परासी, ८ कात्तिक । नेपाल सरकारले मनाउन लागेको भ्रमण वर्ष २०२० सफल बनाउन पश्चिम नवलपरासीमा जिल्लास्तरीय पर्यटन प्रवद्र्धन समिति गठन गरिएको छ । भ्रमण वर्षलाई जिल्लामा प्रभावकारी बनाउँदै सफल बनाउन शुक्रबार परासीमा सरोकार निकायका प्रतिनिधिको बैठकले जिल्ला समन्वय समितिका प्रमुख शिवशङ्कर रायको अध्यक्षतामा २१ सदस्यीय समिति गठन गरेको हो । समितिले भ्रमण वर्षलाई सफल बनाउन […]
पर्यटन
सिन्ती झरनामा पर्यटकको घुइँचो
भरतपुर, ८ कात्तिक । चितवनको कालिका नगरपालिकामा पर्ने सिन्ती झरनामा आन्तरिक पर्यटकको आकर्षण बढेको छ । गर्मी समयमा घुइँचो लाग्ने सिन्ती झरनामा दशैँ–तिहारको समयमा पनि उत्तिकै भीडभाड छ । पाँच वर्षअघिसम्म खासै चर्चामा नरहेको यो झरना कालिका नगरपालिकाको वडा नं ९ र १० को सिमानामा पर्छ । त्यसयता हजारौँ पर्यटकले झरनाको आनन्द लिइसकेका छन् । […]
लाङटाङ क्षेत्रमा पर्यटक बढ्न थाले
रसुवा, ७ कात्तिक । लाङटाङ, गोसाइँकुण्ड र तामाङ सम्पदा पदमार्गमा भ्रमण गर्ने पर्यटकको सङ्ख्या बढ्न थालेको छ ।लाङटाङ राष्ट्रिय निकुञ्जका वन प्राविधिक रमेश बस्नेतका अनुसार चालू वर्षा ऋतुको दुई महीनामा पर्यटकहरू न्यून सङ्ख्यामा आएपनि शरद ऋतुमा भने वर्षाको कमी हुनाका साथै र कुहिरो हटेर अग्ला हिमालका सौन्दर्य अवलोकनका लागि पदयात्रा गर्न आन्तरिक एवं वाह्य पर्यटकको […]
आन्तरिक पर्यटकको गन्तव्यस्थल बेलढुङ्गा
गलेश्वर, ७ कात्तिक । म्याग्दीको बेनी नगरपालिका–३ भकिम्ली र बागलुङको काँठेखोला गाउँपालिका–३ धम्जाको शीरमा अवस्थित पर्यटकीयस्थल बेलढुंगा आन्तरिक पर्यटकहरुका लागि प्रकृति दर्शनको उत्कृष्ट स्थान बन्दै गएको छ । बेलढुङ्गा पछिल्लो समय आन्तरिक पर्यटकको आकर्षण बढ्दै जान थालेपछि बेनी नगरपालिका–३ भकिम्ली र बागलुङ जिल्लाको काँठेखोला गाउँपालिका–३ धम्जाबीच बेलढुङ्गामा विकासका पूर्वाधारहरु निर्माण गर्न होडबाजी नै चलेको छ […]
उपराष्ट्रपति पुन सुर्खेतमा
सुर्खेत, ७ कात्तिक । कनकासुन्दरी गाउँपालिका सिङ्जा जुम्लामा कात्तिक ८ गते हुने सिङ्जा साँस्कृतिक महोत्सवको कार्यक्रममा सहभागी हुन आज उपराष्ट्रपति नन्दबहादुर पुन सुर्खेत आइगेका छन । उपराष्ट्रपति पुनलाई कर्णाली प्रदेशका प्रदेश प्रमुख दुर्गाकेशर खनाल, आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारी, सामाजिक विकासमन्त्री दल रावल, उपसभामुख पुष्पा घर्ती, प्रमुख सचिव केवलप्रसाद भण्डारीले विमानस्थलमा स्वागत गरे । […]
