लिबियाको तटीय क्षेत्रबाट एक सय ८० आप्रवासीको उद्धार

त्रिपोली, ९ भदौ । पश्चिमी लिबियाको तटीय क्षेत्रबाट आइतबार एक सय ८० गैरकानूनी आप्रवासीलाई उद्धार गरिएको छ । संयुक्त राष्ट्रसंघीय शरणार्थी उच्चायुक्तको कार्यालय युएनएचसीआर ले आइतबार सो जानकारी दिएको छ ।युएनएचसीआरले एक ट्वीटमार्फत आप्रवासीका लागि लिबियाको भूमि सुरक्षित नभएको जनाएको छ । अप्रिलको सुरुदेखि नै राष्ट्रसंघ समर्थित लिबियाली सरकार र विद्रोहीबीच राजधानी त्रिपोलीलाई कब्जा गर्न […]

जी७ बैठक विश्व अर्थतन्त्र र इरानी मुद्दामा अल्झियो

बियारिज, फ्रान्स, ९ भदौ । विश्वका प्रमुख सात औद्योगिक समूह जी७ को तीन दिने शिखर बैठकमा अमेरिकी व्यापार नीतिहरु र इरानी कुटनीतिज्ञको बैठकमा आकस्मिक सहभागिताका कारण तनाबबीच समापन हुँदैछ ।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र आयोजक फ्रान्सेली राष्ट्रपति इमानुएल म्याँक्रोले सोमबार नै संयुक्त पत्रकार सम्मेलन गरी शिखर बैठक औपचारिक रुपमा समाप्त भएको घोषणा गर्नु हुनेछ । […]

अमेरिकाले प्यालेस्टाइनको नाम हटायो

रमल्लाह, ९ भदौ । संयुक्तराज्य अमेरिकाले विश्वका देश र राज्यहरुको नामावली समेटिएको सूचीबाट पहिलोपटक प्यालेस्टाइनलाई हटाएको छ । अमेरिकी उक्त कदमको प्यालेस्टाइन सरकारले विरोध जनाएको छ ।प्यालेस्टिनी राष्ट्रपति कार्यालयका प्रवक्ता नाबिल अबु रुदैनाहले एक वक्तव्य प्रकाशन गरी अमेरिकाको पछिल्लो कदमले अमेरिकाको निरन्तर खस्कदो विदेश नीतिलाई नै प्रतिबिम्बित गरिरहेको बताए । रुदैनाहले अमेरिकी कदमको भत्र्सना गर्दै […]

विशेष सुरक्षाबलको कारबाहीमा पन्ध्र व्यक्ति रिहा

काबुल,९ भदौ । अफगान विशेषबलले गरेको एक कारबाहीको क्रममा तालिबान लडाकू समूहले कब्जा गरी हिरासतमा राखेका १५ व्यक्ति रिहा भएका छन् । अफगानिस्तानको उत्तरी प्रान्त कुन्दुजमा गतराती रातभरी भएको एक कारबाहीको क्रममा तालिबान लडाकू समूहले कब्जामा राखेका ती १५ व्यक्ति रिहा भएका बिशेषबलद्वारा प्रकाशित विज्ञप्तिमा सोमबार जानकारी दिइएको छ । कुन्दुज प्रान्तको इमाम साहिब जिल्लामा […]

शरणार्थी शिविरमा दुई लाख रोहिङ्ग्याको ¥याली

कुतुपालोङ बङ्लादेश, ८ भदौ । म्यानमारबाट बिस्थापित भएका रोहिङ्ग्या शरणार्थीहरुले बङ्लादेशस्थित शिविरमा ¥याली निकालेका छन् । म्यानमारमा आफ्ना आफन्तहरु विरुद्ध जातीय हिंसा भएको दुई वर्ष पुगेको दिन पारेर झण्डै दुई लाख जना ¥यालीमा सहभागी भएका हुन् ।सन् २०१७ को अगस्ट महिनामा म्यानमारको राखिन राज्यमा भएको हिंसाका कारण झण्डै सात लाख ४० हजार रोहिङ्ग्या विस्थापित भएर […]

