ऐतिहासिक गद्दी बैठक सर्वसाधारणका लागि खुला

काठमाडौँ । वसन्तपुरस्थित ऐतिहासिक गद्दी बैठक आजदेखि सर्वसाधारणका लागि खुला गरिएको छ। मंगलबार एक कार्यक्रमबीच संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव महेश्वर न्यौपानेले गद्दी बैठक उद्घाटन गरेका हुन्। २०७२ वैशाखको भूकम्पबाट क्षतिग्रस्त गद्दी बैठकलाई अमेरिकाको एम्बासडर्स फन्ड फर कल्चरल प्रिजर्भेसनअन्तर्गत मिया मोटो भन्ने कम्पनी र संस्कृति सम्पदा कोष मिलेर जीर्णोद्धार गरिएको हो। योसँगै गद्दी […]

२९ हजार फिट माथिबाट चाइना इस्टर्नको जहाज खस्दा १३२ को मृत्यु

एजेन्सी । सोमबार दुर्घटनामा परेको चाइना इस्टर्नको जहाजमा रहेका १२३ यात्रु र ९ जना चालक दलका सदस्य सबैको मृत्यु भएको आशंका गरिएको छ। साउथ चाइना मर्निङ पोष्टका अनुसार दुर्घटनास्थलमा पुगेका स्थानीयले जहाजका केही टुक्राटाक्री मात्रै फेला पारेकाले सबै मारिएको हुन सक्ने बताएको छ। चिनियाँ अधिकारीहरूले भने अहिलेसम्म मृतकको संख्याबारे औपचारिक जानकारी दिएका छैनन्। फ्लाइटराडारको डाटाअनुसार […]

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आजदेखि परीक्षण उडान

काठमाडौं । भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आज (शुक्रबार) परीक्षण उडान सुरु गरिँदै छ। त्यसका लागि बिहीबारै ७ जनासहित एरोनटिकल रेडियो अफ थाइल्यान्डको जहाज ल्याइएको छ। शुक्रबारदेखि १० दिनसम्म जहाजले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा परीक्षण उडान गर्नेछ। विमानस्थलमा जडान गरिएका उपकरणले सही तरिकाले काम गरेको छ कि छैन भनेर परीक्षण उडान गर्न लागिएको अन्तर्राष्ट्रिय विमानस्थल आयोजना आईसीबी टुका […]

डिभिजन वन कार्यालय लमजुङ उत्कृष्ट घोषणा

लमजुङ । गण्डकी प्रदेश सरकारले डिभिजन वन कार्यालय लमजुङलाई उत्कृष्ट कार्यालय घोषणा गरेको छ । जिल्लामा रहेका प्रदेश मातहतका कार्यालयमध्ये डिभिजन वन कार्यालय उत्कृष्ट बन्न सफल भएको हो । प्रदेश सरकारले आफ्नो स्थापना दिवसको दिन उत्कृष्ट कार्यालयको रुपमा घोषणा गरेको कार्यालयका प्रमुख डिभिजनल वन अधिकृत पूर्णेश्वर सुबेदीले बताए । कार्यमूल्यांकन मापदण्डको आधारमा कार्यालय उत्कृष्ट बनेको […]

नालामा फसेर गैंडा मरेको विषयमा अनुसन्धान गर्न सहायक वार्डेनलाई जिम्मा

चितवन । सडकको नालामा फसेर दुर्लभ एकसिंगै गैंडा मरेको विषयमा अनुसन्धान गर्न चितवन राष्ट्रिय निकुञ्जले सहायक वार्डेन (संरक्षण अधिकृत)लाई जिम्मेवारी तोकेको छ । अनुसन्धान गर्न सहायक वार्डेन राजु घिमिरेलाई जिम्मेवारी दिइएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्याले जानकारी दिए । निर्माणाधीन ६ लेनको गोन्द्राङ-पुलचोक सडकको प्रहरी चेकपोष्ट टिकौली जंगल नजिक नालामा फसेर आइतबार एउटा भाले […]

