पोरखे लेकको सीमा विवाद चर्किदैँ

मार्तडी, ५ कात्तिक । जिल्लाको पोरखे लेकको सीमा विवादको समस्या टुङ्गिएको छैन । बडीमालिका नगरपालिका–७ र उत्तरी भेगमा रहेका बूढीनन्दा नगरपालिका–९ र १० का स्थानीयवासीबीचको चर्को प्रतिपादका कारण सीमाको बारेमा विवाद बढ्दै गएको हो । दुई वटा स्थानीय तहको बीच भागमा पर्ने उक्त पोरखे लेक नगरपालिकाको आन्तरिक विवादका कारण संरक्षणविहीन बनेको हो । जिल्लाको उत्तरतिर […]

अष्ट्रियाका एक पर्यटकको मृत्यु

धादिङ, ३ कात्तिक । धादिङको उत्तरी क्षेत्रमा रहेको रुबी भ्याली गाउँपालिका–१ सोदाङमा एक पर्यटकको मृत्यु भएको छ । हिजो टेन्टमा सुतेका अष्ट्रियाका ७० वर्षिया विल्हियम विहिण्डरको टेन्टमा सुतेकै अवस्थामा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रुपक खड्काले जानकारी दिए । पदयात्राका लागि आएका पर्यटकको अत्यधिक चिसाको कारण बास बसेकै स्थानमा मृत्यु […]

पर्यटकीय आकर्षण बढाउन सात उद्यान निर्माण

बागलुङ, ३ कात्तिक । पर्यावरण जोगाउन र पर्यटकीय आकर्षण बढाउन जिल्लामा सात हरियाली उद्यान निर्माण गरिएको छ । गण्डकी प्रदेश सरकारको ‘शहरी वन प्रवद्र्धन तथा उद्यान निर्माण’ योजनाअन्तर्गत बागलुङ नगरपालिका–६ स्थित विश्व शान्ति सर्वसिद्धिधाम पञ्चकोट, वडा नं १३ अमलाचौर, वडा नं १ स्थित कालिका भगवती मन्दिर, वडा नं १२स्थित पै्युँपाटाको डुङ्गाचौर सामुदायिक वन र वडा […]

तातोपानीमा स्नान गर्नेको घुइँचो

म्याग्दी, १ कात्तिक । अन्नपूर्ण गाउँपालिका–२ स्थित भुरुङ तातोपानी कुण्डमा स्नान गर्नेको घुइँचो लागेको छ । बेनी–जोमसोम सडकअन्तर्गत कालीगण्डकी नदीको किनारमा प्राकृतिकरूपमा निस्कने तातोपानीको ताल र धारामा स्नान गर्न आउने आन्तरिक तथा बाह्य पर्यटकको चाप बढेको छ । चिसो बढेसँगै मुस्ताङ जाने–आउने पर्यटक तातोपानी कुण्डमा स्नान गर्न आउन थालेको कुण्डका व्यवस्थापक बाबुराम गर्बुजाले बताए । […]

अस्तव्यस्त मुक्तिनाथ मन्दिर क्षेत्र

मुक्तिनाथ (मुस्ताङ), २७ असोज । हिन्दू र बौद्ध धर्मावलम्बीले उत्तिकै श्रद्धा एवं आस्थाका साथ पूजा आजा र दर्शन गर्ने मुक्तिनाथ मन्दिर क्षेत्रको व्यवस्थापन भने अस्तव्यस्त छ । प्राचीनकालदेखि नै महत्वपूर्ण मन्दिर भए पनि यहाँको व्यवस्थापनमा राज्यको ध्यान जान सकेको छैन । पशुपतिनाथ, लुम्बिनी र जनकपुरजत्तिकै महत्व बोकेको मन्दिर हिमालपारिको दुर्गम जिल्ला मुस्ताङमा भएकै कारण विगतदेखि […]

