संयुक्त राष्ट्र संघका महासचिवद्वारा चीनको प्रसंशा

बेइजिङ, ४ असोज । संयुक्त राष्ट्रसंघका महासचिव एन्टेनियो गुटेरेसले संयुक्त राष्ट्र संघका कामहरूको अभिन्न अङ्ग बन्दै आएकोमा चीनको प्रसंशा गर्नुभएको छ ।

चीनले बहुपक्षीयतावादको खम्बा रहेर विश्व समुदायबीच मुख्य भूमिका निर्वाह गरिरहेको सत्तरीऔं वार्षिकोत्सव राष्ट्रिय दिवसका अवसरमा आयोजित एक कार्यक्रममा शुभकामना दिँदै उहाँले पठाएको एक सन्देशमा बताउनुभएको छ । चीन र संयुक्त राष्ट्र संघले सधैं झैँ हाल पनि विश्वव्यापी विभिन्न समस्याको सामना गर्दै आएको उहाँले बधाई सन्देशमा उल्लेख गर्नुभएको छ ।

दिगो विकास लक्ष्यको व्यवहारिक कार्यान्वयनमा चीनले नेतृत्वदायी भूमिका निर्वाह गरेको औंल्याउँदै महासचिव गुटेरेसले संयुक्त राष्ट्र संघले दिगो विकासलाई अघि बढाउन चीनले प्रदान गरेको राजनैतिक र वित्तीय समर्थनप्रति धन्यवाद ज्ञापन गर्नुभएको छ ।

संयुक्त राष्ट्र सङ्घले शान्ति र सुरक्षा, मानवअधिकार तथा विकास क्षेत्रमा रहेका चुनौतीको सामना गर्ने क्रममा चीनले दिएको दृढ समर्थनप्रति पनि धन्यवाद व्यक्त गर्दै उहाँले चीनले अझ विशाल उपलब्धी हासिल गरोस् भन्ने शुभकामना दिनुभयो ।

Loading...