टर्कीमा बम विस्फोटन

अंकारा, ८ असोज । टर्कीको अडाना प्रान्तमा सडक किनारामा थापिएको बम बुधबार विस्फोट हुँदा पाँच जना घाइते भएका छन् । प्रहरीका अनुसार प्रहरी बोकेको एउटा बस बम आक्रमणमा परेको हो । प्रान्तका गभर्नर महमुत डेमिर्टासले अडानमा भएको विस्फोटका बारेमा छानबिन शुरु भइसकेको जानकारी दिए । उनले घाइते भएकाहरुमा एक जना प्रहरी अधिकृत रहेको जानकारी दिँदै […]

अमेरिका र इरानलाई वार्तामा बस्न फ्रान्सेली राष्ट्रपतिको आग्रह

संयुक्त राष्ट्रसंघ, ८ असोज । फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोले संयुक्त राज्य अमेरिका र इरानलाई वार्तामा बस्न आग्रह गरे । उनले यी दुवै देशलाई वार्तामा बस्ने समय भइसकेको बताए । उनले भने– मलाई विश्वास छ आणविक सम्झौताका विषयमा अब अमेरिका र इरानले टेबलमा बसेर विवाद सुल्झाउनुपर्छ र यस सम्झौताका हस्ताक्षरकर्ता राष्ट्रहरुसँग बसेर छलफल गर्नुपर्छ । सन् […]

अल्जेरियाली अदालतद्वारा पूर्वराष्ट्रपतिका भाइलाई १५ वर्षको जेल सजाय

अल्जियर्स, ८ असोज । अल्जेरियाको सैनिक अदालतले पूर्व राष्ट्रपति अब्देलाजिज बौतेलिफाका भाइलाई १५ वर्षको जेल सजाय दिएको छ । सन् २०१३ मा राष्ट्रपति बौतेलिफालाई हृदयाघात भएर सख्त बिरामी भएपछि उनका भाइ सइद बौतेलिफाले राज्यका सम्पूर्ण कामकारबाही सम्हालेका थिए । सइद बौतेलिफा सहित गुप्तचर निकायका दुई जना पूर्व प्रमुखलाई सुनुवाईका लागि सोमबार सैनिक अदालतमा पेश गरिएको […]

हवाई कारबाहीमा तीस आतङ्ककारी मारिए

फैजाबाद, ७ असोज । अफगानिसतानको उत्तरी प्रान्त बादख्शानको राघिस्तान जिल्लामा तालिबान लडाकू समूह लुकेर बसेका स्थानलाई लक्ष्यगरी गरिएको हवाई कारबाहीमा परी कम्तीमा ३० लडाकू माएिका प्रान्तीय सरकारका प्रवक्ता निक मोहमद नाजिरले मङ्गलबार जानकारी दिए । सो हवाई कारबाहीमा तालिबान लडाकू समूह लुकेर बसेका तीन ओटा बासस्थानमा र हातहतियार ध्वस्त भएको जनाइएको छ । विगत दुई […]

इन्डोनेसिया हिंसामा २४ को मृत्यु

जकार्ता,७ असोज । इन्डोनेसियाको तनावग्रस्त पपुवा क्षेत्रमा सोमबार भड्किएको हिंसाका कारण मृत्यु हुने व्यक्तिको सङ्ख्या २४ जनाको पुगेको यहाँका अधिकारीहरूले बताएका छन् । उक्त घटनामा अन्य ७२ जना घाइते भएका सेनाका प्रवक्ता कर्नेल एको दारियान्तोले बताउनु भएको छ । अधिकारीका अनुसार आन्दोलनरत समूहले शहरका भवनहरूमा आगजनी गरेपछि कैयौँ व्यक्तिको भवनभित्र आगोले जलेर ज्यान गएको थियो […]

हवाई कारबाहीमा नौ तालिबान लडाकू मारिए

 कलात, ७ असोज, अफगानिस्तानको दक्षिण प्रान्त जाबुलमा सोमबार तालिबान लडाकूविरुद्ध भएको नेटोआवद्ध संयुक्त सेनाले गरेको हवाई कारबाहीमा परी नौ तालिबान लडाकू मारिएका स्थानीय स्रोतले मङ्गलबार जनाएको छ । कलात प्रान्तको प्रान्तीय राजधानी कलात शहरको ओमकाई इलाकामा तालिबान लडाकूको अखाडालाई लक्षित गरी सो हवाई कारबाही भएको बताइएको छ । गुप्तचर निकायको सहयोगमा नेटोआवद्ध संयुक्त सेनाले सो […]

अल्जेरियाको अस्पतालमा आगलागी, आठ नवजात शिशुको मृत्यु

 अल्जियर्स, ७ असोज, अल्जेरियाको पूर्वी भागमा मङ्गलबार बिहान सबेरै एक अस्पतालको प्रसूति इकाइतर्फ भएको आगलागीमा परी आठ नवजात शिशुको मृत्यु भएको आकस्मिक सेवाले जनाएको छ । राजधानी अल्जियर्सबाट करिब ५ सय किलोमिटर टाढा रहेको ओयुड सोउफमा रहेको यस अस्पतालमा स्थानीय समयानुसार बिहान ३ः५० बजे सो आगलागी भएको जनाइएको छ । अस्पतालबाट ११ नवजात शिशु, १ […]

इरानी राष्ट्रपतिसँगको भेटघाट टुङ्गो लागेको छैन: ट्रम्प

संयुक्तराष्ट्र संघ, ७ असोज । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी साता संयुक्तराष्ट्र संघ महासभाको बैठकका क्रममा इरानी राष्ट्रपतिसँग भेटघाट हुन सक्ने सम्भावना रहेको बताए । तर उनले भेटघाटको औपचारिक कार्यक्रम अझैसम्म तय भइनसकेको जानकारी दिए । संयुक्तराष्ट्र महासभाको बैठकस्थल न्यूयोर्कमा दुबै नेताबीच भेटवार्ता हुने सम्भावनाका बारेमा विभिन्न अड्कलबाजी भइरहेका छन् । फ्रान्सेली राष्ट्रपति इम्मानुएल म्याँक्रोले […]

डिभी लोटरी भर्न यसपटक पासपोर्ट अनिवार्य चाहिने

काठमाडौँ, ७ आश्विन । आगामी आर्थिक बर्षका लागि अक्टोबर २ देखि डिभी लोटरी खुल्ने भएको छ । अमेरिकी सरकारको विदेश मन्त्रालयका अनुसार आगामी अक्टोबर २ तारिख बुधबार न्युयोर्क समय अनुसार दिउसो १२ बजेदेखि डिभी लोटरी भर्न सकिनेछ । न्युयोर्क समय अनुसार नोभेम्बर ५ मंगलबार दिउसो १२ बजेसम्म डिभी लोटरी भर्न सकिनेछ । यसपटक डिभी लोटरी […]

नर्सिङ अस्पतालमा आगलागी, कम्तीमा दुई व्यक्तिको मृत्यु

सोल, ७ असोज । दक्षिण कोरियामा रहेको एक अस्पतालमा भएको आगलागीमा परी दुई वृद्धको मृत्यु यहाँको समाचार समिति योन्हापले मङ्गलबार जानकारी दिएको छ । दक्षिण कोरियाको राजधानी शहर सोलबाट करिब ३० किलोमिटर पश्चिममा रहेको सो अस्पताल भवनको पाँचौं तलाबाट सो आगलागी शुरु भएको र चौथो, तेस्रो तलामा आगो लागेको बताइएको छ । यस आगलागीमा अन्य […]