मौसम शुरुसँगै बन्दीपुरमा पर्यटकको चहलपहल

दमौली, २७ असोज । मौसम शुरु भएसँगै तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा पर्यटकको चहलपहल शुरु भएको छ । चिसो बढेसँगै बन्दीपुरमा स्वदेशी तथा विदेशी पर्यटकको चहलपहल शुरु भएको हो । असोजदेखि मङ्सिरसम्म बन्दीपुरमा विदेशी पर्यटकको चाप रहने बन्दीपुर पर्यटन विकास समितिका अध्यक्ष एवं आन्तरिक भ्रमण वर्ष जिल्लास्तरीय उपसमितिका सदस्य वैश गुरुङले जानकारी दिए । भदौसम्म विदेशी […]

म्याग्दीको खयरबराही क्षेत्रमा दूध कुण्ड भेटियो

गलेश्वर, २७ असोज । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ पाउद्धारमा पर्ने खयरबराही क्षेत्रमा दूध कुण्ड फेला परेको छ । पर्यटकीय र धार्मिक हिसाबले चर्चित खयरबराही क्षेत्रमा स्थानीय लालवीर तिलिजाको अगुवाइमा निकै आर्कषक दूध कुण्ड फेला परेको हो । स्थानीय बुद्धिबहादुर तिलिजाले जोखिम मोलेर करीब पाँच घण्टाको पैदलयात्रा पछि कुण्ड फेला पारेको खयरभारानी थान तथा क्षेत्र संरक्षण कोषका […]

पर्यटकीयस्थल बन्दै बागलुङको सहस्रधारा

बागलुङ, २७ असोज । दुई वर्षअघिसम्म सहस्रधारा झरनाबारे कमैलाई मात्र थाहा थियो । यसै गुमनाम झरना पर्यटकीयस्थल बन्ला भनेर कसैले पत्याएका थिएनन् । जङ्गलबीच छङ्छङ गर्दै झरना बगिनैरहेको थियो । पर्यटक पर्खिरहेको थियो । गलकोट नगरपालिका–३ हटियास्थित झरना हिजोआज भने चर्चामा छ । चिनारी बदल्दै छ । वर्षौंदेखि ओझेलमा परेको झरना पर्यटकीय गन्तव्यस्थलको रुपमा विकास […]

सूर्योदय र हिमशृङ्खलाको अवलोकन गर्न मोहरेडाँडामा पाहुना घर

म्याग्दी, २५ असोज । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–८ मोहरेडाँडामा पाहुना घर सञ्चालन गरिएको छ । सूर्योदय र हिमशृङ्खलाको अवलोकनका लागि मोहरेडाँडा पुग्ने पर्यटकको सुविधाका लागि नेपाल पर्यटन बोर्ड र गाउँपालिकाको सहयोगमा पाहुना घर सञ्चालन भएको हो । रु २७ लाखको लगानीमा ७० जना क्षमताको दुई वटा पाहुना घरको भवन निर्माण भएको अन्नपूर्ण–धौलागिरि सामुदायिक पदमार्गका कोषाध्यक्ष रमन […]

इच्छाकामनाले बनायाे पर्यटकका लागि पैदलमार्ग

मुग्लिन, २५ असोज । चितवनको एकमात्र गाउँपालिका इच्छाकामनाले पर्यटकका लागि पैदलमार्गमा जोड दिएको छ । सडक निर्माण सँगसँगै पैदलमार्गलाई पनि प्राथमिकता दिएको हो । वडा नम्बर ४ मा सडक सञ्जालले सबै बस्ती जोडे पनि पैदलमार्गलाई सँगसँगै स्तरोन्नति गरिएको वडाध्यक्ष होमबहादुर रानाले बताए । पैदलयात्रा रुचाउने पर्यटकका लागि पैदलमार्गलाई सुरक्षित राखेर सडक निर्माण गरिएको अध्यक्ष रानाको […]