पोर्टो रिकोमा भूकम्प

सान जुआन, ७ असोज । क्यारेबियन राष्ट्र पोर्टो रिकोमा मंगलबार अबेर राति ६ म्याग्नीच्यूडको निकै शक्तिशाली भूकम्प गरेको छ । अमेरिकी भूगर्भ केन्द्रका अनुसार पोर्टो रिकोको उत्तर पश्चिम तटीय क्षेत्रमा भूकम्प गएको थियो । जमिनको सतहबाट करिब १० किलोमिटर गहिराईमा भूकम्प गएका कारण स्थानीयबासीहरु त्रसित भएर सडकमा निस्किएका थिए । पहिलो भूकम्प लगत्तै ४.७ र […]

डोनल्ड ट्रम्प: फोनवार्ताले निम्त्यायो विवाद, महाभियोगको ‘आधार बन्न सक्ने’

संयुक्त राज्य अमेरिकाको एउटा शक्तिशाली संसदीय समितिका अध्यक्षले युक्रेनी समकक्षीसँग राष्ट्रपति डोनल्ड ट्रम्पले गरेको टेलिफोन कुराकानीको विषय उनीमाथि महाभियोग लगाउने आधार बन्न सक्ने बताएका छन्। हाउस अफ रिप्रिजेन्टटिभको गुप्तचरीसम्बन्धी समितिको नेतृत्व गर्ने एडम शिफले सीएनएनसँग कुरा गर्दै उक्त कुरा बताएका हुन्। संसदीय समितिका अध्यक्ष शिफका अनुसार यदि राष्ट्रपति ट्रम्पले विपक्षी नेतामाथि हिलो छ्याप्न कुनै विदेशी […]

साउथ क्यारोलिनास्थित रात्रिक्लवमा गोली चल्दा दुईको मृत्यु नौ जना घाइते

वासिङ्टन, ४ असोज । अमेरिकी राज्य साउथ क्यारोलिनामा शनिबार राति गोली चल्दा कम्तीमा दुई जनाको मृत्यु भएको अमेरिकी अधिकारीले बताएका छन् । स्थानीय समय अनुसार रातको २ बजेर ४५ मिनेटको समयमासाउथ क्यारोलिनाको लानकाष्टरस्थित हाइवे ५२१ सडक नजिकै रहेको वल्ड स्कूल स्पोर्ट्स बार र ग्रिल अन वल्ड चार्लोटीमा आपसी विवादपछि गोली चलेको प्रारम्भिक रिपोर्ट छ । […]

जलवायु संरक्षणका लागि पेरिसमा भएको प्रदर्शन झडपपछि स्थगित

पेरिस, ४ असोज । फ्रान्सको राजधानी पेरिसमा जलवायु संरक्षणका लागि गरिएको शनिबारको प्रदर्शनमा झडप भएपछि तत्कालका लागि प्रदर्शन स्थगित गरिएको छ । फ्रान्सेली सुधारवादी प्रदर्शनकारीका अनुसार प्रदर्शनमा घुसपैठ हुँदा प्रहरी र प्रदर्शनकारीबीच झडप भएपछि आन्दोलनका सबै कार्यक्रम तत्कालका लागि रोकिएका छन् । “शान्तिपूर्ण आन्दोलनमा घुसपैठ भएपछि थप जोखिमहरू आउनसक्ने कुरालाई मध्यनजर राख्दै जलवायु संरक्षणका लागि […]

संयुक्त राष्ट्र संघका महासचिवद्वारा चीनको प्रसंशा

बेइजिङ, ४ असोज । संयुक्त राष्ट्रसंघका महासचिव एन्टेनियो गुटेरेसले संयुक्त राष्ट्र संघका कामहरूको अभिन्न अङ्ग बन्दै आएकोमा चीनको प्रसंशा गर्नुभएको छ । चीनले बहुपक्षीयतावादको खम्बा रहेर विश्व समुदायबीच मुख्य भूमिका निर्वाह गरिरहेको सत्तरीऔं वार्षिकोत्सव राष्ट्रिय दिवसका अवसरमा आयोजित एक कार्यक्रममा शुभकामना दिँदै उहाँले पठाएको एक सन्देशमा बताउनुभएको छ । चीन र संयुक्त राष्ट्र संघले सधैं […]

