राष्ट्रपतिका लागि रोमानीयामा १४ जना उम्मेदवार

बुचरेस्ट, ११ असोज । रोमानीयाको राष्ट्रपति पदका लागि शुक्रबारसम्ममा १४ जनाले उम्मेदवारी दिएका छन् । केन्द्रीय निर्वाचन विभागले शुक्रबार दिएको जानकारी अनुसार १४ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

उम्मेद्वारी दर्ता गराउनेमा वर्तमान राष्ट्रपति क्युस इओहान्नीस र प्रधानमन्त्री मिनिस्टर भिओरिका डान्सीला पनि छन् । रोमानीयामा यही आउदो १० नोभेम्बर २०१९ मा राष्ट्रपति चयनका लागि मतदान हुने तय भएको छ ।

पहिलो चरणबाट एउटै उम्मेदवारले बहुमत ल्याउन नसकेमा पहिलो चरणको मतदानबाट छानिएका दुई उम्मेदवारकाबीचमा २४ नोभेम्बरमा प्रतिश्पर्धा हुने निर्वाचन विभागले जनाएको छ ।

उम्मेदवारी दर्ता गर्नु भन्दा अगाडीका केहीदिनसम्म २० जना भन्दा बढीले राष्ट्रपति पदका लागि प्रतिश्पर्धा गर्ने बताएका थिए ।

उम्मेदवार बन्नका लागि दुई हजार जनाको हस्ताक्षर चाहिने भएकाले कतिपयले हस्ताक्षर पु¥याउन नसकेर उम्मेदवारी दिन नपाएको बताइएको छ । वर्तमान राष्ट्रपति सन् २०१४ मा पहिलो पटक निर्वाचित हुनुभएको हो ।

राष्ट्रपतीय निर्वाचनका लागि अक्टोबर १२ तारिखदेखि औपचारिक रुपमा प्रचारप्रसार सुरु हुने तय भएको छ । रोमानीयाको राष्ट्रपतिको कार्यकाल पाँच वर्षको हुने व्यवस्था छ ।

Loading...