको दुर्गम अर्खानजेलेस्क क्षेत्रमा भएको थियो । रोसाटोमले जारी गरेको वक्तव्यमा आफ्ना पाँच जना कर्मचारीको […]

म्यानमारमा पहिरोमा परी मृत्यु हुनेको संख्या २९ पुग्यो

याङ्गुन, २५ साउन । अत्यधिक वर्षासँगै आएको पहिरोको कारण म्यानमारमा मृत्यु हुनेको संख्या २९ पुगेको छ । देशको मोन राज्यमा शुक्रबार भएको घटनामा मृत्यु हुनेको संख्या बढेर शनिबार विहानसम्ममा २९ पुगेको हो । “आज विहान मात्रै थप सात शव भेटिएको छ, अरु ४७ भन्दा बढी घाइते भएका छन्,” पाउङका प्रशासक उ जाव मोए औङले सिन्ह्वालाई […]

चाडमा साम्प्रदायिक झडपमा ३७ जनाको मृत्यु

एनजमेना, चाड, २४ साउन । पूर्वी चाडमा प्रतिस्पर्धी जातीय समूहबीच भएका झडपमा यस हप्ता कम्तीमा ३७ जनाको मृत्यु भएको चाडका राष्ट्रपति इद्रिस देबाइले शुक्रबार बताएका छन् । “पूर्वी चाडमा हप्ताभर भएका साम्प्रदायिक झगडाले उग्ररूप लिएपछि यो राष्ट्रिय चासोको बिषय बनेको छ,” अफ्रिकी मुलुक चाडका राष्ट्रपति देबाइले भने । स्वतन्त्रता दिवसको अवसरमा गरेको पत्रकार सम्मेलनमा राष्ट्रपतिले […]

भाकपाका महासचिव सिताराम याचुरी काश्मिरबाट पक्राउ

काठमाडौं । भारत प्रशासित जम्मु र काश्मिरका बारेमा विवाद चलिरहेका बेला मोदी सरकारले भारतीय कम्युनिष्ट पार्टी (माक्र्सवादी) का महासचिव सीताराम याचुरीलाई पनि पक्राउ गरेको छ । सिताराम याचुरीसँगै सो पार्टीका अर्का प्रभावशाली नेता डी राजा पनि पक्राउ परेका छन् । उनीहरु दुबै जनालाई कश्मीरको श्रीनगरमा नै पक्राउ गरिएको हो । याचुरीले आफुहरु पक्राउ परेकोबारे सामाजिक […]

केरलामा बाढी बीसको मृत्यु

नयाँ दिल्ली, २४ साउन । दक्षिण भारतीय राज्य केरलामा गत २४ घण्टाभित्र आएको बाढीमा परी कम्तीमा २० व्यक्तिको मृत्यु भएको जनाइएको छ । यस बाढीको कारण २२ हाजार भन्दा बढी व्यक्ति विस्थापित भएका भारतीय सञ्चार माध्यमले शुक्रबार जानकारी दिएको छ । प्रत्यक्षदर्शीहरुका अनुसार केरलाको प्रायः भागमा आएको भारी वर्षापछि बाढीको प्रकोप निम्त्याएको हो । बाढीको […]

जम्मु काश्मिरमा शुक्रबार कफ्र्यु कम गरिने

नयाँदिल्ली, २४ साउन । मुस्लिम समुदायको बाहुल्य रहेको समस्याग्रस्त काश्मिरमा शुक्रबार निषेधाज्ञा (कफ्र्यु) कम गरिने भारत सरकारले जनाएको छ । कफ्र्यु कम भएमा शुक्रबारको प्रार्थनामा जाने मुस्लिम समुदायलाई सहज हुने यस क्षेत्रका प्रहरी प्रमुखले एएफपीलाई बताएका छन् । स्थानीयबासीलाई नजिकका मस्जिदमा भेला भएर शुक्रबारको नमाज पढ्न दिइने र यसमा कुनै प्रतिबन्ध नलगाइने काश्मिरका प्रहरी महानिर्देशक […]