दक्षिण अफ्रिकामा हिंसा, ७५५ विदेशीलाई सुरक्षित स्थलमा राखियो

जोहानेसबर्ग, २५ भदौ । दक्षिण अफ्रिकामा हालै भड्किएको हिंसाका कारण असुरक्षित महसुस गरेका विदेशी एवं आप्रवासी नागरिकलाई सुरक्षित स्थलमा राखिएको दक्षिण अफ्रिकी सरकारले जनाएको छ । पछिल्लो समय दक्षिण अफ्रिकाका विभिन्न शहरमा विदेशी एवं आप्रवासी नागरिक र स्थानीयबीच हिंसा भडकिएको छ । विदेशीका कारण आफ्नो रोजगार गुमेको भन्दै स्थानीयले विदेशी नागरिकका व्यवसायमाथि तोडफोड र आक्रमण […]

जापानको मन्त्रिपरिषदमा हेरफेर, विदेशमन्त्रीमा मोटेगी नियुक्त

जापानका प्रधानमन्त्री शिन्जो आबेले बुधबार मन्त्रिपरिषद हेरफेर गरेको छ । उनले नयाँ विदेश र रक्षामन्त्रीमा नयाँ व्यक्तिलाई नियुक्त गरेका छन । लोकप्रिय र उदाउँदो राजनीतिक व्यक्तित्वलाई बढुवा दिएको विज्ञहरुले निष्कर्ष निकालेका छन् । पूर्व प्रधानमन्त्री जुनिचिरो कोइजुमीका छोरा ३८ वर्षीय शिन्जिरो कोइजुमीलाई वातावरण मन्त्रीको रुपमा नियुक्त गरिएको छ । शिन्जिरो दोस्रो विश्वयुद्धको अन्त्य भएदेखि जापानको […]

कारबाहीमा तीस लडाकू मारिए

तालुकान, अफगानिस्तान , २५ भदौ । अफगानिस्तानको उत्तरी प्रान्त तखारमा भएको हवाई कारबाहीमा परी ३० तालिबान लडाकू मारिएका स्थानीय स्रोतले बुधबार जानकारी दिएका छन् ।  ख्वाजा बहाउद्दीन जिल्लाको बाहिरी इलाकामा उक्त हवाई कारबाही भएको थियो । सो कारबाहीमा परी कम्तीमा ३० लडाकू मारिनुको साथै अन्य कैयौ घाइते भएको अफगान सेनाका अधिकारी अब्दुल खलिल खलीलीले सिन्ह्वा […]

अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार बोल्टन बर्खास्त

वासिङ्टन, २५ भदौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रिय सुरक्षा सल्लाहकार जोन बोल्टनलाई मङ्गलबार पदबाट बर्खास्त गरे । अमेरिकाको प्रत्यक्ष संलग्नता रहेका अफगानिस्तान, उत्तर कोरिया र अरु सङ्कटग्रस्त स्थानका समस्या सुल्झाउन बोल्टन बाधक बन्दै गएको ह्वाइट हाउसको ठम्याई छ । बोल्टनका नीतिसँग आफू असहमत रहेको भनाई राख्दै राष्ट्रपति ट्रम्पले ट्वीटमा भने, “मैले जोनलाई राजिनामा दिन […]

अलिबाबाको अध्यक्षबाट ज्याक माले दिए राजिनामा

बेइजिङ । विश्वकै सर्वाधिक ठूलो इ–कमर्श कम्पनी अलिबाबा समूहका संस्थापक ज्याक माले कम्पनीको अध्यक्षको पदबाट मंगलबार राजिनामा दिएका छन् । अमेरिका–चीन करयुद्धका कारण व्यवसाय नै संकटमा पर्न लागेको अवस्थामा संस्थापक ज्याकले एकाएक राजिनामा दिएका हुन् । चीनमा स्थापित यस अनलाइनले विश्वमै इ–कमर्शका क्षेत्रमा प्रभाव सिर्जना गरेको छ । चीनकै एकजना सर्वाधिक धनी व्यक्तिको सूचीमा रहेका […]

