वाशिङटन, १ असोज । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार नयाँ राष्ट्रिय सुरक्षा सल्लाहकार नियुक्त गर्नुभएको छ । केहीदिन अगाडि तत्कालीन सुरक्षा सल्लाहकारलाई हटाएपछि खाली भएको ठाउँमा राष्ट्रपति ट्रम्पले रोबर्ट ओब्राएनलाई नियुक्त गर्नुभएको हो । “मैले रोबर्टसँग लामो समय कडा काम गरेको छु, आशा छ अहिले पनि उहाँले आफ्नो जिम्मेवारी राम्रोसँग पूरा गर्नुुहुनेछ,” रोबर्टलाई नियुक्त गरेपछि […]
विश्व
राष्ट्रसङ्घीय महासभामा इरान सहभागी नहुने सम्भावना
तेहरान, १ असोज । इरानका राष्ट्रपति हसन रौहानी र विदेश मन्त्री जावाद जारिफ संयुक्त राष्ट्रसङ्घीय महासभामा सहभागी नहुने सम्भावना देखिएको छ । राष्ट्रसङ्घीय वार्षिकसभामा सहभागी हुनेगरी उहाँहरूले अहिलेसम्म पनि कुनै प्रक्रिया अगाडि नबढाएको इरानी सञ्चारमाध्यमहरूले बुधबार जनाएका छन् । “विदेश मन्त्री मोहम्मद जावाद जारिफ आगामी शुक्रबार सेप्टेम्बर २० तारिखका दिन र राष्ट्रपति हसन रौहानी सेप्टेम्बर […]
विद्यालयमा भएको आगलागीमा परी २८ को मृत्यु
मोनरोबिया, १ असोज । लाइबेरियाको राजधानी मोनरोबिया नजिकै भएको आगलागीमा परी कम्तीमा २८ जनाको मृत्यु भएको छ । विद्यालयमा भएको सो घटनामा परी मृत्यु भएका मध्ये २६ जना बालबालिका रहेको अधिकारीहरूले बुधबार जनाएका छन् । आपत्कालीन सेवाका कर्मचारीहरूले दिएको जानकारीअनुसार मङ्गलबार राति घटना भएको हो । आगलागी भएको ठाउँमा ३० विद्यार्थी रहेका थिए । उनीहरू […]
भारतमा विद्युतीय चुरोट प्रतिबन्ध लगाउने निर्णय
नयाँ दिल्ली, १ असोज । भारतको केन्द्रीय सरकारले देशभरी विद्युतीय चुरोट प्रतिबन्ध लगाउने निर्णय गरेको छ । मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले विद्युतीय चुरोट प्रतिबन्ध लगाउने प्रस्ताव पारित गरेको मन्त्रीहरूले जानकारी दिएका छन् । निर्णयका बारेमा बैठकपछि पत्रकारहरूलाई जानकारी दिँदै अर्थमन्त्री निर्मला सीतारमणले नागरिकको स्वास्थ्य हितलाई ध्यानमा राखेर विद्युतीय चुरोट प्रतिवन्धको प्रस्ताव पारित गरिएको बताउनुभयो । […]
सोमालियामा १३ जना अल–शबाबका लडाकू मारिए
मोगादिसु, १ असोज । सोमालियाको सुरक्षाफौजको कारबाहीमा दक्षिणी सोमालियामा मंगलबार १३ जना अल–शबाबका लडाकू मारिएका छन् । जुब्बाल्यान्डमा तैनाथ सेनाका प्रवक्ता अब्दी नुर इब्राहिम हुस्सेनले दक्षिणी सोमालियाको जमामे नगर आसपासका क्षेत्रमा अल–शबाब विरुद्ध सुरक्षाफौजले भिषण कारबाही गरेको जानकारी दिए। उनले विद्रोहीतर्फ अरु क्षति भएको बताउँदै नगर क्षेत्रमा अखडा बनाएर बसेका उनीहरुलाई अन्यत्र धपाएको दाबी गरे […]
तालिबानको विस्फोटमा परी ४८ को मृत्यु
काबुल, १ असोज । अफगानिस्तानमा मङ्गलबार भएको दुई वटा विस्फोटमा परी कम्तीमा ४८ जनाको मृत्यु भएको छ । राष्ट्रपति असरफ घानीको चुनावी अभियान प्रभावित गर्ने हिसाबले भएका यी विस्फोटमा कम्तीमा ४८ जनाको मृत्यु भएको अधिकारीहरूले जनाएका छन् । पारवान प्रान्तको मध्यभागमा भएको यस घटनामा २४ जनाको मृत्यु हुनुको साथै अरु ३२ जना घाइते भएका पुष्टि […]
एक प्यालेस्टाइनी महिलाको हत्या
जेरुसेलम, १ असोज । जेरुसेलम र पश्चिमी किनाराको बीचमा रहेको एक प्रहरीचौकी परिसरमा एक महिलाको छुरा प्रहार गरी हत्या भएको छ । कलान्डिया जाँचचौकी नजिकै ती महिलामाथि छुरा प्रहार भएको थियो । पछि ती व्यक्ति पनि प्रहरीले गरेको कारबाहीमा मारिएमा छन् । छुरा प्रहार गर्ने अज्ञात ती व्यक्तिको खोजीका क्रममा प्रहरीको गोलीबाट मृत्यु भएको प्रहरी […]
जापानमा डुङ्गा दुर्घटना
टोकियो। १ असोज जापानको उत्तरी भेगको समुद्री क्षेत्रमा माछा मार्ने डुङ्गा दुर्घटना हुँदा एक व्यक्तिको मृत्यु भएको उद्धारकर्ताहरुले जनाएका छन् । दुर्घटनाग्रस्त उक्त डुङ्गामा रहेका अरु सात जना बेपत्ता छन् । किमीमारु नाम गरेको २९ टन वजनको उक्त डुङ्गामा माछा मार्ने आठ व्यक्ति सवार थिए । तटीय सुरक्षाकर्मीका अनुसार होक्काइडोको तटीय क्षेत्रबाट करिब ६४० किलोमिटर […]
अमेरिकासँग वार्ताका लागि तालिबान खुला
काबुल, १ भदौ । अफगानिस्तानका विद्रोही तालिबान समूहका मुख्य मध्यस्थकर्ताले संयुक्तराज्य अमेरिकासँग “वार्ताको ढोका” अझै खुला रहेको बताए । युद्धग्रस्त मुलुक अफगानिस्तानमा मंगलबार दुईवटा भिषण बम हमला गरिएको केही घण्टा नबित्दै तालिबानका तर्फबाट उक्त भनाई सार्वजनिक भएको हो । तालिबान समूहले जिम्मेवारी लिएका दुईवटा चुनावी र्याली लक्षित आत्मघाती बम आक्रमणमा कम्तीमा ४८ जनाको मृत्यु हुनुका […]
चीन र अमेरिकासँगको व्यापारमा मन्दी आएसँगै जापानको निर्यात घट्यो
टोकियो, १ असोज । जापानको निर्यात अघिल्लो वर्षको तुलनामा गत अगष्ट महिनामा १२ प्रतिशतले घटेको छ । संयुक्तराज्य अमेरिका र चीनबीच जारी व्यापार तनाब र करवृद्धिका कारण जापानको निर्यात प्रभावित भएको विश्लेषकहरुले बताएका छन् । जापानी सामानको प्रमुख बजार चीन र अमेरिका नै रहेकाले पनि जापानको निर्यातमा असर परेको हो । जापानका मेसिनरी, सवारी साधन […]










