घरमा प्रहरी गिरफ्तार गर्न आएपछि पूर्वराष्ट्रपतिले आफैलाइ गोली हानेर गरे आत्महत्या

काठमाडौं, ५ वैशाख । भ्रष्टाचार आरोप लागेका पेरुका पूर्वराष्ट्रपति एलेन गार्सियाले गोली हानी आत्महत्या गरेका छन् । पक्राउ गर्न प्रहरीहरु निवासमा आएपछि उनले आफैंलाई गोली हानेर आत्महत्या गरेको बीबीसीले जनाएको छ । प्रहरी घरमा आएपछि उनी फोन गर्न भन्दै अर्को कोठामा गएका थिए । त्यसपछि उनले ढोका बन्द गरे । उनी रहेको कोठाभित्र गोली चलेको […]

डढेलोमा परी २७ अग्नि नियन्त्रकसहित ३० को मृत्यु

एजेन्सी । चीनमा भएको आगलागीमा परी ३० जनाको मृत्यु भएको छ । चीनको दक्षिणी सिचुआन प्रान्तमा भएको आगलागीमा परी उनीहरूको मृत्यु भएको अधिकारीहरूले सोमबार जनाएका छन् । मृत्य भएकामध्ये २७ जना अग्नी नियन्त्रक रहेका छन् भने आगो निभाउन गएका तीन स्थानीय बासिन्दा शनिबार दिउसोसम्म सम्पर्कमा नआएका बताइएको छ । अचानक हावाहुरी आएपछि आगलागी भएको आपतकालिन […]

चीन र इटालीबीच ‘सिल्क रोड’का लागि हस्ताक्षर

एजेन्सी । एशियालाई यूरोपसँग जोड्ने यातायात तथा व्यापार सम्बन्ध विस्तारका लागि चीनको नेतृत्वमा अघि बढाइएको नयाँ ‘सिल्क रोड’ मा सहभागी हुन इटालीले शनिबार एक दस्ताबेजमा हस्ताक्षर गरेको छ । यद्यपि उक्त दस्तावेज ‘गैर–बाध्यकारी’ सहमति हो । विश्वलाई जोड्ने बेल्ट एण्ड रोड (बिआरआई) आयोजना अन्तर्गतको आयोजनामा जाने इटालीको निर्णयले संयुक्त राज्य अमेरिका र यूरोपेली संघ (इयू) […]

सिरियामा आईएस पूर्णरूपमा पराजित : एसडीएफ

एजेन्सी । इस्लामिक स्टेट (आईएस) जिहादी समूहले सिरियामा आफ्नो अन्तिम आधार क्षेत्र गुमाएको अमेरिका समर्थित सिरियन डेमोक्रेटिक फोर्सेस (एसडीएफ) ले शनिबार बताएको छ । आईएसलाई पराजित गरेसँगै सिरियाली कुर्द टेलिभिजनले अमेरिका समर्थित फौजले आईएसबाट जफत् गरेको भवनको माथि पहेँलो झण्डा फहराइरहेको देखाएको छ । योसँगै आईएसको इस्लामिक परम्परामा आधारित शासन व्यवस्था ‘क्यालिफेट’को अन्त्य भएको एसडीएफले […]

रेल दुर्घटनामा परी ३० जनाको मृत्यु

एजेन्सी । प्रजातान्त्रिक गणतन्त्र कङ्गोको केसाइमा भएको मालबाहक रेल दुर्घटनामा परी कम्तिमा ३० जनाको मृत्यु भएको यहाँका अधिकारीले सोमबार जनाएका छन् । केसाइको प्रहरी स्रोतलाई उद्धृत गरी स्थानीय सञ्चारमाध्यमले दिएको जानकारी अनुसार आइतबार मालबाहक रेल लिकबाहिर गएपछि भएको दुर्घटनामा यसमा यात्रा गरिरहेका ३० यात्रुको मृत्यु भएको छ भने कैयौँ घाइते भएका छन् । घाइते सबै […]

