फ्रान्स, १० असोज । फ्रान्सको उत्तरी क्षेत्र केएन नगरको एउटा रसायनिक कारखानामा भएको भिषण आगलागी शुक्रबार नियन्त्रणमा आएको छ । आगलागीका कारण निस्केको प्रदूषित मुस्लो धुँवाका कारण नगर क्षेत्रका विद्यालयहरु पनि बन्द गरिएको थियो । लुब्रिजोल कम्पनीको स्वामित्वमा रहेको रसायन कारखानाको गोदाममा बिहीबार बिहान २।३० बजे ठूलो आवाज सहितको विस्फोटन पश्चात आगलागी भएको थियो । […]
विश्व
टोङ्गामा नयाँ प्रधानमन्त्री नियुक्त
सुभा , १० असोज । टोङ्गाका अर्थमन्त्री पोहिभा टु आई वान्टोआ नयाँ प्रधानमन्त्रीमा नियुक्त भएका छन । पूर्व प्रधानमन्त्री आकिलीसी पोहिभाको ठाउँलाई बान्टोआले प्रतिस्थापन गरेको हो । आकिलिसीको गत सेप्टेबर १२ मा निधन भएको थियो । टापुले भरिएको यस देशको मताङ्गी टोङ्गी अनलाइनका अनुसार टोङ्गा संसदमा भएको निर्वाचनमा वान्टेआ नियुक्ति भएका हुन । टोङ्गाका २३ […]
सवै विकल्प भएको साउदी अरबको दाबी
रियाद ९ असोज । केही समयअघि आफ्नो तेल प्रशोधन उद्योगमा आक्रमण भएपछि साउदी अरबले त्यसको प्रतिउत्तरमा आफूसँग सैनिक कारबाहीसहित अन्य सबै विकल्प भएको चेतावनी दिएको छ । तर सबै पक्षले युद्ध टार्न खोजिरहेको साउदी विदेश मन्त्रालयका प्रवक्ता अदेल अल जुबैरले अन्तर्राष्ट्रिय समाचार समितिलाई बताउनु भएको छ । अमेरिका र साउदी अरबले ती आक्रमणमा इरानको संलग्नता […]
एयरबस कम्पनीमाथि साइबर आक्रमण
पेरिस, ९ असोज । युरोपको भिमकाय हवाई कम्पनी एयरबसमाथि ह्याकरहरुले शृङ्खलाबद्ध साइबर आक्रमण गरेको कम्पनीले जनाएको छ । आक्रमणकारीले मुख्यतया एयरबसका आपूर्तिकर्ताको विवरण चोरी गर्न खोजेका थिए । एयरबसका सुरक्षा विज्ञहरुका अनुसार आक्रमणकारीहरु चिनियाँ नागरिक रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । ह्याकिङका बारेमा अनुसन्धानरत दुई जना सुरक्षा विज्ञहरुले एयरबसमाथि १२ महिनाको अवधिमा चार पटक आक्रमणको […]
यमनमा मारिएका परिवारका सदस्य शोकमा
दुबई ९ असोज । दक्षिणी यमनको क्वाताबाहमा मङ्गलबार मारिएका परिवारका सदस्यहरुले आज शोक मनाइरहेका छन् । उक्त क्षेत्रमा बसोबास गर्ने अल हालिमी परिवारको एकै घरका १५ जनाको ज्यान गएको थियो । तीमध्ये सात जना बालबालिका नै परेका थिए । साउदी अरेबियाको नेतृत्वमा रहेको सेनाले गरेको हवाई आक्रमणमा परी उनीहरुको ज्यान गएको बताइएको छ । इरानी […]
चीन र फ्रान्सबीच रणनीतिक साझेदारी गर्ने सहमति
