एजेन्सी । यो कुनै मुक्काबाजी वा रेस्लिङ होइन, केवल थप्पडको सहन गर्न सक्ने क्षमताको परीक्षण हो । अर्थात, थप्पड खाने प्रतियोगिता । जसले धेरै थप्पड सहन गर्न सक्छ उही नै बिजेता बन्दछ ।
हो, हालै रुसको क्रास्नोयासर्कमा भव्य मात्रामा विचित्रको पुरुष थप्पड च्याम्पियनसीप प्रतियोगिता सम्पन्न भएको छ । यस प्रतियोगितामा दुई सहभागी टेबलको दुईतिर बस्छन् र दुबैले पालोपालो जोडदार थप्पड लगाउँछन् । जसले धेरै थप्पड सहन गर्न सक्छ त्यही नै बिजेता बन्छ ।
यस थप्पड प्रतियोगिताको भिडियो पनि सामाजिक सञ्जालमा भाइरल बनेको छ । आफ्नो विपक्षीलाई जति थप्पड लगाएर हराउन सकेर आफूले जित्न सक्यो उसले ३० हजार रुबल कमाउने मौका पाउँथ्यो । वासिली कामोट्सकी यस बर्षको प्रतियोगिताको विजयी बनेका छन् ।
यस प्रतियोगितामा एक अर्कालाई झापड हान्नका लागि कुनै समयसीमा थिएन् । कुनै प्रतियोगीले झापड खाएर हार नमानेसम्म प्रतियोगिता जारी रहिरहन्थ्यो ।