इन्डोनेसियामा नयाँ राजधानी बनाउन राष्ट्रपतिको प्रस्ताव

जकार्ता, ३१ साउन । इन्डोनेसियाका राष्ट्रपति जोको विडोडोले मुलुकको राजधानीलाई जकार्ताबाट अन्यत्र सार्न शुक्रबार प्रस्ताव गरेका छन् । इन्डोनेसियाको ७४औं स्वतन्त्रता दिवसको पूर्वसन्ध्यामा सांसद र सरकारी उच्च अधिकारीलाई सम्बोधन गर्दै उनले आफ्नो प्रस्तावमा समर्थन जनाउन आम जनतासँग आग्रह पनि गरे । उनले हालको राजधानी जकार्तामा जनघनत्व अत्यधिक बढेको, अव्यवस्था रहेको तथा फोहोर ज्यादै भएको बताए […]

तान्जानियामा लगानी बढाउन अफ्रिकी राष्ट्रपतिसँग आग्रह

दार एस सलाम, ३१ साउन । तान्जानियाका राष्ट्रपति जोन मागुफुलीले आफ्नो मुलुकमा लगानी भित्र्याउनेतर्फ सहयोग गर्न दक्षिण अफ्रिकी राष्ट्रपति सिरिल रामाफोसासँग आग्रह गरेका छन् । दक्षिण अफ्रिकी राष्ट्रपति रामाफोसा हाल तान्जानियाको तीन दिने राजकीय भ्रमणमा रहेका छन् । राष्ट्रपति मागुफुलीले दक्षिण अफ्रिकासँग आर्थिक सहयोगका विविध क्षेत्रमा मिलेर सहकार्य गर्न आफ्नो मुलुक तयार रहेको पनि बताएको […]

चीनमा अध्ययन गर्न दक्षिण अफ्रिकनलाई छात्रवृत्ति

प्रिटोरिया, ३१ साउन । दक्षिण अफ्रिकाका ५६ जनाले चीनमा उच्च शिक्षा अध्ययनका लागि छात्रवृत्ति प्राप्त गरेका छन् । दक्षिण अफ्रिकास्थित चिनियाँ राजदूत लिन सोङटियानले छात्रवृत्तिका लागि छनौटमा परेका विद्यार्थीहरु चाँडै चीन प्रस्थान गर्ने बताए । छात्रवृत्ति प्राप्त गर्ने विद्यार्थीहरुका लागि आयोजित स्वागत समारोहमा राजदूत लिनले चीन र दक्षिण अफ्रिकाबीचको आपसी समझदारी र मित्रता अभिवृद्धिमा यस […]

सुडानका विपक्षीद्वारा प्रधानमन्त्रीमा अब्दल्ला हाम्डोकको नाम प्रस्ताव

खार्तुम, ३१ साउन । अफ्रिकी मुलुक सुडानका विपक्षीहरुले नयाँ बन्ने सङ्क्रमणकालीन सरकारको प्रधानमन्त्रीमा विपक्षीहरुका तर्फबाट अब्दल्ला हाम्डोकको नाम प्रस्ताव गरेका छन् । अब्दल्लालाई बिहीबार मुख्य विपक्षी फ्रिडम एन्ड चेन्ज एलायन्सका तर्फबाट सर्वसम्मत रुपमा चयन गरिएको हो । सुडानी पेशाकर्मी संघले एक विज्ञप्ति जारी गरी डा अब्दल्ला हाम्डोकको नाम सर्वसम्मत रुपमा चयन गरिएको जनाएको छ । […]

कारबाहीमा तालिबानका कमाण्डर मारिए

पुल ए अलाम, अफगानिस्तान, ३१ साउन । अफगानिस्तानको पूर्वी प्रान्त लोगारमा भएको एक सैन्य कारबाहीको क्रममा तालिबानका प्रमुख कमाण्डर मवलावी क्युद्रातुल्लाहको मारिएका छन् । शुक्रबार सेनाले प्रकाशन गरेको एक विज्ञप्तिमा सो जानकारी दिइएको छ । तालिबानको कमाण्डर क्युदरातुल्लाह लोगार प्रान्तमा भएको एक कारबाहीको क्रममा मारिएका हुन् । लोगार प्रान्तको प्रान्तीय राजधानी पुल ए अलामको बाहिरी […]

