सेवा सुविधा यथोचित लागु नगरे पर्यटन क्षेत्र ठप्प पार्ने घोषणा

Tourism-Nepal

काठमाडौँ, ७ चैत । पर्यटन क्षेत्रमा संलग्न मजदूरले सम्झौताअनुरुप कम्पनीले सेवासुविधा नदिएको भन्दै सरोकार भएका निकायको ध्यानाकर्षण गराएका छन् । पर्यटन मजदूरको सङ्गठन युनिट्राभलले बिहीबार पत्रकार सम्मेलन गरी नौ बुँदे माग अघि सार्दै श्रम ऐनअनुसार पर्यटन क्षेत्रका श्रमिकको कार्यक्षेत्रमा सेवासुविधा कार्यान्वयन गरिनुपर्ने भन्दै माग सम्बोधन नभए सङ्घर्षमा जान बाध्य हुने जनाएको छ । श्रमिकको माग […]

मुगु सोराङ्ग लेकमा ठूलो हिमपहिरो जाँदा एकै व्यक्तिका १७ चौरी मरे

मुगु, ६ चैत । हिमपहिरोमा परेर मुगुमा ठूलो संख्यामा पुवा गाउँवासीका चौरीहरु मरेका छन् । जिल्लाको कार्मारोङ गाउँपालिकाको सोरुङ्ग भन्ने लेकमा हिमपहिरो गएको हो । कार्मारोङमा गएको हिमपहिरोमा परी सोही गाउँपालिका वार्ड नं. ६ पुवा गाउँका कोन्जोक छेवाङ तामाङ १७ चौर मरेका छन् । छेवाङले सोरुङ्ग लेकमा चराउनका लागि चौरी लगाएका थिए । हिमपहिरोले परेर […]

धार्मिक पर्यटन विकासका लागि काठमाडौं-लुम्बिनी साइकल र्याली शुभारम्भ

  काठमाडौं, ३ चैत । ग्रेट बुद्ध ट्रेल अभियान अन्तर्गत आइतबार काठमाडौंको स्वयम्भु महाचैत्य बात साइकल र्यालीको शुभारम्भ भएको छ । भगवान बुद्धले आजकै दिनमा सात पाइला सारेकाे एेतिहासिक किम्बदन्तीका अाधारमा यही महान् दिनलाई सात अंकको संयोग बनाई अाइतबार बिहान सात बजेर सात मिनेट सात सेकेन्डमा उक्त ¥यालीको सुभारम्भा गरिएको हो । ७५ जना साइकल […]

२ महीनामा २ लाखभन्दा बढी पर्यटक नेपाल भित्रिए

Tourism-Nepal

काठमाडौँ, २८ फागुन । सन् २०१९ को दुई महीनामै दुई लाखभन्दा बढी विदेशी पर्यटकले नेपाल भ्रमण गरेका छन् । अध्यागमन विभागको तथ्याङ्कअनुसार जनवरी र फेब्रुअरीमा गरी दुई लाख १६ हजार २१४ विदेशी पर्यटक नेपाल आएका हुन् । फेब्रुअरीमा मात्रै ९७ हजार ६९४ विदेशी पर्यटकले नेपाल भ्रमण गरेका छन् । यो सङ्ख्या अघिल्लो वर्षको सोही अवधिमा […]

इथियोपियन एयर जहाज दुर्घटनामा ज्यान गुमाउने १५७ मध्ये एक नेपाली चेली

काठमाडौ, २७ फागुन। इथियोपियन एयरलाइन्सको विमान दुर्घटनामा परेर आइतबार अपरान्ह ज्यान गुमाउने १५७ जनामध्ये एकजना नेपाली युवती परेकी छिन् । दुर्घटनामा गोर्खा मुल घर भएकी एकता अधिकारीको निधन भएको छ । इथियोपियाको राजधानी अदिस अबावाबाट केन्याको राजधानी नैरोवीतर्फ उडेको विमान धावनमार्ग छाडेको केही बेरमै दुर्घटनाग्रस्त भएको थियो । इथियोपियास्थित राष्ट्रसंघीय विश्व खाद्य कार्यक्रममा कार्यरत अधिकारी […]

