अत्यधिक गर्मीका कारण ४ जनाको मृत्यु, तापक्रम पुग्यो ५० डिग्री

काठमाडाैं । भारतमा अत्यधिक गर्मीका कारण गुडिरहेको रेल भित्रै ४ जनाको मृत्यु भएको छ । नयाँ दिल्लीबाट झांसीका लागि छुटेको केरला एक्सप्रेसको रेल भित्रै चार जना यात्रुको मृत्यु भएको हो । ६८ जनाको समुहमा रहेका उनीहरु बनारसी र आगराको भ्रमण सकेर घरतर्फ (कोयम्बटूर) गइरहेका थिए । चार दिन अगाडि उनीहरु घुमघामका लागि निस्केका थिए । […]

खेल्दै गरेकी पुष्पालाई चितुवाले खायो, ६/६ महिनामा मान्छे खाने अचम्मको ठाउँ

तनहुँ । तनहुँमा खेल्दै गरेकी एक बालिकालाई चितुवाले एकाएक गायव पारेको छ । चितुवाले बच्चालाई गायव पारेपछि त्यसक्षेत्रका स्थानीयमा ठूलो त्रास फैलिएको छ । शुक्रबार साँझ करिब ७ बजे तनुहँ जिल्ला भानु नगरपालिका वडा नंं २ की ८ बर्षिया पुष्पा अधिकारी साथीहरुसँग आगनमा खेलिरहेकी थिईन् । उनकी आमा मेलामा गएकी थिईन । घरमा हजुरबुबा र […]

जब ९७ वर्षका पूर्व सैनिकले प्यारासुटबाट हाम फाले

एजेन्सी । ७५ वर्षअघि दोश्रो विश्वयुद्धअन्तर्गत पश्चिमी मोर्चामा नाजी जर्मन फौजविरुद्धको सैनिक कारवाहीका लागि सैनिकहरुले फ्रान्सको नरमेण्डीमा अवतरण गरेको सम्झनामा उक्त युद्धका अनुभवी बयोवृद्ध ९७ वर्षीय पूर्व सैनिकले प्यारासुटबाट हाम फालेका छन् । डी डे अर्थात् सन् १९४४ जुन ६ मा नरमेण्डीको तटमा साझेदार मुलुकका सैनिक अवतरण गर्दाका सम्झनामा नरमेण्डीको युद्धका अनुभवी बयोवृद्ध अमेरिकी पूर्वसैनिक […]

लडाकु विमान घरभित्र घुस्यो तर पाइलट निस्किए सकुशल

एजेन्सी । दक्षिणी क्यालिफोर्नियाको मार्च एयर रिजर्भ बेसमा आफ्नो नियमित अभ्यासका लागि निक्लिएको एफ–१६ लडाकु विमान एक भवनमा ठोकिएर दुर्घटनाग्रस्त भएको छ । यद्यपि यो दुर्घटनामा पाइलट सुरक्षित रुपमा बाहिर निक्लिएको र उनलाई कुनै चोटपटक नलागेको बेसका प्रवक्ताले बताएका छन् । विमान दुर्घटना भएपछि थोरै आगो लागेको दुर्घटनाका तस्बिर स्थानिय टिभीमा देखाइने बेसका अग्नी अधिकारीलाई […]

एमए अन्तिम वर्षका विद्यार्थीले मृत्युको रहस्य बुझ्न भन्दै गरे आत्महत्या

काठमाडाैं । भारतको जवाहरलाल नेहरु विश्वविद्यालयका एक छात्रले विश्वविद्यालयकै पुस्तकालयमा आत्महत्या गरेका छन् । नवभारत टाइम्सका अनुसार ती छात्रको शव पुस्तकालयको एक कोठामा पंखामा पासो लगाएको अवस्थामा भेटिएको हो । आत्महत्या गर्नु पहिले ती छात्रले विश्वविद्यालयका एक प्राध्यापकलाई इमेल गरेर आत्महत्याका बारेमा बताएका थिए । आत्महत्यका लागि उनले ल्याण्डलाइन टेलिफोनको तार प्रयोग गरेका हुन् । […]

