चिनियाँ राष्ट्रपतिको भ्रमणले नेपालको पर्यटन क्षेत्रमा ऊर्जा र उत्साह थपियो

काठमाडौँ, २४ असोज । विश्व अर्थतन्त्रमा बलियो पक्कड जमाएको उत्तरी छिमेकी मुलुक चीनका राष्ट्रपति सी चिनफिङको यही असोज २५ गतेदेखि नेपालमा हुने दुई दिवसीय राजकीय भ्रमणले नेपालको पर्यटन क्षेत्रमा थप ऊर्जा र उत्साह थपिएको छ । राष्ट्रपति सीको भ्रमणले चीनबाट मात्र नभई विश्वका विभिन्न मुलुकबाट समेत नेपालमा पर्यटकको आगमनमा बढोत्तरी हुने देखिएको छ । राष्ट्रपति […]

सीताकुण्डमा आन्तरिक पर्यटकको चलहपहल बढ्दैे

बेझाड, २४ असोज । पाल्पा रामपुरको ऐतिहासिक, धार्मिक तथा पर्यटकीयस्थल सीताकुण्डमा दर्शन तथा अवलोकन गर्न आन्तरिक पर्यटकको आवागमन बढ्दै जान थालेको छ । रामपुर नगरपालिका– ३ र ४ का बीच भागमा रहेको सीताकुण्डमा पछिल्लो समय आन्तरिक पर्यटकको आवागमन बढ्दै गएको सीताकुण्ड मन्दिर व्यवस्थापन समितिका सचिव रुद्रबहादुर नेपालीले बताए । “सडक सुधार भएपछि यहाँसम्म आउने आन्तरिक […]

प्रदेश सरकारको सहयोगमा घरबास स्थापना

कावासोती, २४ असोज । नवलपरासीपूर्व नवलपुरको कावासोती नगरपालिका–१० मा घरबास (होमस्टे) स्थापना गरिएको छ । गण्डकी प्रदेश सरकारको घरबास अनुदान सहयोग र स्थानीयको सक्रियतामा थारु समुदायको बसोबास रहेको चिलाहा रतौल क्षेत्रका १३ घरमा घरबास स्थापना गरिएको हो । यसका लागि गण्डकी प्रदेश सरकारले १५ लाख अनुदान सहयोग उपलब्ध गराएको कावासोती नगरपालिका वडा नं १० का […]

पर्यटक भन्छन् : ‘सडक बनाऊ तर पदमार्ग नमास’

गलेश्वर, २४ असोज । नेपालमा शान्ति स्थापना भएसँगै नेपाल घुम्न आउने विदेशी पर्यटकको सङ्ख्यामा वृद्धि हुँदै गएको छ । विगत केही वर्षयता विदेशी मात्र होइन, नेपालीमा पनि बिदा र विशेष अवसरमा देश दर्शन गर्न विभिन्न ठाउँमा भ्रमण गर्ने चलन बढ्दै गएको छ । गत वर्ष सन् २०१८ मा कूल ११ लाख ७३ हजार ७२ जना […]

रसुवामा वेपत्ता भएका पर्यटक खोजी तीव्र

रसुवा, २२ असोज । उत्तरी रसुवाअन्तर्गत तामाङ सम्पदा पदमार्गको भ्रमण गर्ने क्रममा यही असोज ५ गतेदेखि बेपत्ता पर्यटकको खोजीका लागि दक्ष जनशक्ति परिचालन गरिएको छ । जिल्ला प्रहरी कार्यालयका प्रमुख भाग्येन्द्रपुरूष ढकालका अनुसार भ्रमणका क्रममा हराइरहेका दक्षिण कोरियाली ४२ वर्षीय सिसुङ राहदानी नम्वर एम ओ ८११८३५५ को खोजी भइरहेको हो । दुई दिनदेखि नेपाल प्रहरीका […]