सामाजिक अभियन्ता भन्दै सरकारी निकायलाई प्रयोग गरी व्यवसायीलाई धम्क्याएर पैसा उठाउनेहरु बढे

काठमाडौँ, २६ फागुन । काठमाडौंमा सरकारका संरचनाहरुलाई प्रयोग गरेर ठगी धन्दा चलाउनेहरु बढेका छन् । केहीले प्रहरीदेखि अख्तियारसम्म आफ्नो लिंक भएको देखाउने त केहीले यस्ता निकायमा वेनामी उजुरी हालेर विभिन्न व्यवसायीहरुलाई अप्ठ्यारोमा पार्ने र तिनीहरुबाट बार्गेनिङ गरेर ठूलो पैसा असुल्ने गरेको पाइएको छ । त्यस्ता व्यक्तिहरु आफूलाई सामाजिक अभियन्ता भनेर प्रचार पनि गर्दै हिडेका देखिन्छन् […]

१४९ यात्रु बोकेको जहाज दुर्घटना हुँदा चालक दलका सदस्यसहित सबैको मृत्यु

काठमाडौ, २६ फागुन । इथाेपियामा ठूलाे जहाज दुर्घटनामा परेकाे छ । १४९ जना यात्रु बाेकेकाे इथोपियन एयरलाइन्सको विमान दुर्घटनामा पर्दा जहाजमा यात्रा गर्ने सबैकाे मृत्यु भएकाे छ । इथाेपियन एयरलाइन्सकाे बोइङ-७३७ विमान दुर्घटनामा परेकाे हाे । इथाेपियाकाे राजधानी एडिस अबाबाबाट केन्याको राजधानी नैरोबी जाने क्रममा उक्त विमान आइतबार दुर्घटना परेको अन्तराष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् […]

पोखरामा दिनदिनै प्याराग्लाइडिङ दुर्घटना, प्याराग्लाइडिङ बन्द गर्ने पोखरा महानगरको घोषणा

कास्की, २१ फागुन । सराङकोटबाट उडेका प्याराग्लाइडिङका पाइलटको ज्यान गएको छ । सराङकोटबाट बिहान ११ः४५ बजेतिर उडान भरेका रसियन नागरिक डिमी डिभिल उडेको केही समयपछि नै दुर्घटनामा परेका हुन। दुर्घटनामा परेर घाइते भएका डिमी डिभिललाई उपचारको लागि पोखराकै मेट्रोसिटी अस्पतालमा लगिएको थियो । अस्पतालमा उपचार गर्दा गर्दै उनको मृत्यु भएको हो । आइतबार मात्र प्याराग्लाइडिङ […]

पोखरामा दुई प्याराग्लाइडिङ दुर्घटनामा एकको हातै चुडियो, एक जना रुखमै अड्किए

पोखरा, २१ फागुन । पोखरामा प्याराग्लाइडर दुर्घटना हुँदा आज दुई विदेशी प्याराग्लाइडर घाइते भएका छन् । कास्कीका छुट्टाछुट्टै ठाउँमा दुर्घटनामा परेका विदेशी पाइलटमध्ये एकको अवस्था गम्भीर रहेको बताइएको छ । माछापुच्छ्रे गाउँपालिकाको ठाँटीमा बिजुलीको खम्बामा ठोक्किएर घाइते भएका पोल्याण्डका ३० वर्षीय जानुज कारोलको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । उनको एउटा हात जलेको बताइएको […]

डडेल्धुरामा डुङ्गा ल्याएपछि ह्वात्तै बढे पर्यटक

डडेल्धुरा, १४ फागुन । डडेल्धुराको आलितालमा डुङ्गा सञ्चालनमा आएसँगै आन्तरिक पर्यटकको सङ्ख्यामा वृद्धि भएको छ । सुदूपश्चिम प्रदेशको पहाडी जिल्लाको सबैभन्दा ठूलो ताल आलितालमा पहिलो पटक डुङ्गा सञ्चालनमा आएको हो । आलिताल गाउँपालिकाको गोदाम बजारबाट तीन किलोमिटर माथि आलिताल गाउँपालिका–३ स्थित आलितालमा पहिलो पटक डुङ्गा सञ्चालनमा आएपछि त्यहाँ पर्यटक आगमनमा वृद्धि भएको छ । पर्यटकको […]