थप बल्झिँदै अमेरिका–इरान विवाद

काठमाडौं, ४ असोज । पछिल्लो समय अमेरिकाले इरान, यहाँका सर्वोच्च नेता आयातोल्लाह अलि खामेनी, दर्जनौँ उच्च पदस्थ नेता तथा सैनिक अधिकारी, इरानी तेल कम्पनी र पछिल्लो समय इरानी केन्द्रीय बैंकलगायतमा प्रतिबन्धको घोषणा गरेको छ । त्यस्तै इरानले पनि आफ्नो सामुद्रिक क्षेत्र भएर विश्वका विभिन्न मुलुकहरूमा जाने पेट्रोलियम पदार्थको आपूर्तिलाई सहज छिर्न नदिने रणनीति लिएको छ […]

फेसबुकद्वारा दशौँ हजार एप्स निलम्बन

मेन्लो पार्क, अमेरिका, ४ असोज । सामाजिक सञ्जाल फेसबुकले दशौँ हजार एप्सलाई निलम्बन गरिदिएको छ । सन् २०१८ मार्चको केम्ब्रिजको विश्लेषणात्मक तथ्याङ्कका कारण फेसबुकले अध्ययनका लागि ती एप्सलाई निलम्बन गरेको कम्पनीले शुक्रबार जनाएको छ । निलम्बनमा परेका एप्समध्ये झण्डै चार सय ओटा निर्माता छन् । आफ्ना प्रयोगकर्तासँग सम्बन्धित विवरणहरु चोरी हुनेगरी भएको क्याम्ब्रीज काण्डपछि फेसबुकले […]

बेलायतमा हुवावेको तालिम केन्द्र

बर्मिङघम, ४ असोज । चीनको विशाल प्रविधि कम्पनी हुवावेले बेलायतको बर्मिङघममा ५जी तालिम केन्द्र स्थापना गरेको छ । उक्त केन्द्रमार्फत बेलायतमा ५जीसँग सम्बन्धित सूचना एवं सञ्चार प्रविधिका बारेमा तालिम प्रदान गरिनेछ । केन्द्रमा एक पटकमा २० जनालाई तालिम दिन सकिनेछ । प्रत्येक तालिमका प्रशिक्षार्थीलाई पाँच दिनको तालिम दिइने र यसमा ५जी प्रविधि, आधुनिक नेटवर्क इन्जिनियरिङका […]

अमेरिकामा चिनियाँ भाषी चार पर्यटकको मृत्यु

लस एन्जलस, ४ असोज । अमेरिकामा चिनियाँ भाषा बोल्ने चार पर्यटकको मृत्यु भएको छ । अमेरिकाको ब्रायस कन्योन नेसनल पार्क नजिकै उनीहरु चढेको बस शुक्रबार दुर्घटनाग्रस्त भएको थियो । राजमार्ग गस्ती टोलीका अनुसार दुर्घटना भएको बसमा ३० जना यात्रु रहेका थिए । टोलीले चार जनाको मृत्यु भएको र अरु १२ देखि १५ जना गम्भीर घाइते […]

खाडी क्षेत्रमा अमेरिकी सैनिक संख्या बढाउने ट्रम्पको घोषणा

वासिङ्टन, ४ असोज । संयुक्तराज्य अमेरिकाले खाडी क्षेत्रमा थप सैनिक पठाउने शुक्रबार घोषणा गरेको छ । साउदी अरेबियाका महत्वपूर्ण तेल प्रशोधन केन्द्रहरुमा आक्रमण भएपछि अमेरिकाले उक्त कदम चाल्न लागेको हो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि थप प्रतिबन्धको घोषणा गरेको केही घण्टा नबित्दै सैनिक संख्या बढाउने निर्णय सार्वजनिक भएको हो । अमेरिकाले साउदी अरेबियाका तेल […]