जापानको निर्यातमा निरन्तर गिरावट

एजेन्सी । जापानको निर्यात दरमा गत फेब्रुअरीमा पनि गिरावट देखिएको जापान सरकारले सोमबार सार्वजनिक तथ्याङ्कमा उल्लेख गरिएको छ । जापानको निर्यातमा गत डिसेम्बरदेखि निरन्तर तेस्रो महिनासम्म गिरावट देखिएको हो । हुनत जापानको आयात दर पनि यो समयमा घटेको देखिएको छ । कारोबारमा देखिएको गिरावटले विश्वको तेस्रो ठूलो अर्थतन्त्रले सन् २०१९ का लागि निर्धारण गरेको आर्थिक […]

फेसबुकमा लाइभ गर्दै न्यूजिल्याण्डमा भयो भयानक आक्रमण, ३० को मृत्यु

काठमाडौं । न्यूजिल्याण्डको एक मस्जिदमा भयानक आक्रमण भएको छ । बन्दुकधारीले गरेको आक्रमणबाट ३० जनाको मृत्यु भएको छ । आक्रमणकारीले आक्रमण सुरु गर्नुअघि फेसबुकमा लाइभ सुरु गरेका थिए । फेसबुक लाइभमा उक्त आक्रमण पूरै देखिएको बताइएको छ । न्यूजिल्याण्डका अल नूर मस्जिद र लिनउड मज्जिदमा जुमेको नमाज पढ्ने समयमा यो आक्रमण भएको हो । आक्रमणबाट […]

मन्त्रीमाथि मुक्का प्रहार

एजेन्सी । संसद् भवनतर्फ गइरहेका न्युजिल्यान्डका जलवायु परिवर्तन मन्त्रीमाथि सडकमै दुर्व्यवहार भएको छ। ग्रिन पार्टीका सहनेतासमेत रहेका मन्त्री जेम्स सहको मुखमा वेलिङ्टनमा बिहीबार बिहानै मुक्का प्रहार भएको बताइएको छ। मुक्का लागेका मन्त्री सह सख्त घाइते भने नरहेको बिबिसीले उल्लेख गरेको छ। आफ्नो क्याबिनेट मन्त्रीले सडकमा मुक्का खाएपछि प्रधानमन्त्री ज्याकिन्दा अर्डेनले भनिन्, ‘न्युजिल्यान्डमा यस्ता खालको गतिविधि […]

युरोपियन युनियनले राख्यो १० देशलाई कालोसूचीमा

एजेन्सी । युरोपियन युनियनले करको कारण कालोसूची रहेको देशको सङ्ख्यामा वृद्धि गरेको छ । संयुक्त अरब इमिरेट्स, बरमुडालगायतका दश देशलाई कालोसूचीमा राखेको बताइएको छ । युरोपियन युनियनका शक्तिशाली देश इटालीको विरोधको बाबजुत पनि यी देशहरूलाई कालोसूचीमा राखिएको हो । अब युरोपियन युनियनको कालोसूचीमा रहने देशको सङ्ख्या १५ पुगेको छ । सन् २०१७ बाट युरोपियन युनियनले […]

किम जोङ उनका सौतिनी दाइलाई विषालु पदार्थ दलेर हत्या गर्ने आरोपी थुनामुक्त

एजेन्सी । उत्तर कोरियाका नेता किम जोङ उनका सौतिनी दाइ किम जोङ नामको हत्या गरेको आरोपमा थुनामा रहेकी इन्डोनेसियाकी एक महिलालाई सोमबार रिहा गरिएको छ । इन्डोनेसियाकी नागरिक सिती अल्स्यानविरुद्ध दर्ता गरिएको मुद्दा फिर्ता भएकाले मलेसियाबाट उनलाई रिहा गरिएको अधिकारीहरूले जनाएका छन् । सन् २०१७ को फेब्रअरीमा क्वालालम्पुर विमानस्थलमा किम जोङ नामको मुखमा “भीएक्स नर्भ […]