अम्मान, ३१ भदौ । सन् २०१८ को अक्टोबरदेखि अहिलेसम्म डेढ लाख सिरियाली स्वदेश फर्केका जोर्डनको गृहमन्त्रालयले मङ्गलबार जारी एक तथ्याङ्कमा जनाइएको छ । फिर्ता भएका एक लाख ५३ हजारमध्ये सवै जोर्डनको जाबेर सीमा नाका हुँदै स्वदेश फर्किएका हुन् । उनीहरूमध्ये ३३ हजार संयुक्त राष्ट्रसंघद्वारा शरणार्थीको मान्यता प्राप्त सिरियाली रहेका जोर्डनले बताएको छ । मन्त्रालयले स्वेच्छिकरूपमा […]
विश्व
दुई छुट्टाछुट्टै स्थानमा भएका तालिवान आक्रमणमा ४६ को मृत्यु
काबुल, ३१ भदौ । मङ्गलबार अफगानिस्तानमा भएका दुई छुट्टाछुट्टै वम आक्रमणमा परी कम्तीमा ४६ जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन् । दुवै आक्रमणको जिम्मेवारी तालिवान समूहले लिएको छ । देशको उत्तरी क्षेत्र पर्वानमा स्थानीय समय अनुसार विहान ११ बजेर ४० मिनेटमा गराइएको विस्फोटमा २४ जनाको मृत्यु भएको थियो भने र यसको केहीबेर (करिब एक घण्टा)पछि […]
जन्मदिन मनाउन प्रधानमन्त्री मोदी गान्धीनगरमा
गान्धीनगर, गुजरात, ३१ भदौ । प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो ६९ औँ जन्मदिनका अवसरमा आशिर्वाद ग्रहण गर्न मङ्गलबार गान्धीनगर पुग्नुभएको छ । आफ्नो विशेष दिनका अवसरमा भारतीय प्रधानमन्त्री मोदीले आफ्नी आमा हिराबेन मोदीबाट आशिर्वाद लिनुभएको थियो । उहाँले बूढी आमासँगै बसेर गुजुराती थालीमा भोजनसमेत गरेको तस्वीर भारतीय सञ्चारमाध्यमहरूले छापेका छन् । भारतीय जनता पार्टीले निर्वाचनमा पाएको […]
चुनावी अभियानलाई लक्षित गरी गराइएको विस्फोटमा २४ को मृत्यु
काबुल, अफगानिस्तान, ३१ भदौ । अफगानिस्तानका राष्ट्रपति असरफ घानीको चुनावी अभियान प्रभावित गर्ने लक्षका साथ गराइएको विस्फोटमा कम्तीमा २४ जनाको मृत्यु भएको अधिकारीहरूले जनाएका छन् । मङ्गलबार स्थानीय अस्पताल स्रोतले पारवान प्रान्तको मध्यभागमा भएको घटनामा २४ जनाको मृत्यु भएको र ३२ जना घाइते भएका पुष्टि गरेको छ । पारवान अस्पतालका निर्देशक डा अब्दुल कासिम साङ्गीनले […]
सोलोमन द्वीपले ताइवानसँगको कुटनीतिक सम्बन्ध तोड्यो
वेलिङ्टन, न्यूजील्याण्ड । प्रशान्त महासागरीय मुलुक सोलोमन द्वीपले ताइवानसँगको कुटनीतिक सम्बन्ध तोडेको घोषणा गरेको छ । प्रशान्त महासागर क्षेत्रमा सोलोमन द्वीप ताइबानको सबैभन्दा ठूलो गठबन्धन मुलुक थियो ।सोलोमनले आफ्नो कुटनीतिक सम्बन्ध चीनसँग जोडेको छ । विज्ञहरुका अनुसार प्रशान्त महासागर क्षेत्रका अरु मुलुकले पनि ताइवानसँगको कुटनीतिक सम्बन्ध तोड्ने सम्भावना छ । सोलोमनको पछिल्लो निर्णयले ताइबान मात्र […]