अबदेखि दक्षिण कोरियासँग वार्ता हुँदैन: उत्तर कोरिया

  उत्तर कोरियाले थप क्षेप्यास्त्र परीक्षण गर्दै आइन्दा दक्षिण कोरियासँग वार्तामा नबस्ने बताएको छ। दक्षिण कोरिया र अमेरिकाबीच सैन्य अभ्यास भएकोमा आक्रोशित प्योङ्याङ्ले दक्षिणका राष्ट्रपतिको सम्बोधनप्रति तीखो प्रतिक्रिया जनाएको छ। उत्तर कोरियाको शान्तिपूर्ण एकता समितिले अमेरिकासँग संयुक्त सैन्य अभ्यास गरेपछि पनि वार्तामा बस्न सकिन्छ भन्ने भ्रम नपाल्न दक्षिण कोरियालाई सजग गराएको छ। सो समितिको वक्तव्यमा […]

कास्मिरमा भारत र पाकिस्तानी सैनिकबीच गोली हानाहान सुरु, ५ भारतीय र ३ पाकिस्तानी सैनिकको मृत्यु

काठमाडौं । कास्मिरकाे तनाव अन्तत: युद्धतिर उन्मुख हुन थालेकाे छ । नरेन्द्र माेदी नेतृत्वकाे सरकारले कास्मिरकाे स्वायत्तता खारेज गरी केन्द्र प्रशासित क्षेत्रका रुपमा कास्मिरलाइ कायम गरेपछि सुरु भएकाे तनाव पछिल्लाे समय गाेली हानाहानसम्म पुगेकाे छ । गाेली हानाहानमा परी बिहीबार मात्र पाँच भारतीय सैनिककाे मृत्यु भएकाे छ । साथै तीन पाकिस्तानी सैनिककाे पनि मृत्यु भएकाे […]

अमेरिकी अनुरोध नकार्दै इरानी तेल ट्याङ्करलाई रिहा गर्ने जिब्राल्टरको निर्णय

जिब्राल्टरका अधिकारीहरूले गत महिना कब्जा गरिएको इरानी तेल ट्याङ्करलाई तत्काल रिहा गर्न आदेश दिएका छन्। अमेरिकाको न्याय मन्त्रालयले जिब्राल्टरस्थित अधिकारीहरूलाई उक्त तेल ट्याङ्करलाई नछोड्न अन्तिम समयमा अनुरोध गरेपछि यो निर्णय गर्ने प्रक्रिया केही घण्टाका लागि पछि धकेलिएको थियो। जिब्राल्टरको सर्वोच्च अदालतले ग्रेस वान नामक ट्याङ्करलाई कब्जामा राख्नुपर्छ कि पर्दैन भनेर आदेश गर्न लागेको बेला अमेरिकाले […]

सेन्जेनमा चीनले गर्यो विश्वलाइ चकित पार्नेगरी शहरी युद्धकलाको अभ्यास

काठमाडाैं । लोकतन्त्रको माग गर्दै हङकङमा हिंसात्मक प्रदर्शन चर्किंदै जाँदा त्यसलाई दबाउन चीनको सशस्त्र फौजले हङ्कङको छिमेकी शहर सेन्जेनमा युद्ध अभ्यास गरेको छ । चीनको जनसशस्त्र प्रहरी बलले सेन्जेनमा रहेको एक रंगशालामा अर्बन वारफेयर अर्थात् शहरी युद्धकलाको अभ्यास गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । शसस्त्र प्रहरी बलले युद्ध अभ्यास गरेको सेन्जेनको उक्त रंगशाला पत्रकारका लागि […]

ब्रिटिश साम्राज्यबाट स्वतन्त्र भएको सम्झनामा भारतले मनायो ७३ औं स्वतन्त्रता दिवस

काठमाडाैं । भारतले बिहीबार ७३ औं स्वतन्त्रता दिवस मनाएको छ । सन् १९४७ मा बेलायती साम्राज्यबाट स्वतन्त्रता पाएको सम्झनामा भारतले हरेक वर्ष १५ अगस्टका दिन स्वतन्त्रता दिवस मनाउँदै आएको छ । स्वतन्त्रता दिवसका दिन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दिल्लीमा रहेको लालकिल्लाबाट सम्बोधन गरेका थिए । सम्बोधनका क्रममा प्रधानमन्त्री मोदीले भारतमा अब ‘एक देश, एक निर्वाचन’ […]