जिब्राल्टर, २ भदौ । जिब्राल्टरले नियन्त्रणमा लिएपछि कुटनीतिक विवादको केन्द्रमा परेको इरानी तेल ट्याँकर जिब्राल्टरले छाडेको छ । बेलायती उपनिवेश जिब्राल्टरले आफूलाई उक्त तेल ट्याँकर सुपुर्दगी गर्न अमेरिकाले गरेको अनुरोधलाई पनि अस्वीकार गरेको छ । म्यारिन ट्राफिकका अनुसार जिब्राल्टरको तटीय इलाकाबाट गत जुलाई ४ मा नियन्त्रणमा लिइएको इरानी सुपर–ट्याँकरलाई आइतबार साँझ छाडिएको थियो । उक्त […]
विश्व
पक्राउ गर्ने अमेरिकी आग्रह जिब्राल्टारले अस्वीकार गरेपछि इरानी तेल ट्याङ्कर भूमध्यसागरतर्फ
सिरियाका लागि तेल ओसारिरहेको आशङ्कामा जुलाई महिनामा पक्राउ गरिएको एक इरानी तेल ट्याङ्कर नछाड्न अमेरिकाले गरेको आग्रहलाई जिब्राल्टारले अस्वीकार गरेको छ। ग्रेस वान पानीजहाजलाई छाड्ने निर्णय भएको एक दिनपछि शुक्रबार अन्तिम समयमा अमेरिकाले त्यस्तो आग्रह गरेको थियो। अहिले उक्त पानीजहाज बन्दरगाहा छाड्दै भूमध्यसागरको उत्तरतर्फ अगाडि बढिरहेको छ। अमेरिकी आग्रहबारे जिब्राल्टारले भनेको छ- फेरि पक्राउ गर्नुपर्ने […]
कश्मीर तनाव: ‘अन्तिम गोली रहँदासम्म भारतसँग लड्न पाकिस्तान तयार’
भारत प्रशासित कश्मीरले संविधानमा पाएको विशेष दर्जा अन्त्य गरिएपछि छिमेकी पाकिस्तानबाट भारतविरुद्ध कडा प्रतिक्रिया आउने क्रम जारी छ। पाकिस्तानले शनिवार एक पटक फेरि भनेको छ, कश्मीरको निम्ति ऊ अन्तिम गोली र अन्तिम सैनिक रहँदासम्म लड्ने छ। विदेश मन्त्री शाह महमुद कुरैशीले भने, “पाकिस्तानको व्यावसायिक सेना भारतसँग टक्कर लिन तयार छ। हाम्रा सबै संस्था भारतविरुद्ध लड्न […]
काश्मिरबारे विशेष व्यवस्था खारेजीपछि चार हजार पक्राउ : सरकारी स्रोत
श्रीनगर, १ भदौ । दुई हप्ता पहिले भारतीय काश्मिरबारे विशेष व्यवस्था गरेको भारतको संविधानको धारा ३७० को निलम्बनपछि सम्भावित हिंसा भड्किनसक्ने भन्दै काश्मिरका विभिन्न क्षेत्रबाट नियन्त्रणमा लिई हिरासतमा राखिएका व्यक्तिको सङ्ख्या चार पुगेको एक सरकारी अधिकारीले बताएका छन् । काश्मिरका एक सरकारी अधिकारीले नाम उल्लेख नगर्ने शर्तमा भने, “कम्तीमा चार हजार नागरिकलाई पक्राउ गरी सार्वजनिक […]
भारतीय प्रधानमन्त्रीको भुटान भ्रमण, विपक्षी नेतासँग भेटघाट
थिम्पु, १ साउन । भुटानको दुई दिने औपचारिक भ्रमणमा रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आइतबार त्यहाँका मुख्य विपक्षी पार्टीका नेता डा पेमा ग्याम्त्सोसँग भेटवार्ता गरेका छन् । भारतीय विदेश मन्त्रालयका अनुसार दुबै नेताबीच भारत–भुटानबीचको द्वीपक्षीय सम्बन्धलाई अझ प्रगाढ बनाउने विषयमा विचार विमर्श भएको थियो । डा पेमा भुटानको राष्ट्रिय सभामा मुख्य विपक्षी दलका नेता हुन् […]