साहसिक पर्यटनको केन्द्र पोखरामा थपियो ‘जायन्ट स्विङ’

पोखरा । प्राकृतिक रुपमा सुन्दर पर्यटकीय नगरी पोखरामा पछिल्लो समय साहसिक खेलका विविध विधा थपिएका छन्। हिमश्रृखङ्ला, ताल तलैया तथा मिलेको बस्तीले सजिएको पोखरामा पछिल्लो समय साहसिक खेलका गतिविधि थपिँदै गएका छन्। पोखरामा प्याराग्लाइडिङ, स्काइ डाइभिङ, अल्ट्रालाइट, हट एयर बेलुन, बन्जी जम्प, जिप फ्लायर, राफ्टिङलगायत उपलब्ध रहेको शहर पोखरामा पछिल्लो समय ‘जायन्ट स्विङ’ पनि थपिएको […]

धुमधामसँग माघी मनाउँदै थारु समूदाय

काठमाण्डौं । थारु समुदायका मानिसले माघ १ गतेलाई नयाँ वर्षका रुपमा धुमधामका साथ स्नान, दान, एवम् खानपिन र रमाइलो गरेर माघी पर्व मनाइरहेका छन । ठाउँ–ठाउँमा शुभकामना आदानप्रदान गरेर थारु समुदायले माघी पर्व मनाइरहेका हुन् । सूर्य उत्तरायण प्रवेश गर्ने दिन माघ १ गते थारु समुदायको नयाँ वर्ष अर्थात् माघी पर्व पर्दछ । यो पर्वलाई […]

भक्तपुरको चाँगुनारायणमा चरा गणना सुरु

भक्तपुर । भक्तपुरको चाँगुनारायण नगरपालिकामा चराको गणना सुरु गरिएको छ । नगरपालिका- ६ र ७ को मुहानपोखरी क्षेत्रमा रहेको चराको गणना सुरु गरिएको हो । त्रिभुवन विश्वविद्यालयका उपप्राध्याक कमलराज गोसाइँको नेतृत्वमा चरा गणना सुरु गरिएको नगरपालिकाले जनाएको छ । चाँगुनारायण नगरपालिकाबाट सुरु भएको चराको गणना र अध्ययन अरु क्षेत्रमा पनि गरिने उपप्राध्यापक गोसाइँले बताए । […]

तीनजना शेर्पाले अन्टार्ट्रिकाको माउण्ट भिजन आरोहण गर्ने

काठमाडौँ । तीनजना नेपालीले अन्टार्ट्रिका महादेशको माउण्ट भिजन हिमाल आरोहण गर्ने भएका छन् । तीनजना शेर्पा दाजुभाइ सो हिमाल आरोहणका लागि त्यसतर्फ लागेका छन् । मिङ्मा शेर्पा, छाङ दावा शेर्पा र टासि लाक्पा शेर्पाले दक्षिणी ध्रुवको ४८९२ मिटर अग्लो सो माउण्ट भिजन मिहाल आरोहण गर्न लागेका हुन् । सो हिमाल अन्टार्ट्रिका महादेशको सबैभन्दा अग्लो हिमाल […]

पर्यटन प्रवर्धन कोष सञ्चालन कार्यविधि स्वीकृत गर्दै काठमाडौँ महानगरको ७१ औँ कार्यपालिका बैठक सम्पन्न

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले ‘पर्यटन प्रवर्धन कोष सञ्चालन कार्यविधि ०७८’ स्वीकृत गरेको छ । मंगलबार राष्ट्रिय सभा गृहमा महानगरका प्रमुख विद्यासुन्दर शाक्यको अध्यक्षतामा बसेको ७१ औँ कार्यपालिका बैठकले कार्यविधि स्वीकृत गरेको हो । आर्थिक बर्ष ०७५÷०७६ मा होटल व्यवसायीहरुले तिरेको करको ६५ प्रतिशत रकमबाट कोष सञ्चालन गर्न लागिएको हो । त्यो बर्ष कोविडका कारण होटल […]