काबुल, १ भदौ। युद्धग्रस्त मुलुक अफगानिस्तानको राजधानी काबुलमा एक विवाह समारोहलाई लक्षित गरी शनिबार राति भएको बम बिस्फोटनमा ६० जनाभन्दा बढी मारिएका छन् । हालैका महिनामा अफगानिस्तानमा भएका शृङ्खलाबद्ध बिस्फोटमध्ये यो निकै भयानक रहेको प्रहरीले जनाएको छ । प्रारम्भिक विवरणमा बिस्फोटका कारण विवाह समारोहमा सहभागी ६३ जनाको मृत्यु भएको र अरु १८२ जना घाइते भएको उल्लेख […]
विश्व
युक्रेनको एक होटेलमा आगलागी, आठको मृत्यु
किभ, ३२ साउन । युक्रेनको बन्दरगाह शहर ओडेशामा शनिबार बिहान सबेरै भएको आगलागीमा परी आठ व्यक्तिको मृत्यु हुनको साथै अन्य अन्य १० जना घाइते भएका आपतकालिन सेवा प्रदायक संस्थाले जानकारी दिएको छ । देशको दक्षिणी शहरमा रहेको प्रसिद्ध होटेल टोक्यामा स्थानीय समयनुसार शनिबार बिहान १ः३५ मा सो आगलागी शुरु भएको थियो । आगलागीमा परी आठ […]
भारतमा स्वतन्त्रता दिवस मनाउदै गर्दा राष्ट्रसङ्घीय सुरक्षा परिषद्मा काश्मिर
काठमाडौँ, ३२ साउन । भारत र पाकिस्तानले यसै साता स्वतन्त्रता दिवस मनाए । स्वतन्त्रता दिवस मनाइरहँदा भारतीय र पाकिस्तानी जनतामा विगत बर्षहरूमा जुन किसिमको वातावरण हुनेगथ्र्यो यस बर्ष भने केही भिन्नता भने उनीहरूले अवश्य महशुस गरे । यही अगष्ट पाँच तारिख भारत सरकारले संविधानको एउटा धारामाथि प्रतिबन्ध लगाउँदै भारत नियन्त्रित काश्मिर क्षेत्रको विशेष स्थानलाई रद्द […]
के अब इरान र अमेरीकाबीच युद्ध हुन लागेकाे हाे?
जिब्राल्टरमा गत महिना नियन्त्रणमा लिइएको एउटा इरानी तेल ट्याङ्करलाई त्यहाँका एकजना न्यायाधीशले घर फर्कने अनुमति दिने निर्णय गरेको भोलिपल्टै अमेरिकाको न्याय मन्त्रालयले उक्त ट्याङ्कर जफत गर्नका लागि पक्राउ पुर्जी जारी गरेको छ। ग्रेस-वान नामक उक्त ‘सुपर ट्याङ्कर’लाई गत जुलाई ४ मा ब्रिटेनको स्वशासित क्षेत्र जिब्राल्टरमा नियन्त्रणमा लिइएको थियो। तेल बोकेको सो ट्याङ्कर अवैध रूपमा सिरियातर्फ […]
हवाई कारबाहीमा परी सात तालिबान लडाकू मारिए
घाज्नी, अफगानिस्तान, ३२ साउन । अफगानिस्तानको पूर्वी भागमा पर्ने घाज्नी प्रान्तमा भएको एक हवाई कारबाहीमा परी छ तालिबानी लडाकू मारिएका प्रान्तीय सरकारले शनिबार जानकारी दिएको छ । घाज्नी प्रान्तको दिह याक जिल्लाको हद्दा गाउँमा तालिबान लडाकू लुकेर बसेका स्थानलाई लक्ष्यगरी नेटोआवद्ध संयुक्त सेनाले हवाई कारबाही शुरु गरेको थिए । सोही कारबाहीमा छ तालिबान लडाकू मारिनुको […]