इजरायलमा संसदका लागि मतदान शुरु
जेरुसलेम, ३१ भदौ । इजरायलमा संसदका लागि मंगलबार बिहानैदेखि मतदान शुरु भएको छ । प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको सरकार अल्पमतमा परेपछि इजरायलमा एकै वर्षभित्र दोस्रो पटक संसदका लागि आमनिर्वाचन हुन लागेको हो । इजरायलको इतिहासमा सबैभन्दा लामो अवधिसम्म नेतान्याहु प्रधानमन्त्रीको पदमा छन । भ्रष्टाचार र प्यालेस्टाइन मामिलामा विवादास्पद देखिनु भएका नेतान्याहु फेरि पनि चुनावमा विजयी हुने […]
बेलायती प्रधानमन्त्री र इयु अध्यक्षबीच ब्रेजिक्ट वार्ता तीव्र पार्ने सहमति
लण्डन, ३० भदौ । बेलायती प्रधानमन्त्री बोरिस जोनसन र युरोपेली संघका अध्यक्ष जेन क्लाउड यङ्करबीच ब्रेजिक्ट वार्ता तीव्र पार्ने सहमति भएको छ । बेलायती प्रधानमन्त्रीको कार्यालय डाउनिङ स्ट्रीटले सोमबार दिएको जानकारी अनुसार उहाँहरूले दैनिक वार्ता गर्नुपर्ने आवश्यकतामा जोड दिनुभएको छ । प्रधानमन्त्रीको कार्यालयले भनेको छ, “ब्रेजिक्टसम्वन्धी छलफललाई तीव्रताका साथ अगाडि बढाउनु पर्ने र त्यसका लागि […]
अल्दीले बेलायतमा पाँच हजार रोजगारी सिर्जना
लण्डन, ३० भदौ । जर्मनीको प्रसिद्ध सुपरमार्केट कम्पनी अल्दीले आगामी दुई बर्षमा १०० भन्दा बढी सुपरमार्केट बजार विस्तार गर्ने सोमबार बताएको छ । यसबाट बेलायतमा पाँच हजार रोजगारीका अवसर थप हुने उक्त कम्पनीले जनाएको छ । उक्त कम्पनीले हाल सञ्चालनमा रहेका ८४० सुपरमार्केटलाई सन् २०२५ को अन्त्यसम्ममा एक हजार २०० पु¥याउने पनि बताएको छ । […]
चिनियाँ प्रधानमन्त्री औपचारिक भ्रमणका लागि रुसमा
सेन्ट पिटर्सवर्ग, ३० भदौ । चीनका प्रधानमन्त्री लि खछ्याङ् सोमबार रूसको सेन्ट पिटर्सवर्ग आइपुग्नु भएको छ । तीन दिने औपचारिक भ्रमणका लागि उहाँ रुस आउनु भएको रुसी परराष्ट्र मन्त्रालयको श्रोतले जनाएको छ । दुई देशको दौत्य सम्बन्धको ७०औँ बार्षिकोत्सवको अवसर पारेर उहाँले रूसको भ्रमण गर्नु भएको बताइएको छ । चिनियाँ उपविदेश मन्त्री लि युचङले रुस […]
म्यानमारमा अझैपनि छ लाख रोहिङ्ग्या, गम्भीर जातीयसंहारको खतरा
याङ्गुन, ३० भदौ । रोहिङ्ग्या मुसलमान समुदायका व्यक्तिहरूमाथि म्यानमारमा अझै पनि जातीयसंहारको खतरा रहेको संयुक्त राष्ट्रसंघले जनाएको छ । राष्ट्रसंघीय अनुसन्धानकर्ताहरूले सोमबार दिएको जानकारी अनुसार देशबाट बाहिरनु पर्ने अवस्था फेरि दोहोरिन सक्ने सम्भावना अझैपनि रहेको छ । सत्यतथ्य पत्ता लगाउन म्यानमार आएको राष्ट्रसंघको मानवअधिकार परिषद्द्वारा गठित टोलीले सन् २०१७ मा सेनाले गराएको “जातीयसंहार” को पनि […]