पर्यटकको रोजाइमा ‘मुन्दुम ट्रेल’, सात पर्यटकको भव्य बिदाइ

भोजपुर, २२ असोज । पर्यटन वर्ष २०२० लाई लक्षित गर्दै आएका पर्यटकले भोजपुरको ‘मुन्दुम ट्रेल’ उत्कृष्ट तीन वटाभित्र पर्ने प्रतिक्रिया दिएका छन् । उनीहरुले नेपालको हालसम्म ४३ वटा पर्यटकीय क्षेत्रको भ्रमण गरेकामा यो मुन्दुम ट्रेल उत्कृष्ट तीनभित्र परेको प्रतिक्रिया दिएका हुन् । नेपाल सरकारको उत्कृष्ट १०० वटा पर्यटकीय क्षेत्रको सूचीमा पर्न सफल मुन्दुम ट्रेलको ट्रेकिङका […]

पर्यटकीय क्षेत्रमा चहलपहल बढ्यो

कावसोती, २० असोज । बडादशैँसँगै जिल्लामा रहेका पर्यटकीयस्थलमा चहलपहल देखिएको छ । दशैँको अवसरमा हुने बिदाका कारण नवलपुरमा रहेका विभिन्न पर्यटकीयस्थलमा आन्तरिक पर्यटकको चहलपहल देखिएको छ । चाडपर्वसँगै परिवारसहित घुमफिर गर्ने प्रवृत्ति पछिल्लो समयमा बढ्दै जाँदा अहिले जिल्लामा रहेका पर्यटकीय क्षेत्रमा पर्यटकको चहलपहल देखिएको छ । अन्य समयमा प्रायः सुनसानजस्ता देखिने पर्यटकीय क्षेत्रमासमेत अहिले आन्तरिक […]

पर्यटक बढाउन बाल उद्यान सञ्चालनमा

कैलाली, १७ असोज । धनगढी उपमहानगरपालिका–२ पुरानो भन्सारमा करीब रु तीन करोडको लागतमा निर्माण गरिएको बाल उद्यान आजबाट सञ्चालनमा आएको छ । नेपाल भारत सिमानाका नजीकै दुई वर्षपहिले १५ करोडको लागतमा सञ्चालनमा आएको धनगढी फन पार्क परिसरभित्रै उक्त बाल उद्यान सञ्चालनमा ल्याइएको हो । सुदूरपश्चिम प्रदेशमै पहिलो पटक यति ठूलो लगानीमा सञ्चालित फन पार्कभित्रै बाल […]

कालीगण्डकीमा जलयात्रा शुरु, स्थानीय दंग

पर्वत, १७ असोज । निरन्तरको वर्षाका कारण झण्डै एक महीना ढिलो गरी कालीगण्डकी नदीमा जलयात्रा (¥याफ्टिङ) शुरु भएको छ । नदीमा पानीको सतह घटेपछि गत जेठ अन्तिम सातादेखि बन्द भएको जलयात्रा बुधबारदेखि शुरु भएको हो । कालीगण्डकीमा सेप्टेम्बरको पहिलो सातादेखि नोभेम्बरको मध्यसम्म सञ्चालन हुने भए पनि यसपटक झण्डै एक महीना ढिलो गरी जलयात्रा शुरु भएको […]

नेपाल भ्रमण वर्षः १३ स्थान पर्यटकीय गन्तव्य बन्दै

पाल्पा, १७ असोज । पाल्पाका ऐतिहासिक, धार्मिक, प्राकृतिक तथा सामाजिक–सांस्कृतिक दृष्टिकोणले महत्वपूर्ण क्षेत्रको पूर्वाधार निर्माण गरी पर्यटकीय गन्तव्यका रुपमा विकास गरिने भएको छ । प्रदेश नं ५ सरकारको सहयोगमा पाल्पा सांस्कृतिक डबली, वनस्पति उद्यान, पर्यटकीय उद्यान, धार्मिक, सांस्कृतिक महत्व झल्कने गरी ऐतिहासिक तथा पर्यटकीय क्षेत्र प्रवद्र्धन तथा पूर्वाधार विकास निर्माणका कार्यक्रम ल्याएको छ । जिल्ला […]