शान्ति वार्ताबारे अमेरिकी राष्ट्रपति ट्रम्प र अफगानी उच्च सल्लाहकारबीचको छलफल ‘निकै सकारात्मक’
वासिङटन,३२ साउन । अफगानी तालिबान समूहसँग शान्ति सम्झौताको तयारीबारेमा राष्ट्रपति डोनाल्ड ट्रम्प र उच्च अमेरिकी सल्लाहकारबीच कुराकानी भएको र छलफल ‘निकै राम्रो’ भएको ह्वाइट हाउस स्रोतले बताएको छ । राष्ट्रपति ट्रम्पलाई न्यू जर्सीस्थित आफ्नै गृहनगर बेडमिनिस्टरमा अमेरिकी सुरक्षा सल्लाहकारहरूसहित रक्षा मन्त्री मार्क एस्पर, विदेशमन्त्री माइक पोम्पेओ तथा सैनिक प्रमुख जनरल जोसेफ डनफोर्डबीच अफगानी शान्ति प्रक्रियाका […]
डुङ्गा डुब्दा सात व्यक्तिको मृत्यु
जिनान,चीन,३२ साउन । चीनको पूर्वी भागमा पर्ने शानडोङ प्रान्तमा शुक्रबार अपराह्न समयमा भएको एक डुङ्गा दुर्घटनामा परी सात व्यक्तिको मृत्यु हुनुको साथै अन्य दुई बेपत्ता भएका स्थानीय तटिय उद्धार अधिकारीहरुले जानकारी दिएका छन् । स्थानीय समयाअनुसार शुक्रबार ५ः५५ बजे अपराह्न सो घटना भएको थियो । उत्तर भागमा पर्ने हेबेई प्रान्ततर्फ गईरहको सो डुङ्गा बन्दरगाह शहर […]
भारतः भिडले मारेको किसानको परिवारद्वारा न्याय नपाएसम्म लड्ने प्रण
सन् २०१७ मा एकजना मुस्लिम किसान पहलु खानलाई कुटपिट गरेर मारेको अभियोग लागेका छ जनालाई भारतको एउटा अदालतले रिहा गरिदिए पनि आफूहरू लडिरहने उनको परिवारले प्रण गरेको छ। गौरक्षक समूहका सदस्यहरूमाथि हत्याको आरोप लागेपछि उक्त विषय चर्चामा आएको थियो। हिन्दू धर्मावलम्बीहरूले गाईलाई पवित्र जनावर मान्ने गर्छन् जसका कारण कैयौँ राज्यमा गाई मार्नुलाई अवैध मानिन्छ। “हामीलाई […]
कारबाहीमा साठी आतङ्ककारी मारिए
फिरोज कोह, अफगानिस्तान, ३१ साउन । अफगानिस्तानको गोर प्रान्तमा अफगान सुरक्षाबलले करिब एक महिनासम्म गरेको सुरक्षा कारबाहीको क्रममा ६० जना तालिबान लडाकू मारिएका छन् । सो कारबाहीको क्रममा सुरक्षा बलले १०० भन्दा बढी गाउँ पुनः कब्जामा लिएको प्रान्तीय प्रहरी प्रमुख वाहिदुल्लाह शुक्रबार बताएका छन् । गोर प्रान्तको प्रान्तीय राजधानी फिरोज कोहमा करिब एक महिना भएको […]
चीनमा पहिरोबाट सत्र जना मजदूर बेपत्ता
बेइजिङ, ३१ साउन । दक्षिणपश्चिमी चीनको एक रेलवे स्टेशन पुनः निर्माण भइरहेको अवस्थामा आएको पहिरोका कारण कम्तीमा १७ जना मजदूर बेपत्ता भएका राज्यद्वारा सञ्चालित सञ्चार माध्यमले जानकारी दिएको छ । पहाडीका इलाकामा रेलको लिक निर्माण कार्यमा संलग्न १७ जना कामदार बेपत्ता रहेका चाइना डेलीले जनाएको छ । सिचुआन प्रान्तको गान्लुओ ग्रामीण इलामा एकदम छिटो सो […]