न्यूयोर्क, ९ असोज । चीनका विदेशमन्त्री वाङ यीले अन्तर्राष्ट्रिय मामिलामा फ्रान्ससँग रणनीतिक साझेदारी गर्न चीन इच्छुक रहेको बताउनुभएको छ । राष्ट्रसंघ मुख्यालय न्यूयोर्कमा फ्रान्सेली विदेशमन्त्री जाँ–येभ्स ली ड्रायनसँगको भेटघाट पछि पत्रकारहरुसँग कुरा गर्दै मन्त्री वाङ यीले बदलिँदो विश्व परिवेशमा विश्व शान्ति र स्थायित्वका लागि मिलेर काम गर्नुको विकल्प नरहेको बताए । चीन र फ्रान्सका विदेशमन्त्रीहरु […]
इन्डोनेसियामा ६.५ म्याग्नीच्यूडको शक्तिशाली भूकम्प
आम्बोन सिटी, इन्डोनेसिया, ९ असोज । इन्डोनेसियाको दुर्गम मालुकु द्वीपमा बिहीबार ६.५ म्याग्नीच्यूडको शक्तिशाली भूकम्प गएको छ । इन्डोनेसियाली उद्धार संस्थाहरुका अनुसार भूकम्पबाट हालसम्म एक व्यक्तिको मृत्यु भएको र अरु केही व्यक्ति घाइते भएका छन् । निकै शक्तिशाली भए पनि यस भूकम्पका कारण समुद्रमा सुनामी आउने सम्भावना नरहेको इन्डोनेसियाली भूकम्प मापन केन्द्रले जनाएको छ ।स्थानीय […]
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पविरुद्ध महाभियोग लगाउन विपक्षीद्वारा औपचारिक प्रक्रिया सुरु
अमेरिकी तल्लो सदनकी सभामुखले राष्ट्रपति डोनल्ड ट्रम्पविरुद्ध महाभियोग लगाउन औपचारिक अनुसन्धानको प्रक्रिया सुरु भएको घोषणा गरेकी छन्। डेमक्र्याट सभामुख न्यान्सी पेलोसीले राष्ट्रपतिमाथि “विदेशी शक्तिलाई अमेरिकी चुनावमा हस्तक्षेप गर्न निम्ता दिएर संविधान उल्लङ्घन गरेको” आरोप लगाएकी छन्। ट्रम्पमाथि आफ्ना डेमक्र्याट प्रतिस्पर्धी जो बाइडन र उनका छोराविरुद्ध भ्रष्टाचारसम्बन्धी अनुसन्धान गर्न युक्रेनी समकक्षीलाई दबाव दिने प्रयास गरेको आरोप […]
अफगानिस्तानमा सुरक्षा कारबाहीमा छ तालिबान मारिए, बीस सर्वसाधारण मुक्त
मेथार्लाम, अफगानिस्तान, ८ असोज । अफगानिस्तानको पूर्वी भागमा रहेको लघामान प्रान्तमा यहाँको सुरक्षा बलले तालिबान लडाकूविरुद्ध गरेको कारबाहीको क्रममा छ जना लडाकू मारिएका छन् । सो कारबाहीको क्रममा तालिबानको कब्जामा रहेका २० जना अफगान सर्वसाधारण नागरिकलाई पनि मुक्त गरिएको अफगान सेनाले बुधबार जानकारी दिएको छ । गत सोमबार शुरु गरिएको यस सुरक्षा कारबाहीमा ६ तालिबान […]
पाकिस्तान भूकम्प: मृत्यु हुनेको सङ्ख्या २८ पुग्यो, ४७६ भन्दा बढी घाइते
इस्लामावाद, ८ असोज । पाकिस्तानमा मङ्गलबार गएको भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या २८ पुगेको प्रहरीले बताएको छ ।भूकम्पका कारण कम्तीमा ४७६ व्यक्ति घाइते भएका सरकारी र स्थानीय सञ्चार माध्यमले बुधबार विहान जनाएको छ । पूर्वी पाकिस्तानको मिरपुरलाई केन्द्रविन्दु बनाएर सो भूकम्प गएको थियो । मङ्गलबार अपराह्नमा गएको यस भूकम्पको कारण पाकिस्तान प्रशासित काश्मिरका कतिपय स्थानहरूका […]