कुकुरले जमिनमुनि गाडिएको शिशुलाइ जीवितै उद्धार गर्यो

काठमाडाैं । थाइल्यान्डमा एक कुकुरले जमिनमुनि गाडिएको नवजात शिशुलाई जीवितै उद्धार गरेको छ। प्रहरीका अनुसार १५ वर्षिया किशोरीले आफ्नो गर्भवस्था लुकाउन भर्खर जन्माएको छोरा फालेका थिए। किशोरीले शिशुलाई जमिनमुनि गाडेकी थिइन्। बान नङ खान गाउँमा पिङ पङ नाम गरेको कुकुरले जब शिशुलाई जमिनमुनि भएको थाहा पायो। उसले जमीन खोतल्यो। कुकुरले शिशु जिवितै देखेपछि आफ्ना मालिकलाई […]

अर्काकी श्रीमतिसँग रंगेहात भेटिएका पुरुषले पाँचौं तलाबाट हाम फाले

काठमाडाैं । अर्काकी श्रीमतीसँग आपत्तिजनक अवस्थामा भेटिएका एक जनाको भाग्ने क्रममा पाँचौं तलाबाट हाम फाल्दा ज्यान गएको छ । घटना भारतको दिल्लीको हो । दक्षिणी दिल्लीको टिग्री क्षेत्रमा रहेको जेजे कोलोनीमा बसोबास गर्दै आएका ती पुरुषलाई आपत्तिजनक अवस्थामा ती महिलाका श्रीमानले भेटेका थिए । ती महिलाका श्रीमानले दुई जनालाई आपत्तिजनक अवस्थामा देखेपछि हतार हतार भाग्ने […]

चड्कन खान सक्नेले मात्र ठूलो पैसा कमाउने अनौठो प्रतियोगिता

एजेन्सी । यो कुनै मुक्काबाजी वा रेस्लिङ होइन, केवल थप्पडको सहन गर्न सक्ने क्षमताको परीक्षण हो । अर्थात, थप्पड खाने प्रतियोगिता । जसले धेरै थप्पड सहन गर्न सक्छ उही नै बिजेता बन्दछ । हो, हालै रुसको क्रास्नोयासर्कमा भव्य मात्रामा विचित्रको पुरुष थप्पड च्याम्पियनसीप प्रतियोगिता सम्पन्न भएको छ । यस प्रतियोगितामा दुई सहभागी टेबलको दुईतिर बस्छन् […]

चुरोट सुर्ती नखानेलाइ मात्र छोरीको विवाह गर्ने यी करोडपतिको शर्त

काठमाडाैं । थाइल्याण्डका करोडपति व्यापारी अनोन्त रोथांगले आफ्नी छोरीको विवाहको लागि अनौठो शर्तहरु अगाडि सारेका छन् । छोरीको विवाहको लागि उनले दिएको अनलाइन विज्ञापनका अनुसार, उनको छोरीलाई विवाह गर्ने केटाले ३,१३,५०० डलर नगद तथा उनको व्यवसायमा मालिक बन्ने मौका पाउनेछन् । तर यसका लागि केही शर्तहरु चाहिँ पालना गर्नुपर्ने हुन्छ । सवैभन्दा पहिले त उनको […]

नेपालमै यस्तो अनौठो तथ्य, एउटै वडामा १६३ को बालबिबाह

डोटी, ३१ बैशाख । जिल्लाको दिपायल सिलगढी नगरपालिका–८ लडागडामा गएको तीन वर्षको अवधिमा १६३ बालविवाह भएको एक संस्थाको तथ्याङ्कले देखाएको छ । जिल्लामा लामो समयदेखि सामाजिक क्षेत्रमा काम गर्दै आएको सामुदायिक विकास केन्द्र ९सिडिसी० नामक एक संस्थाले तीन वर्षदेखि गरेको सर्वेक्षणअनुसार यति ठूलो सङ्ख्यामा बालविवाह भएको पाइएको हो । उक्त संस्थाले सार्वजनिक गरेको तथ्याङ्कमा विसं २०७३ […]