‘विकेन भनेर हार खायो भने त सिर्जना म¥यो नि’

 काठमाडौँ, ७ कात्तिक । नेपालको अतुलनीय प्राकृतिक र भौगोलिक सुन्दरतालाई रङले सजाउन चित्रकार अरुणा हिङ्माङलाई यतिबेला भ्याइनभ्याइ छ । सन् २०१५ मा भारतको चर्चित डा अम्बेडकर कलाश्री पुरस्कार पाउने नेपाली कला क्षेत्रको पहिलोे कलाकार अरुणा यतीखेर कुचीले ल्याण्डस्केपमा थरीथरी रङ भर्दै छिन ।

नजिकिँदो नेपाल भ्रमण वर्ष २०२० ले उनलाई व्यस्तता बनाएको छ । चित्रकलामार्फत प्रचारप्रसार गर्ने उनले एकल प्रयास गरिरहेिक छिन । “कला भनेको देशको मौलिकता र वास्तविकता हो, हामीले सिर्जनामार्फत मुलुकलाई प्रवद्र्धन गर्न सक्छौँ, विश्वमा प्रचारप्रसार गर्न पनि कला उपयुक्त माध्यम हो, यसपटक भ्रमण वर्षलाई ध्यानमा राखेर भारतमा कला प्रदर्शनीको तयारी गरिरहेकी छु”, अरुणाले भनिन । आगामी पुसमा हुने एकल कला प्रदर्शनीका लागि ठूलो मेहनत गर्दै हुनुहुन्छ छिन।

शेफोक्सुन्डो ताल जाने बाटाको हिमनदी र प्राकृतिक सुन्दरताले भरिपूर्ण हिमाली दृष्यलाई ल्याण्डस्केपमा उतार्दै गर्दाको अर्धदृष्य निकै रमणीय देखिन्थ्यो । तरेली परेर बग्दै गरेको हिमनदीलाई केन्द्रमा राखेर रङ भर्न औधी मन पराउने अरुणा पानीका विविध रुपसँग खेल्न मन पराउछिन ।

बिक्री भएका र अरुले मन पराउने उनका चित्रमा धेरै यस्तै प्राकृतिक सुन्दरता र पानीको सङ्गम रहेका थिए । मुलुककै आकर्षक पर्यटकीय क्षेत्रका विविध चित्र कुनै बनिसकेका र कुनै बन्दै गरेका सङ्कलनसँग खेल्दै छिन अरुणा । उनको हिमाल, पर्यटकीय क्षेत्र र दृष्य चित्र तथा विभिन्न मौलिक सांस्कृतिका चित्र यसपटकको प्रदर्शनीमा राख्ने तयारी छ ।

तीस वर्षदेखि कला सिर्जनामा तल्लिन दुई सन्तानकी आमा अरुणा समसामयिक चित्रकलामा रुचि राख्छिन । त्यसमाथि महिलाका पिडा, महिलामाथि भएका हिंसाको उजागर गर्ने उनका चित्रहरुले नेपाली समाजको वास्तविकता झल्काउछ । यस्तै यस्तै चित्र समेटेर नेपालसहित सिङ्गापुर, भारत, मलेसिया, अफगानिस्तानमा एकल कला प्रदर्शनी गरिसकेकि छन ।

कलाको अनुभवले खारिएकी सिर्जनात्मक महिला समूह नेपालकी अध्यक्ष तथा नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानकी पूर्वप्राज्ञ अरुणा कला शिक्षक पनि हुन । नयाँ कलाकार भौंतारिएर हिँडिरहेको बेला अवसर दिन उनले संस्था स्थापना गरी कलाको विकासमा लागेकि थिईन ।

स्वअध्ययन र सिर्जना आर्ट ग्यालरीले उनलाई यहाँसम्म पु¥यायो । हुन त उनको पढाइ ललितकलामा थिएन । मेडिकल क्षेत्र हो । सिएमए पढेर हेल्थ असिष्टेन्टमा छात्रवृत्ति पाएकि थिईन । तर मेडिकल क्षेत्र छाडेर उनले कला सिर्जना रोजिन । कारण आफ्नो रुचि नै हो भन्छिन अरुणा । “मेरो गुरु प्रकृति हो, प्रकृतिसँग रमाउन र चित्र बनाउन मन पर्छ” अरुणाले थपिन ।

विवाहअघि चित्रकलामा ठूलो व्यावसायिकता थिएन । महिला हिंसाविरुद्ध कला सिर्जनामा पोख्त समसामयिकसँगै महिलाको विम्ब भएको अमूर्तकला कोर्ने अरुणाले विवाहपछि व्यावसायिकता हासिल गरिन । समाज जति शिक्षित हुँदै आएपनि महिलामा पिडा यथावत छ भन्छिन उनि । दैनिक समाचारमा हिंसाका घटना आइरहेका छन् । त्यसले पनि कला कोर्न उनलाई प्रेरित गर्छ ।

ललितपुरको लेलेमा एक सुस्त मनस्थितिको महिलामाथि भएको हिंसा देखेर मन रोयो । उनले त्यसैलाई बिम्ब बनाएर एउटा चित्र कोरेिक थिईन। एक जर्मनी नागरिकले घर पत्ता लगाएर चित्र किनेर लगेको उनले सुनाईन । उनका त्यस्ता चित्र महिलाका विषयमा काम गर्ने विदेशी सङ्घसंस्थाले विशेष पुस्तक निकाल्नसमेत प्रयोग गरेका छन् ।

पहिले ‘अनङ्कुरित आशा’ शीर्षकमा इन्स्टलेशन आर्टमार्फत जनयुद्धको मैदानमा महिलाले भोग्नुपरेको पिडालाई चित्रण गरेकि थिईन । त्यो कला प्रदर्शनीको देशभर निकै चर्चा भयो ।

Loading...