जलवायु संरक्षणका लागि पेरिसमा भएको प्रदर्शन झडपपछि स्थगित

पेरिस, ४ असोज । फ्रान्सको राजधानी पेरिसमा जलवायु संरक्षणका लागि गरिएको शनिबारको प्रदर्शनमा झडप भएपछि तत्कालका लागि प्रदर्शन स्थगित गरिएको छ ।

फ्रान्सेली सुधारवादी प्रदर्शनकारीका अनुसार प्रदर्शनमा घुसपैठ हुँदा प्रहरी र प्रदर्शनकारीबीच झडप भएपछि आन्दोलनका सबै कार्यक्रम तत्कालका लागि रोकिएका छन् ।

“शान्तिपूर्ण आन्दोलनमा घुसपैठ भएपछि थप जोखिमहरू आउनसक्ने कुरालाई मध्यनजर राख्दै जलवायु संरक्षणका लागि आयोजना भएको आन्दोलन तत्कालका लागि रोकिएको छ,” प्रदर्शनको सह–आयोजक ग्रीनपिस समूहले आफ्नो ट्वीटर पेजमा जारी विज्ञप्तिमा उल्लेख छ र आन्दोलनको अर्को सह–आयोजक यूथ फर क्लाइमेटले पनि प्रदर्शनकारीलाई घर फर्किन निर्देशन गरेको छ । प्रदर्शनमा सयौँको सङ्ख्यामा घुसपैठ भएको बताइएको छ ।

Loading...