रियाद ९ असोज । केही समयअघि आफ्नो तेल प्रशोधन उद्योगमा आक्रमण भएपछि साउदी अरबले त्यसको प्रतिउत्तरमा आफूसँग सैनिक कारबाहीसहित अन्य सबै विकल्प भएको चेतावनी दिएको छ ।
तर सबै पक्षले युद्ध टार्न खोजिरहेको साउदी विदेश मन्त्रालयका प्रवक्ता अदेल अल जुबैरले अन्तर्राष्ट्रिय समाचार समितिलाई बताउनु भएको छ ।
अमेरिका र साउदी अरबले ती आक्रमणमा इरानको संलग्नता भएको दाबी गर्दै आएका छन ।
साउदी अरबमा उत्पादन हुने करिब आधा जति नै प्रभावित हुनेगरी भएका आक्रमणमा इरानको संलग्नताबाहेक अरू विश्वसनीय आधार नदेखिएको यी दुई देशले बताएका छन् ।