दक्षिण कोरियाली आणविक दूत चीन जाने

सियोल, २५ भदौ । दक्षिण कोरियाली एकजना आणविक दूत चीन भ्रमणमा जान लागेका छन । मङ्गलबार मात्र उत्तर कोरियाले दुई वटा साना क्षेप्यास्त्र परीक्षण गरेको समाचार आएको भोलिपल्टै दक्षिण कोरियाली आणविक दूतले चीन भ्रमण गर्ने दक्षिण कोरियाली विदेश मन्त्रालयले बुधबार जनाएको छ । मन्त्रालयका अनुसार कोरियाली प्रायःद्वीपका लागि दक्षिण कोरियाली उच्च आणविक दूत लि दु […]

डोरियन आँधीबाट बहमास भग्नावशेषमा परिणत, स्थानीयबासीको संघर्ष जारी

नसाउ, बहमास, २३ भदौ . संयुक्तराज्य अमेरिकाको बहमास द्वीपलाई केन्द्रविन्दु पारेर आएको डोरियन आँधीले बहमासलाई तहसनहस बनाएको छ । स्थानीयबासीहरु भग्नावशेषका बीचमा जनजीवनलाई सामान्य तुल्याउन सङ्घर्षरत रहेका छन् । समुद्रको छाल र भीषण वर्षासहित आएको डोरियन आँधीले अस्तव्यस्त तुल्याएको यहाँको जनजीवन अझै पनि असामान्य रहेको छ । बहमासका प्रधानमन्त्री हुबर्ट मिन्निसले गत सोमबार बहमास द्वीपका […]

हवाई आक्रमणमा परी १८ जनाको मृत्यु

बेरुत, २३ भदौ . पूर्वी सिरियामा इरान समर्थक सेना र नागरिक सेना आखाडालक्षित भएको हवाई आक्रमणमा परी १८ लडाकू मारिएका सिरियामा जारी द्वन्द्वलाई निरीक्षण गरिरहेका मानव अधिकारवादी समूहले जानकारी दिएको छ । इराकको सिमानानजिकै अल–बुकामाल सो आक्रमण भएको बेलयतसँगआवद्ध सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सले जानकारी दिएको छ । यस समाचारको विस्तृत विवरण भने प्राप्त भएको […]

चीनका राष्ट्रपतिद्वारा बधाइ

बेइजिङ, २३ भदौ । उत्तर कोरियाको स्थापना दिवसको उपलक्ष्यमा चिनियाँ राष्ट्रपति सी चिनपिङले उत्तर कोरियाली नेता किम जोङ अनलाई सोमबार बधाई दिनु भएको छ । उत्तर कोरियाको ७१ औं स्थापना दिवसको उपलक्ष्यका सीले बधाई दिनु भएको हो । चिनियाँ कम्युनिष्ट पार्र्टी (सिपिपी) केन्द्रीय कमिटीका महासचिव पनि रहनु भएका सीले किमलाई दिएको आफ्नो सन्देशमा चिनियाँ सरकार […]

एटिएम मेसिनमा घुसेर मुसाले १२ लाख भन्दा बढी नोट टुक्रा–टुक्रा पारे

एजेन्सी। एटिएम मेसिनमा घुसेका मुसाले त्यसमा रहेका १२ लाख भारु भन्दा बढी पैसा टुक्रा टुक्रा पारेका छन् । लामो समय देखि बिग्रेर बसेको एटिएम मेसिनमा मुसाले यस्तो चर्तिकला गरेका हुन् । बिग्रिएको एटिएम मेसिन बनाउन पुगेका प्राविधिक टोलिले मेसिन खोलेर हेर्दा यस्तो देखेका थिए । अहिले सो घटना सोशल मिडियामा भाइरल बनेको छ । सार्वजनिक […]