‘विकेन भनेर हार खायो भने त सिर्जना म¥यो नि’
काठमाडौँ, ७ कात्तिक । नेपालको अतुलनीय प्राकृतिक र भौगोलिक सुन्दरतालाई रङले सजाउन चित्रकार अरुणा हिङ्माङलाई यतिबेला भ्याइनभ्याइ छ । सन् २०१५ मा भारतको चर्चित डा अम्बेडकर कलाश्री पुरस्कार पाउने नेपाली कला क्षेत्रको पहिलोे कलाकार अरुणा यतीखेर कुचीले ल्याण्डस्केपमा थरीथरी रङ भर्दै छिन । नजिकिँदो नेपाल भ्रमण वर्ष २०२० ले उनलाई व्यस्तता बनाएको छ । चित्रकलामार्फत […]
ऐतिहासिक चौदण्डीगढीमा भ्यूटावर प्रयोगमा आएपछि पर्यटक बढे
गाईघाट, ७ कात्तिक । चौदण्डी नगरपालिकाको पहाडी क्षेत्रमास्थित ऐतिहासिक चौदण्डीगढीमा भ्यूटावर निर्माण भएपछि दैनिक पर्यटकको वृद्धि भएको छ । अहिले दैनिक भ्यूटावर चढ्न र मनोरम दृश्यवलोकनका लागि दैनिक दुईसयभन्दा बढी पर्यटक आउने गरेको चौदण्डी पर्यटन विकास समितिका संयोजक रोहित तामाङले बताए । उनकानुसार उदयपुर जिल्ला बाहेक सुनसरी, झापा, मोरङ, सिरहा, सप्तरी, धनुषा, काठमाडाँै चितवन तथा […]
भेलागढी वनले तान्यो पर्यटकको ध्यान
भद्रपुर, ६ कात्तिक । झापाको हल्दिबारी गाउँपालिकामा रहेको भेलागढी सामुदायिक वनको हाताभित्रको स्थलले पर्यटकको ध्यान तानेको छ । भद्रपुर विमानस्थलबाट करीब तीन किलोमिटरको दुरीमा रहेको को सो वनभित्रको लोकतान्त्रिक शहीद पार्क र पोखरी नै भेलागढको पर्यटकीयस्थल हुन् । गाउँपालिकाले गतवर्ष नै ‘फेरि पनि घुम्न जाउँ हल्दिबारी गाउँ’ भन्ने नारा तय गरेर उक्त वनको हाताभित्र सो […]
साहसिक पदयात्राको गन्तव्य बन्दै धौलागिरि पदमार्ग
बेनी, ६ कात्तिक । म्याग्दीको धौलागिरि गाउँपालिका–४ मुदीमा अवस्थित संसारको सातौँ ८,१६७ मिटर अग्लो धौलागिरि हिमालको आधार शिविर जाने पदमार्ग साहसिक पदयात्राको रुपमा विकास हुन थालेको छ । अग्ला पहाड र हिमालको फेदी हुँदै निर्माण भएको पदमार्गमा हिमाल आरोहण, धौलागिरि हिमालको फन्को मार्न र आधार शिविरसम्मको पदयात्रामा जाने पर्यटक आकर्षित हुन थालेका हुन् । केही […]
संरक्षणको पर्खाइमा कमल पोखरी ताल
दाङ, ५ कात्तिक । पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण रहेको तुलसीपुर उपमहानगरपालिका–६ रजौराको कमल पोखरी ताल अहिले संरक्षणको पर्खाइमा रहेको छ । कुनै समयमा कमलको फूल फुलेको दृश्यले सबैलाई लोभ्याउने गथ्र्यो यो तालले । सो तालको अहिले उचित संरक्षण नहुँदा संरक्षणको पर्खाइमा रहेको हो । ताल क्षेत्रमा घुम्नका लागि तुलसीपुर बजारसहित टाढाटाढाबाट पनि मानिस आउने गर्दछन् । […]