बस दुर्घटनामा बङ्लादेशमा ८ जनाको मृत्यु, १८ घाइते

ढाका, ८ भदौ । बङ्लादेशमा भएको सवारी दुर्घटनामा परी कम्तीमा आठ जनाको मृत्यु भएको छ ।देशको मध्य भागमा पर्ने फरिदपुर जिल्लामा शनिबार भएको दुर्घटनामा परी अरु १८ जना घाइते भएको अधिकारीहरुले जनाएका छन् । फरिदपुरको कोतवाली प्रहरी कार्यालयका प्रमुख एफएम नसिमले राजधानी ढाका र दक्षिणी खुल्ना क्षेत्रीय शहरलाई जोड्ने सडकमा दुर्घटना भएको पत्रकारहरुलाई जानकारी दिए […]

अमेरिका–बेलायत व्यापार सम्झौता चाँडै

बियारिज, ८ जेठ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बेलायतसँग व्यापार सम्झौता जतिसक्दो चाँडो गरिने बताउनुभएको छ ।फ्रान्सको बियारिजमा जी७ को बैठककै क्रममा बेलायती प्रधानमन्त्री बोरिस जोन्सनसँगको वार्तापछि राष्ट्रपति ट्रम्पले भने, “दुबै मुलुकबीच ठूलै व्यापार सम्झौता हुँदैछ, र यो विगतको भन्दा पक्कै ठूलो हुनेछ ।” प्रधानमन्त्री जोन्सनले राष्ट्रिय स्वास्थ्य सेवाको विषयले वार्तामा प्रवेश नपाएको बताए । […]

जापान र अमेरिकाबीच व्यापार सम्झौतामा सहमति

टोकियो, ८ भदौ । जापान र संयुक्तराज्य अमेरिकाबीच व्यापार सम्झौतामा सहमति भएको छ । विश्वका प्रमुख औद्योगिक राष्ट्रहरुको समूह जी७ को बैठकमा दुबै मुलुकका नेताबीच फ्रान्समा वार्ता हुनुअघि नै यस्तो सहमति भएको समाचार सार्वजनिक भएको छ । अमेरिकासँगको व्यापार वार्ताको जिम्मेवारी सम्हालेका जापानका अर्थमन्त्री तोशिमिचु मोटेगीले संवाददाताहरुसँग वासिङ्टनमा शनिबार संक्षिप्त प्रतिक्रिया दिँदै भने “वार्तामा ठूलो […]

वर्षा र बाढीका कारण सुडानमा ६० को मृत्यु, १०१ घाइते

खार्तुम, ८ भदौ । सुडानमा देशभरी आएको वर्षा र बाढीका कारण ६० जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।मन्त्रालयका अधिकारीहरुले शनिबार दिएको जानकारी अनुसार ती प्राकृतिक प्रकोपहरुमा परेर अरु १०१ जनाभन्दा बढी घाइते भएका छन् । “वर्षा र बाढीले हालै देशभरी असर पारेको छ, त्यसका कारण ६० जनाको मृत्यु भएको छ भने १०१ जना […]

सिरियाका बालबालिकालाई ध्यान दिन युनिसेफको आग्रह

वासिङ्टन, ८ भदौ । संयुक्तराष्ट्र बालकोष ९युनिसेफ०का कार्यकारी निर्देशक हेनरिता फोरले सिरियाका बालबालिकाको सुरक्षामा विश्वका प्रमुख सात औद्योगिक राष्ट््र का नेताहरुले विशेष ध्यान दिने विश्वास व्यक्त गरे ।हेनरिताले शुक्रबार जारी गरेको विज्ञप्तिमा सिरियामा सन् २०१९ को शुरुआतदेखि हालसम्म कम्तीमा ४१९ जना बालबालिका मारिएका र झण्डै १६९ जना बालबालिकालाई विद्रोहीले सेनामा भर्ना गरेको उल्लेख छ । […]