उत्तरी अफगानिस्तानमा बम बिस्फोट
मजार ए सरिफ, १ भदौ । अफगानिस्तानको उत्तरी बाल्ख प्रान्तमा सडक छेउमा राखिएको विद्युती धराप बिस्फोट हुँदा कम्तीमा नौ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उक्त धरापमा एउटा मिनिबस परेको थियो । प्रान्तीय प्रहरी उपप्रमुख अब्दुल रजाक क्वादिरीले बाल्ख प्रान्तको दलत अबाद जिल्लामा मिनिबसलाई लक्षित गरी भएको आक्रमणमा नौ जना निर्दोष व्यक्ति […]
थाइल्यान्डमा सवारी दुर्घटना, ११ जनाको मृत्यु
बैंकक, १ भदौ । थाइल्यान्डमा एउटा मजदूर बोकेको भ्यान अर्को ट्रकसँग जुधेर भएको दुर्घटनामा ११ जना मजदूरको मृत्यु भएको छ । स्थानीय सञ्चार माध्यमका अनुसार आइतबार भएको उक्त दुर्घटनामा अरु चार जना सख्त घाइते भएका छन् । भ्यानमा भिसा नवीकरणका लागि लाओसका कामदारहरु सवार थिए । उनीहरु सा काओ प्रान्तबाट चान्थाबुरी अध्यागमन कार्यालयतर्फ गइरहेका थिए […]
गाजा सीमाक्षेत्रमा तीन प्यालेस्टिनी मारिए
गाजा सिटी, १ भदौ । उत्तरी गाजापट्टीमा इजरायली सेनाले चलाएको गोली लागेर तीन जना प्यालेस्टिनीको मृत्यु भएको प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयले जनाएको छ । गाजापट्टीबाट तीन वटा क्षेप्यास्त्र प्रहार भएको केही घण्टापछि नै इजरायली सेनाले गरेको कारबाहीमा तीन प्यालेस्टिनीको ज्यान गएको हो । प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयले अर्का एक प्यालेस्टिनी सख्त घाइते अवस्थामा अस्पतालमा उपचार गराइरहेको जनाएको […]
सुकुम्बासी बस्तीमा भिषण आगलागी, १० हजार घरबारविहीन
ढाका, १ भदौ । बंगलादेशको राजधानी ढाकास्थित सुकुम्बासी बस्तीमा शुक्रबार रातिको भिषण आगलागीबाट १० हजारभन्दा बढी मानिस घरबारविहीन भएका छन् । ढाका नजिकको मिरपुरमा शुक्रबार रातिको भएको यस आगलागीबाट जस्तापाताले छाएका करिब दुई हजार घर खरानी भएको अग्नि नियन्त्रण विभागका एर्शाद हुसेनले बताउनुभयो । बस्तीभित्र चिया पसल चलाएर गुजारा गरिआएका ५८ वर्षीय अब्दुल हमिदले आफूले […]
काबुल बम बिस्फोटमा ६३ जना मारिए, १८२ जना घाइते
काबुल, १ भदौ। युद्धग्रस्त मुलुक अफगानिस्तानको राजधानी काबुलमा एक विवाह समारोहलाई लक्षित गरी शनिबार राति भएको बम बिस्फोटनमा ६० जनाभन्दा बढी मारिएका छन् । हालैका महिनामा अफगानिस्तानमा भएका शृङ्खलाबद्ध बिस्फोटमध्ये यो निकै भयानक रहेको प्रहरीले जनाएको छ । प्रारम्भिक विवरणमा बिस्फोटका कारण विवाह समारोहमा सहभागी ६३ जनाको मृत्यु भएको र अरु १८२ जना घाइते भएको उल्लेख […]








